आउनोस्, यसको रहस्य खोतलौं

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आउनोस्, यसको रहस्य खोतलौं- धर्मराज अधिकारी       कूल जनसंख्याको एकतिहाइ बढी हिस्सा ओगट्ने जातिलाई 'अन्य' जातिका रुपमा राखेपछि आजकल दलीय वार्ताहरूमा जातीय वितर्क र बाझाबाझ निम्तिने गरेको छ। जातीय नारा उरालेर कुरा बिगारिसकेपछि अब के गरेर सम्हाल्ने होला भन्ने चिन्ताले सबै पार्टीका नेताहरू पिरोलिन थालेका छन्।       छलफलमा '५० वर्षअगाडि नेपाल छिरेकाहरू थेप्चो नाक हुनेबित्तिकै आदिवासी, जनजाति हुने, पाँच हजार वर्षपहिले नेपाल आएर यहाँ राज्यको उत्पत्ति हुनासाथै बसोवास थाल्ने बाहुन, क्षेत्रीहरूको चाहिँ नामनिशानै नरहने?' भन्ने खालका प्रश्न प्रायः सबै नेताले एक(अर्कालाई राख्ने गरेका छन्। तर त्यसको चित्तबुझ्दो र समाधानयुक्त जवाफ कसैसँग छैन किनकि कुरो पहिले नै चिप्लिइसकेको छ। बसोवासको आधारलाई हेर्ने हो भने नेपाल भूमिमा सबैभन्दा पुरानो समुदाय बाहुन(क्षेत्रीहरूकै हो। इशापूर्व १०१५ वर्षपहिले देखि नै त्रिशुली नदी उत्तरमा आधा तिब्बत, दक्षिणमा गोरखपुर र पश्चिममा काश्मिरसम्मको क्षेत्रमा खस साम्राज्य खडा गरेर बसेको हो त्यो समुदाय। उपत्यकाकै आदिवासीको कुरा गर्ने हो भने काठमाडौं उपत्यकाका पुराना हर्ताकर्ता रहेका सापू, मेपु अर्थात गोपालवंशी र महिशपालहरूको शारीरिक बनोट र भेषभूषा हेर्दा थारुसँग मिल्दोजुल्दो देखिने ज्यापूहरूले यहाँ सभ्यता विकास गरेेर बसेको देखिन्छ। यसरी हेर्दा नेवारभित्रका ज्यापूहरूलाई आदिवासी मान्न सकिन्छ। तर सबै नेवारले आफूलाई उपत्यकाका आदिवासी हौं भनेर दाबी गर्न मिल्दैन। हाल लुम्बिनी क्षेत्र भनेर चिनिएको बुद्धको जन्मस्थल आसपास इ.पू. पाँचौं शताब्दीमा राज्यमा थारुहरू रहेछन् भन्ने कुरासमेत थाहा भइसकेको छ। बसोवासकै आधारमा हेर्ने हो भने पनि अरुणपूर्वका ९ जिल्ला लिम्बुवान हुनै सक्तैन भनेर वार्तामा पाखुरा सुर्कन्छन् ब्राम्हण नेताहरू। उनीहरूको तर्क छ( त्यहाँ रहेको करिब ३० लाख जनसंख्यामध्ये अढाइलाख मात्र मंगोल छन्। लौ मानिलिऊँ लिम्बुवान राज्य नै भएछ अरे, के अल्पसंख्यकले बहुसंख्यक अर्थात् अन्य जातिका सत्ताइस लाखमाथि शासन गर्ने? के आधार हो राज्य विभाजनको? बसोवास कि  जनसंख्या? यस्ता धेरै प्रश्नले आजभोलि नेताहरूको खोपडी तताउने गरेको छ। केही नेताकै पहिचानलाई हेरौं, आजभन्दा ४ सय वर्षपहिले सिम्रौनगढ राज्य हुँदै रौतहटमा बसोवास गरिरहेका मंगलकुमार उपाध्याय र माधवकुमार नेपाल मधेसी हुन् कि होइनन्? यदि यी मधेसी होइनन् भने बिहारमा जन्मिएर नेपाली नागरिकसँग बिवाह गरी अंगीकृत नागरिकता लिएकी सरिता गिरी कसरी मधेसी भइन्? त्यस्तै प्रदिप गिरी र सरिता गिरीको मधेसी मान्यता के बराबरी हो? सय वर्ष अगाडिदेखि सिरहामा बसेका प्रदीप गिरी आदिवासी हुन् कि होइनन्? छालाको रङ र नाकको उचाइ तथा बनोट नै हो त वर्गीकरणको आधार?       जातजातिहरूको इतिहास नै हेरियो भनेपनि अचम्मको छ, किराँत, राई, लिम्बु, सुनुवार, दनुवार सबै तिब्बततिरबाट नेपाल छिरेका हुन्। तामा168, गुरु168हरू पनि भोटतिरबाट झरेको ४(५ सयवर्ष भन्दा भएको छैन। आर्य, द्रविड र मंगोल मिसिएर बनेको नेवारलाई पनि आदिवासी जनजातिका नाममा अधिकार छैन भन्छन् वार्तामा कम्युनिष्ट नेताहरू। नेपालमा जम्मा १० हजार जति थकाली छन् तर उनीहरूको सातथरि जात छ, के को आधारमा दिने पहिचान र राज्य? संख्याकै कुरा गर्ने हो भने सबैभन्दा ठूलो खस आर्य समुदाय छ, जो कूल जनसंख्याको ५६ प्रतिशत हुन आउँछ। खै त तिनीहरूको राज्य? देशको आधा भन्दा बढी भू(भाग तिनीहरूलाई छुट्याउनुपर्छ कि पर्दैन? कामी, दमाइ, सार्की, कुसुण्डा, वादी, गाइने, गिरी, सन्यासी यी सबै आर्य नै हुन्। नेवार जातका जयस्थिति मल्लले चलाएको वर्णाश्रमले नै हो यिनीहरूलाई पछि पारेको। झापाको कुनो, कन्चनपुरको टोल, ताप्लेजु168को उत्तरी कन्दरा र दार्चुलाका खोंचहरूमा बस्ने अनेकौं जातजातिको स्थान खोइ? मुस्ता168 र वीरगञ्जमा बस्ने रैथाने बाहुन क्षेत्रीको बस्ने पहिचानबारे कसलाई चासो छ?       नेपाली जातिवादी र क्षेत्रियतावादी आन्दोलनको अध्ययन गरिरहेकाहरूको के विश्लेषण छ भने यी मुद्दा र आन्दोलन यूरोपियनलगायतका विदेशीहरूले नेपाली, नेपालीबीच फाटो ल्याउन गरेको खेती मात्र हो। मधेसको राजनीति कसले, किन र कसरी चलाउँदैछ, त्यो  घामजत्तिकै छर्ल168 छ भने पूर्व र पश्चिमका विभिन्न क्षेत्रमा भइरहेका जातीय चलखेलहरूमा प्रत्यक्ष रुपमा पश्चिमा प्रायोजन रहेको देखिन्छ। हाम्रा विदेशी मित्रहरूलाई साँच्चै नै नेपालीको चिन्ता छ भने शान्ति र संविधानका लागि खोइ पैसा? किन संघीयता र क्रिश्चियन धर्मका निम्ति मात्र विदेशी लगानीको ओइरो? नेपाललाई एउटै राज्यका रुपमा राखेर सबै जात, जाति, धर्म, सम्प्रदायलाई पहिचानसहित अधिकारयुक्त बनाउने संविधान लेख्दा हुँदैन? किन नेपाललाई विभाजन गर्नैपर्ने, टुक्राउनैपर्ने? कसको, के स्वार्थ छ यसमा, किन यसो गरिंदैछ?  दस वर्षे जनयुद्धमा किन कुनै क्रिश्चियन मिसनरीमा आक्रमण भएन, केका निम्ति हज्जारौं गाई काटिए र कुन स्वार्थअन्तर्गत सिद्धान्तको छेउटुप्पो नमिल्ने माओवादीमाथि यूरोपेलीले स्नेह पोखे? माओवादी र क्रिश्चियन दुवै किन एकैखाले परिवेशमा फस्टाउँदैछन्? विना पूर्वाग्रह सबैले यसको रहस्य खोतल्नैपर्ने हुन्छ।       कोरियामा एउटा मात्र जाति छ, के त्यसलाई जातीय राज्य भने हुन्छ? चीनमा एकै जाति (हान जाति) को ९६ प्रतिशत जनसंख्या छ, के त्यो जातीय राज्य हो? फ्रान्समा आल्साटियन, ब्रिटन र प्रोभिन्स्कल, फिनल्याण्डमा फिन र स्विडिस अनि इटालीमा जिनोइस्, टुस्काव र भेनिटियन जातिहरू मिलेरै बसिरहेका छन्।  नेपालमै पनि आजसम्म मिलेकै छन्। अब पनि सबै मिलेर बस्दा के हुन्छ? किन युरोपेलीहरूको टाउको दुखेको? के युगोस्लाभिया, चेकोस्लोभाकियामा जातीय खेति गरेर तिनीहरूलाई टुक्राए झैं टुक्रा, टुक्रा पार्ने नेपाललाई पनि 134 नेपालका सबै जातजातिहरू माथि उठिसकेका छन्, को छन् जनजाति? इतिहास हेरेको छ कसैले, को हो वास्तविक आदिवासी? भाषाको कुरा पनि चर्को रुपमा उठ्ने गरेको छ, जबकि त्योभन्दा अव्यावहारिक र अत्यासलाग्दो विषय अरु हुनै सक्तैन। अहिले संसारमा छ हजार आठसय स्वतन्त्र भाषा प्रयोगमा छन् जसले राजनैतिक रुपमा पहिचान प्राप्त गर्ने हैसियत राख्छन्। यदि सबैलाई पहिचान दिनेतिर लाग्ने हो भने हाल अस्तित्वमा रहेका दुई सयजति मुलुक प्रत्येकलाई औसतमा ३४ वटा टुक्रामा विभाजित गर्नुपर्ने हुन्छ। के तयार छन्, अरु देशहरू टुक्रिन?       ( सिड्नी, अस्ट्रेलिया http://www.weeklynepal.com/ind...  

_____ · May 18, 2012 10:42 AM · 3,184 views

2 Replies

बूद्दी नभका कालो अक्षर भैंसी बराबरहरूलाई देश चलाउन दीयपछी के हुन्छ भन्ने प्रश्नको ज्वलन्त उदाहरण हो यो । भएको सम्स्या हल गर्लान भन्या त भातमाराहरूले आफ्नो स्वार्थको नीम्ती हूँदैनभको समस्यालाइ मोहोरा बनाई देश फूटाउन लागे । खै, २१ बर्ष पूगीयो आजसम्म  आफ्नो जातीको आड्म्बरमा  कसैलाई हेपीएन होच्चाईएन । न नै कसैले गरेको देखीयो आफ्नो वरीपरी । यी नता भनौदा खातेहरूलाई सीध्धाउने कोई जन्मया छैन भन्या ??

28th amendment · May 18, 2012 11:19 AM

 Nepal ma thepcho naak hune bittikai aadibasi ani bihari jasto dekhine bittikai terai ko bhumiputra bhai halcha. Nepal ko prachin basinda bhaneko khas ra magar nai ho. Yini haruko 1000 au barsa dekhi ko nepal ma saha-bas raheko dekhincha. Khas ra magar lai pahile pahile EK KUL EK MOOL bhanne garinthyo. Aile aayera magar haruko bui chadhera 200-400 barsa aghi tibet bata jhareka sabai aadibasi bhaeka chan. Likhit itihas lai aadhar manne ho bhane khas haruko jattiko pramanit ra likhit purano itihas kasaiko pani chaina. Khas haruko barema 4th century dekhi ko likhit itihas cha.  Gorkha ma gabhiyeka karib 52 wota rajya haru madhye karib 44-45 wota ta khas (chhetri-thakuri) sashit rajya nai thiyo ani kehi magar ra newar haruko.  Aafu matra khati nepali ani jasle nepal ra nepali ko nirman ra rakshya garyo wu chai bideshi re......Wahiyaat!! Nepal ma basobas garne nepali nagarikata bokne sabai nepali bhaenan ra? Kasle dekhyo ko aghadi aayo ko pachadi aayo bhanera?

NALAPANI · May 18, 2012 12:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all