The Maoist Real Face(Everyone is Indain Real Ghulam)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नेपालका माओवादीहरुको भारतमा असर संजय ढकाल सम्बाददाता, बीबीसी नेपाली सेवा पछिल्लो समयमा नेपालका माओवादीहरुले सिद्धान्त त्यागेको र पार्टि फुटको संघारमा पुगेको भन्ने आरोपहरुका माझ भारतीय विश्लेषकहरुले त्यसले भारतका माओवादीहरुलाईपनि सैद्धान्तिक धक्का पुर्‍याउने ठानेका छन्। (यो कारण ले गर्दा अहिले माविस्ट मा फूट भएको छ ) अनुमान  नेपालका माओवादीहरु शान्ति प्रक्रियामा आएपछि त्यसले भारतका माओवादीहरुमा पनि दबाब बढ्ने कैयौं भारतीय विश्लेषकहरुको अनुमान विपरीत भारतीय माओवादीहरु उनीहरुले भन्ने गरेको जनयुद्धमा डटेर लागिरहेका छन्। केही समय यता उनीहरुले नेता तथा वरिष्ठ अधिकारीहरुको अपहरण गरेर भारतीय अधिकारीहरुमाथि दबाब बढाएका छन्। भारतको छत्तीसगढ राज्यको सुकमा क्षेत्रका वरिष्ठ सरकारी अधिकारी कलेक्टरलाई अपहरण मुक्त गरेको दुई साता नवित्दै त्यही क्षेत्रबाट भारतीय जनता पार्टिका नेतालाई उनीहरुले हालै अपहरण गरेका छन्। तर हालै नेपालका माओवादीहरुमा आएको भनिएको ‘विचलन’ र ‘फुट’ ले भारतीय माओवादीहरुलाईपनि धक्का पुग्ने विश्लेषकहरुले ठानेका छन्। भारतको माओवादी आन्दोलनलाई नजिकबाट नियालेका दिल्लीका विश्लेषकहरु नेपाली माओवादीहरुमा आएको परिवर्तनप्रति निकै चासो राख्ने गर्छन्। साढे पाँच वर्ष अगाडि शान्ति सम्झौता भएपछि त्यसले भारतीय माओवादीहरुलाई पनि उनीहरुले अंगालेको बाटो प्रेरित गर्ने कतिपयले ठानेका थिए। तर परिस्थिति ठिक उल्टो भयो। पछिल्ला वर्षमा माओवादीहरुको विद्रोहलाई भारतको पहिलो नम्बरको आन्तरीक सुरक्षा समस्या मानिन थालियो।  धक्का नेपाली माओवादीहरुमा देखिएका यिनै परिवर्तनहरुले भारतीय माओवादीलाई गम्भीर धक्का लागेको दिल्लीका कतिपय विश्लेषकहरु बताउँछन्। “नेपालमा माओवादी आन्दोलन, जुन पतनतर्फ उन्मुख छ, त्यसको ठूलो असर भारतको आन्दोलनमा पर्छ। यो पक्का छ, किनभने भारत र नेपालको जुन आन्दोलन छ तिनको पुरानो र घनिष्ट सम्बन्ध रहिआएको छ,” नेपाली माओवादीहरुबारे समेत जानकार भारतका मानव अधिकारवादी गौतम नवलखाले भने। तर त्यस्तो असर केवल सैद्धान्तिक हुने धेरै विश्लेषकहरुको ठहर छ। “दक्षिण एशियामा यो कुराले जरुर धक्का पुर्‍याउने छ कि एउटा आन्दोलन जो क्रान्तिको यति निकट पुगेरपनि पछाडी फर्कनु पर्‍यो। यसको नैतिक असर जरुर पर्छ। तर यसले भारतीय माओवादीहरुमाथि गम्भीर खालको असर भने पार्नेछैन,” बामपन्थी झुकाव राख्ने भारतीय विश्लेषक आनन्द स्वरुप वर्माको भनाई थियो। भारतीय माओवादीहरुको निकट मानिने कतिपय बुद्धिजीवीहरुले चाहीं नेपालमा माओवादी आन्दोलनलाई केही नेताहरुले, उनीहरुकै शब्दमा, उल्टो दिशामा हिंडाएको हुनाले त्यसले भारतमा फैलिएको क्रान्तिकारी भावनालाई मार्न नसक्ने बताउँछन्। दिल्ली विश्वविद्यालयका अध्यापक तथा रिभ्योल्युशनरी डेमोक्रेटिक फ्रन्टका सचिव जी एन साइबाबाले भने, “नेपालमा भएका विकासहरुलाई यहाँ कसरी हेरिन्छ भने, त्यहाँ माओवादी पार्टिको एक गुटको नेतृत्वको योजनामा, उपलब्धिहरु उल्टाइएका हुन्। त्यसैले त्यसको असर भारतीय क्रान्तिकारी आन्दोलनमा पर्दैन।” दिल्लीका विश्लेषकहरुले काठमाण्डौंमा माओवादी पार्टि फुटको सन्निकट पुगेको भन्दै त्यसले भारतीय आन्दोलनमा पर्ने असरको हिसाबकिताबलाईपनि निकै चासोपूर्वक नियालीरहेका छन्। नेपालमा चाहीं माओवादीहरुले सरकारको नेतृत्व समेत गरे। अनि, उनीहरुमा सिद्धान्त त्यागेको र बुर्जुवाकरण झ्याम्मिएको आरोपहरु लाग्न थाले। URL :- http://www.bbc.co.uk/nepali/ne...

JameJune · May 21, 2012 8:11 PM · 9,161 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all