मुख्यमन्त्रीको सपना देख्दा सभासद् धरापमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुख्यमन्त्रीको सपना देख्दा सभासद् धरापमा     काठमाडौं, जेठ २ । नेकपा एमालेका सभासद् पृथ्वी सुब्बा गुरुङले पार्टी नीतिविपरीत जातीय प्रदेशको पक्षमा सभासद्हरूको मोर्चाबन्दी गरेपछि उनको सभासद् पद संकटमा परेको छ। आदिवासी जनजाति सभासद्हरूको समूह ककसका संयोजकसमेत रहेका गुरुङले गत साता मधेसी मोर्चासाग मिलेर जातीय प्रदेशको पक्षमा मोर्चाबन्दी गर्दै हस्ताक्षर गरेपछि उनले पार्टीका शीर्ष नेताबाट ठूलै हप्की खानुपरेको छ। माओवादीका जातीय राज्य माग गर्ने सभासद्हरू देव गुरुङ, वर्षमान पुन, विजय गच्छदार, राजकिशोर यादव, राजेन्द्र महतोलगायतका मधेसी सभासद्हरूको मोर्चासाग एकता गरी जातीय राज्यको पक्षमा मतदान गर्ने विषयमा ककसको संयोजक हैसियतले उनले हस्ताक्षर गरेका थिए। त्यसको भोलिपल्ट सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा गुरुङलाई अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीले झपारेको स्रोतले बतायो। 'पार्टी नीति विपरीत तपाईले मोर्चासाग मिलेर हस्ताक्षर गर्नुभएछ नि के गरेको यस्तो, तपाईलाई कसले यस्तो गर्न निर्देशन दियो,' खनालले यसरी झपारेपछि गुरुङ चुपचाप बसेका थिए। गुरुङ केपी ओली पक्षीय नेता हुन्। 'माओवादीले अगाडि सारेको तमुवान प्रान्तको मुख्यमन्त्री बन्न खोजेको होला, तर तपाईको त्यो चाहना पूरा हुन हामी दिन्नौं, पार्टी नीति विपरीत जाने हो भने तपाईले राजीनामा दिनोस्' भन्दै खनालले गुरुङ सातो लिएका थिए। जातीय राज्य निर्माण भए तमुवानबाट गुरुङको प्रतिस्पर्धी गर्ने अन्य दलका ठूला नेता छैनन्। त्यसपछि वरिष्ठ नेता नेपाले पनि गुरुङलाई छुट्टै भेटेका थिए। भेटको सुरुमै माओवादी, मधेसी मोर्चासाग मिलेर जातीय प्रदेशका लागि हस्ताक्षर गरेको भन्दै नेपालले गुरुङलाई कसको निर्देशनमा त्यस्तो कार्य गरेको भनी स्पष्टीकरण लिएका थिए। स्रोतका अनुसार जवाफमा गुरुङले पार्टीले आदिवासी जनजातिका मागलाई सम्बोधन गर्नुपर्ने बताएका थिए। त्यसपछि नेता नेपाल कड्किए। '२०४८ सालमा स्कुलमा चक डस्टर घोट्दा घोट्दै टपक्क टिपेर तपाईंलाई यहाासम्म ल्याएका हौं, अहिले नेता बन्न खोजेको, धेरै जान्ने हुन खोज्नु भो भने दूधबाट झिागा टिपेर मिल्काए जस्तै मिल्काइने छ' नेपालको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने। नेता ओलीलाई भने गुरुङले माओवादी र मधेसी मोर्चाका नेतासाग बसेर संयुक्त हस्ताक्षर गरेको मन परेको रहेनछ। ओलीले गुरुङलाई कसैलाई सोध्दै नसोधी जान्ने भएर किन जातीय राज्यको पक्षमा हस्ताक्षर गरेको भन्दै गुरुङलाई गाली गरेका थिए। जातीय राज्यको पक्षमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका नेता पनि छन्। कांग्रेसबाट जीपछिरिङ लामा, इन्द्र गुरुङलगायतले हस्ताक्षर गरेका थिए। माओवादीको डिजाइनअन्तर्गत नै जातीय राज्यको पक्षमा ऐक्यबद्धता जनाउन हस्ताक्षर अभियान सुरु गरिएको हो। माओवादी महासचिव रामबहादुर थापा 'बादल' ले जेठ १४ भित्र सबै दलका महिला, मधेसी, जनजाति, मुसलमानलगायत सम्पूर्ण वर्ग र क्षेत्रका सभासद्हरूभित्र खेल्ने रणनीतिअन्तर्गत जातीय राज्यको पक्षमा लबिङ थालिएको हो। http://www.weeklynepal.com/ind...

_____ · May 18, 2012 1:19 PM · 10,981 views

2 Replies

 Jatho vote line belama sabai jaat ko liyera aayo aile thulo kura garcha....la aba feri election ma uthera dekhaos ta...yasko patta saaaf bhaena bhane malai bhannu....yadi yiniharule jatiyata ko ugra kura gare bhane jhan pachi parne chhan...yadi khas (chhetri, thakuri, dalit,) ra bahun-dasnami mile bhane karib 45% jati janasankhya huncha...yani polarization hune ho bhane jhan lato le kera hereko jasto huncha yiniharu

GorkheCowboy · May 18, 2012 1:30 PM

Jo pani mantri padkaune sura maa chaan

Khaobaadi · May 18, 2012 2:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all