रेखा थापाले गरिन् सम्बन्ध विच्छेद MOST FUNNY PART IS " एक अर्कालाई आई लभ यू भनेर छुट्टएिका थिए " DO THEY EVEN KNOW WHAT IS 'I LOVE YOU ' MEAN???? HA...HA..HA... anyway got something good to read about after long time.... peace in Nepal. काठमाडौं, जेष्ठ ९ - नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापाले आफ्ना पति छवी ओझासँग औपचरिक रूपमा सम्बन्ध विच्छेद गरेकी छन् । नेपाली चलचित्र निर्माता छवी ओझा र रेखाले १२ वर्ष अघि बिहे गरेका थिए । छवी ओझाको कार्यालय नमस्ते नेपालमा नायिका रेखा र छवीले सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् । 'होम प्रडक्सन'मा ६ वटा फिल्म गरेका छवी र रेखा सम्बन्ध विच्छेदपछि अत्यन्त भावुक भएको कान्तिपुर टेलिभिजनको सिने कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीले बताए । उनले भने, 'यतिको सौहार्दपूर्ण वातावरणमा सम्बन्ध विच्छेद भएको मैले पहिलो पटक देखें ।' सुवेदीका अनुसार रेखा र छवीले एक अर्कालाई अंगालो मारेर छुट्टएिका थिए । भावुक बनेकी रेखाले भनिन्, 'छवी मेरो अभिभावक हो र अब पनि अभिभावक नै रहने छ ।' प्रतिउत्तरमा छवीले रेखालाई सहयोग गर्न सधैं तयार रहेको बताए । आफूले निर्माण गर्ने चलचित्रमा रेखाले अभिनय गर्न चाहे त्यसको सधै स्वागत गर्ने उनले बताए । अहिले छवी र रेखा दुवैका मोबाइल अफ छन् । सम्बन्ध विच्छेद गरेर बाहिरिने क्रममा रेखाले आफ्नै कारमा राखेर छवीलाई घरसम्म छोडेको र एक अर्कालाई आई लभ यू भनेर छुट्टएिका थिए । Last edited: 22-May-12 09:01 AM
dallas7 · May 22, 2012 9:00 AM · 12,750 views
LMAO...nepali bata k k sunincha yar.... manche haru sabai baulaudaichan
texasranger · May 22, 2012 1:03 PM
Anybody needs to learn from Kim Kardasian and Chris Humphery's divorce ? It was awesome
Khaobaadi · May 22, 2012 2:03 PM
http://www.youtube.com/watch?f...
nepali_kanchho · May 22, 2012 2:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion