800x600 Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman","serif";} 800x600 Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 <w:LsdException Locked="false" Priority="71"
Deep · May 22, 2012 12:22 PM · 22,225 views
आज मैले एउटा कथा सम्झेको छु। कथाकार बिदेशी थिए तर उनको नाम अहिले म सम्झिन सकिरहेको छैन। बिगतमा पढेको त्यो कथा एउटा परिबारमा केन्दृत थ्यो जस्मा मुख्यत: तीन पात्रहरु थिए। बुढी आमा र उनका दुई छोराहरु। बिपन्न आर्थिक बाताबरणमा संघर्षशिल त्यो परिवारका दिनहरुले केही हद सम्म कोल्टे फेर्दै थिए। जेठो छोरो कडा मेहनतले प्रतिष्ठीत पेशामा स्थापित ब्यक्तित्व हुन पुगेको थियो। उ बिगतको गरीबीबाट उम्केको थ्यो। दिन प्रति दिन उस्को बाटोमा ईज्जत, सफलता र सम्पती समुहमा आउने गरेका थिए। उ त्यसकै चाँजो पाँजोमा ब्यस्त थ्यो। गाउँको त्यो पुरानो पूर्ख्यौली घर उस्ले छोडीसकेको थ्यो। बुढी आमैले आफ्नो औकातले भ्याए सम्म गरी जेठो छोराको बिहे बर्षौ अघि गर्दी सकेकी थिईन। आफ्नो श्रीमती र छोराछोरी सँग जेठो छोरो सहरमा खुसी थ्यो। उस्ले सधै आमालाई उ सँगै आएर बस्न भन्थ्यो। आमै गाउँको घरमा एक्लै थिईन। कान्छो छोरो पनि अर्कै ठुलो शहरमा बस्थ्यो। धेरै बर्ष अघि बिधवा भैसकेकी ती आमै जस्ले आफु जिउँदै मरेर छोराहरु हुर्काएकी थिईन, एक्लै गाउँको घरमा हुँदा आफ्ना छोराहरुलाई झन धेरै सम्झिन्थीन। उनलाई दुईटै छोराहरु सँग पहिले झै सँगै एउटै घरमा बस्ने रहर थ्यो जुन रहरको अन्त्य अधुरोमै हुनेमा उनलाई अचेल शंका थिएन। कान्छो छोरोले पढाईमा ध्यान दिएन। उ लहडी किसिमको थ्यो। दाजु पढाईमा मेहनत सँग लागेको बेला कान्छो भौतारीएर साथीभाई सँग कैले कता कता पुग्थ्यो। आमा र दाजुले सक्दो सम्झाउन कोसीस गरेका थिए कान्छालाई। तर कान्छो मुसुक्क हाँसीदिन्थ्यो। भनेको गर्दैनथ्यो। दाजुले पछी शहर पुगे पछी पनि भाईलाइ आफु सँग राखेर पढाउने निक्कै बल गर्यो तर कान्छोले वास्ता गरेन। भाईको ताल देखेर दाजु बिरक्तीएको थियो। आमा पीरोलिएकी थिईन। आमालाई कान्छाको औधी पीर लाग्थ्यो। जेठो प्रति उनी ढुक्क थिईन तर कान्छोको जिन्दगी के होला भन्ने चिन्ताले उनलाई सताईरहन्थ्यो। आमै जेठो छोरा कहाँ बेला बेला गएर बस्ने गर्थीन अनि फेरी आफ्नै गाउँको घर फर्किन्थीन। जेठो छोरोले आमालाई असाध्यै माया गर्थ्यो। एक्लै गाउँमा बस्न किन जानु पर्यो भन्थ्यो। तर आमैलाई गाउँको घरमा बेग्लै शान्ती अनुभव हुन्थ्यो। तर फेरी दुई चार दिनमा छोराहरुको सम्झनाले सताउँथ्यो। कान्छो सँग पनि गएर बस्ने आमाको धोको थ्यो तर उस्को केही ठेगान थिएन। १० दिन एउटा