जंगलमै जन्मियौं त के गरौं ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राउटे मुखियाले भने जंगलमै जन्मियौं त के गरौं ? (5 Votes)             दुर्गालाल केसी ९ तुलसीपुर (दाङ), जेष्ठ ८ - आइतबार दिउँसो १२ बजेको चर्को घाममा मुखिया मैनबहादुर शाही श्रीमती रूपाकलीसहित १८ जनतालाई पछि लगाएर इलाका प्रशासन कार्यालय तुलसीपुर पुगे । बिहानै बस्तीबाट हिँडेका राउटेहरू भोकभोकै एक घन्टा प्रशासन अगाडि धर्ना बसे अनि जंगलमा राउटेको राज्य माग्दै प्रशासनमार्फत संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र पठाए । बन्दका कारण जिल्ला प्रशासनसम्म पुग्न नसकेकोमा चित्त दुखाइरहेका शाहीले इलाकामा ज्ञापनपत्र बुझाएर मात्रै चित्त बुझाएनन् । उनले नेपाल जनजाति महासंघ जिल्ला समन्वय समितिका उपाध्यक्ष यज्ञबहादुर बुढामार्फत राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीलाई फोन लगाए । अनि संविधानसभा अध्यक्ष नेम्वाङसँग कुरो गराइदिन अनुरोध गरे । केही समयपछि अधिकारीले फोनमा भेट गराइदिइन् । 'हेर्नुहोस् हजुर, हामीलाई जंगल चाहियो । कि त भगवान्ले हामीलाई राउटे भनेर जंगलमा जन्म नदिएको भए हुन्थ्यो,' मुखियाले भावुक मुद्रामा नेम्वाङलाई फोनबाट भने, 'राउटे भएपछि जंगलमा नबसी सुख छैन । जंगलमा हिँड्दा कसैले पनि रोक्न नपाउने व्यवस्था गरिदिनू, प्रधानमन्त्रीलाई पनि त्यही भन्दिनू । मैनबहादुर मोख्याले त्यही भनेको छ भन्दिनू है । नत्र जनता खुसी हुने छैन ।' मुखिया शाहीले राउटे जंगलकै भरमा बाँच्ने जाति भएकाले जंगलमा ढुक्कसँग बस्न पाउने व्यवस्था गर्न माग गरे । 'हामी जंगलमा कन्दमुल खाएर, सिकार खेलेर बस्ने जाति हौं । काठका सामान बेचेर जीविका चलाउँछौं । हामीलाई घर चाहिँदैन, अरू कुनै राज्य पनि चाहिँदैन । अरू सबै राज्य तिमीहरू बनाऊ, हामीलाई जंगलमात्र देऊ,' उनले भने, 'देशभरका कुनै पनि जंगलमा जानसक्ने र कसैले रोक्न नपाउने कुरा लेखिदेऊ । जंगल नदिएर हामीलाई रुवाउने काम नगर्नु, खुसी बनाउने काम गर्नु ।' एक घन्टा धर्ना दिइसकेपछि उनले इलाका प्रशासन प्रमुख यज्ञबहादुर बुढालाई प्रतिष्ठानले तयार पारेको ज्ञापनपत्रमा ल्याप्चे लगाएर बुझाएका थिए । http://www.ekantipur.com/nep/2...

_____ · May 23, 2012 12:37 PM · 1,203 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all