घरमा डेरा हुन्थ्यो, ५ दिन अर्कै घरमा, कैले डेरै हुँदैन थ्यो कैले कस्काँ कैले कस्काँ गएर बस्थ्यो। एक दिन कान्छोको चिट्ठी आयो। लेख्न त उस्ले प्रस्ट केही लेखेको थिएन, तर आमाले प्रस्टै बुझिन। कान्छाले चिट्ठीमा लेखेको ठेगानामा आमा दुई दिन पछी पुगीन। त्यो बिशाल शहरको च्यात्तिएको एउटा बस्तीमा पुरानो आजै भत्किएला जस्तो घरमा उ बसेको रहेछ। कोठामा एउटा खाट थ्यो, त्यही खाटमा उ पल्टीरहेको। केही कुच्चेका भाँडाहरु। डोरीमा झुन्ड्याएका केही लुगा। त्यत्ती। आमाका आँखाबाट आँसु बर्षिए। संगै बोकेको पोको भुईँमा फ्यात्त फ्यालेर उन्ले छोराको निधार छामीन। ज्वरोले उ तप्त थ्यो। उस्ले आँखा खोल्यो अनि मुसुक्क हाँस्यो। दुई तीन पछी कान्छो ठीक भयो। उ के काम गर्थ्यो आमालाई थाह थिएन। बिहानै निस्किन्थ्यो उ, कैले दिउँसो खान आउँथ्यो, कैले आउँदैनथ्यो। राती पनि कैले काई उ आउँदैनथ्यो। आमालाई पीर नगर्नु चै उ सधै भन्थ्यो। बेला बेला उस्का साथीहरु आउँथे। ती साथीहरु आमालाई मन पर्दैन थिए। उनीहरुले गर्ने कुरा, उनीहरुको सोचले आमालाई चिन्तीत बनाउँथे। उनले कान्छालाई सम्झाउँन खोज्द्थिन, कान्छो तिमीले कुरा बुझ्दिनौ आमा भन्थ्यो, तर्किन्थ्यो। कैले घाईते भएर आउँथ्यो, उस्को संघर्ष भन्थ्यो। घाउ कान्छोको हुन्थ्यो, रगत आमाको बग्थ्यो। कान्छो लगातार समस्यामा पर्न थालेको थ्यो। एक दिन उस्ले आफु केही दिन भुमीगत हुनु पर्ने र त्यो डेरा पनि छोड्नु पर्ने भएको बतायो। अनि उ फर्केर आएन। आमा दिन दिनै पर्खिन्थीन, उ आएन। आमै एक दिन रेल चढेर जेठो छोरा कहाँ पुगीन। उनको मन उदास थ्यो। कान्छाको पीरमा उनको मन ठेगानमा थिएन। कहाँ होला के गर्दै होला भन्ने उनलाई लागीरहन्थ्यो। जेठाले आमा आएको देख्ने बित्तिकै ससम्मान स्वागत गर्यो। उनको स्वास्थ्यको बारेमा सोध्यो। उस्लाई थाह रहेछ भाई कहाँ गएको। भाईको बारे सोध्यो। आफुलाई त भाईले कहिलेई केही भन्न नखोज्ने गुनासो पनि सुनायो। आमाले कान्छो तीरको पीर सुनाईन। जेठोले सुनीरह्यो। आमाले केही गर्न कान्छाको लागि भनीन। जेठोले के गरुम? भनेर उल्टो सोध्यो। फेरी आमाका आँसु पोखिन लागेका देखेर होला, उस्ले आफुले सक्ने गर्छु भन्यो। आमा केही मत्थर भैइन। दिनहरु बित्दै गए। जेठोले बुझ्दै गयो। भाई उग्रबादी हुँदै गएको। उस्को आफ्ना सुत्रहरु बाट भाई लाई सम्झाउन खोज्यो। पार लागेन। आमालाई उस्ले सान्तवना दिंदै गयो। एक पछी अर्को भाईका समस्याहरु थपिन थाले। आमा कान्छाको पीरमा बिरामी झैं हुँदै गैइन। जेठाको घरमा उनको केही काम नभएको जस्तो उनलाई लाग्यो। एक दिन बिहान जेठो सुतीरहेको थ्यो। आमै छिट्टै उठ्थीन। उन्ले छोरालाई चिया बनाईन र लगेर दिईन। छोराले किन तपाईले गर्नु भएको काम, नोकरहरु छन यत्ति धेरै। तपाई आराम गर्नुस भन्यो। जेठाको घरमा उनी हरेक दिन एक्लो हुँदै गएको अनुभव गर्न थालीन। छोराको माया र आदर उन्ले बुझेकी थिईन तर छोरा र आफ्नो बिचको अन्तर पनि उन्ले प्रस्टै देख्थिन। त्यो अन्तर बढदो थ्यो। त्यसमाथि कान्छाको पीर। जेठा छोराले त्यति गर्दा गर्दै पनि आमा चै कान्छा कान्छा भनीरहने गरेको देख्दा जेठी बुहारीको आँखा बाट आमै ओझेलमा पर्दै गएकी थिईन। कान्छाको स्थिती अरु बिग्रीदै गयो। कैले जेलमा कैले कता हुन थाल्यो। आमा कान्छालाई भेटन जान्छु भन्न थालीन। जिद्दी नै गर्न थालीन। जेठो छोराले धेरै सम्झायो। कहाँ लगेर भेटाओस उस्ले भाईलाई? भाई मर्ने मार्नेमा लागीसकेको थ्यो। एउटा रात आमा जेठाको घरबाट निस्केर कान्छालाई भेटन हिनीन। कहाँ गैइन, कस्लाई थाह्? जेठो बिक्षिप्त जस्तै भयो। चारै तिर आमालाई खोज्यो। भेटेन। गाउँको घरमा पनि थिईनन। राती आफ्नो घरको कोठामा जेठो आँखा बन्द गरेर पुराना दिनहरु, आमाले गरेको दु:ख, त्यो पुरानो घर--गाउँका ती रुख, बाटाहरु--आमा र भाई सँग तीनै बाटामा हिन्दै गरेका ती दिनहरु-- भाई र उ--संगै खेलेका ती दिनहरु--उ भाईलाई कत्ति माया गर्थ्यो-- सबै सम्झिंदै थ्यो। उस्की श्रीमतीले भनी "हामीले पठाएको हैन, नसम्झाएको पनि हैन, त्यस्तो कपुत कान्छालाई हामीलाई भन्दा धेरै माया गरे पछी के गर्नु--अब यहाँ आमालाई बोलाएर पनि के? पर्दैन ल्याउन खोजेर। त्यो कान्छाको कुरा त अब म सुन्न पनि सक्दिन। " जेठाका बन्द आँखाबाट आँसु पोखिन थाले। उस्ले भन्यो, "भाईको गल्तीको सजायँ म आमालाई कसरी दिउँ?" ****** अहिले को नेपालको हालत देखेर मैले यही कथा सम्झिएँ। “ नेपाली भन्न पनि लाज लाग्छ-- नेपाल त सम्झिन पनि मन छैन--नेपालको भन्न पनि मन लाग्दैन--अब त्यो कुईया देशाँ त म जाँदा पनि जान्न---“ जस्ता प्रतीकृयाहरु सुन्छु म अचेल। अनि लाग्छ, नेता भनाउँदाहरु र तीनका हनुमानहरुका गल्तीको सजायँ नेपाललाई दिँदा अन्याय हुँदैन र?
Deep · May 22, 2012 12:26 PM
केहि आएन !! यस्मा न्याय चाहिँ सान्दाइले नै गर्न सक्छन !!
bhakte dai · May 22, 2012 12:29 PM
Deep ji, मन को भाडास भनौ या क्षणीक आवेक मा आएर भनियको “ नेपाली भन्न पनि लाज लाग्छ-- नेपाल त सम्झिन पनि मन छैन--नेपालको भन्न पनि मन लाग्दैन--अब त्यो कुईया देशाँ त म जाँदा पनि जान्न---“ जस्ता प्रतीकृयाहरु हरेक नेपाली को हिर्दयको धरातल बाट निस्कियको आवाज भने पक्कै होईन भन्ने जस्तो मलाई लाग्छ।
lutee_bahun · May 22, 2012 12:49 PM
Katha sarai marmik cha .
pokhrelikanchi · May 22, 2012 12:57 PM
दीप-दाइ , सारै राम्रो कथा ... .......हुन पनि यी ब्वाँसाहरु र तिनका पछि लाग्ने भेडा देखेर अनि एउटा आज्ञा मा आखा मा पट्टि बाधेर जिन्दाबाद र मुर्दाबाद अनि बन्दबाद को चलन पच्याको देखेर मन कटक्क हुन्छ ... मेरो बाट कहिले माथि उठ्ने ? खै कहिले हामी हुने ? के गर्न सक्छौ ? सप्पै को उत्तर बास एक "थाहा-छैन "......
ThahaChaena · May 22, 2012 3:23 PM
साँच्चै हामिले पो के दिन सक्यौ र देशलाई ? अनि किन देशलाई गाली गर्ने ? होईन र ? सार्है मार्मिक लाग्यो ! " नेता भनाउँदाहरु र तीनका हनुमानहरुका गल्तीको सजायँ नेपाललाई दिँदा अन्याय हुँदैन र? "
country_boy · May 22, 2012 4:55 PM
दीप जी, नेपाल जान मन सबै को छ तर नेपालमा बसेर की गरौ भन्ने हैन. देश डुब्नु मा नेता हरु को जति गल्ति छ, तेतिकै गल्ति मेरो नभएपनि म र म जस्ता पलयान बादी हरु चोखो भने हैनन्. म मेरो निर्णय प्रति कसैलाई दोष दिन्न तर देश को अवस्था हेर्दा मैले कताकता गल्ति गरे जस्तो लाग्छ. कथा सारै मार्मिक र सान्धर्विक छ तर...... बांगे को याद आयो उसको कथा कहिले पस्कने हो?
bubly · May 22, 2012 6:10 PM
दिप, कथाको अन्तिम हरफले मलाई आफ्नो पुराना दिनहरु सम्झाए। घरमा बाबा मामुसँग झगडा हुँदा म भन्ने गर्थे " म १२ क्लास पछी त यहाँ बस्दै बस्दिन। म फर्केर पनि आउँदिन। बोलाइस्यो भने पनि आउँदिन....." आदी इत्यादी। ति शब्दहरु आउन त मनबाट नै आएको झै लाग्थ्यो तर त्यो केबल् मेरो आफ्नै भ्रम मात्रै हुन्थ्यो। चित्त दुखेको हुन्थ्यो, मन रोएको हुन्थ्यो र म घुर्की लगाउथेँ। अहिले हाम्रो स्थिती उस्तै लाग्छ। ति हनुमानहरुको कर्तुतले मुटु पोलेको छ, मन दुखेको छ र आबेशमा आफ्नो मातृभूमी प्रति तेस्ता शब्दहरु मुखबाट पानी को फोहोरा झै निस्किन थालेका सुनिन्छ। त्यो भन्दैमा आफ्नो देश प्रती माया नभएको चै पक्कै होइन। आफ्नै जनजाती दाजु भाईहरुले "बाहुन क्षेत्री गिँडिन्छ, आलो रगत पिइन्छ" जस्तो नारा गाउँदै हिंडेको बेलामा त्यस्तो प्रतिकृयाहरु सुन्नु नौलो कुरा होइन। हाम्रो स्थिती त्यो कथाको जेठा दाजुको जस्तो भएको छ र आमाको स्थिती हाम्रो नेपाल आमाको। आमाको लागि आफ्ना सन्तान हातका औंलाहरु जस्तो हो। जुन काटिएपनी दु:ख उत्तिकै हुन्छ। आफ्नै सन्तानका नराम्रा हर्कत् देखेर उनी रोइरहेकिछिन र मलाइ लाग्छ अन्याय तब हुन्छ जब हामी आफ्नो आमाको आखाबाट झरेको आँशुको बलिन्द्र धारा चुप चाप हेरेर बस्छौ, मनमा चिन्ता लिदैनौ। साह्रै मार्मिक कथा पस्किनु भयो।
Dipika02 · May 23, 2012 9:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion