कविता जस्तो............

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कविता जस्तो...... मलाई कविता लेख्न मन लग्यो, लेखु?  न बाउ ले लेखे, न बाजेले, कविता लेख्ने तिम्रो "पहिचान नै"  छैन होइन, म त लेख्न सक्छु नि, लेखु ? सब्द बटुलेर मात्रै कविता हुन्छ ? कविता लेखें तिम्रो "सामर्थ्य"  छैन तर म त लेख्छु लेख्छु काबिता ल हेर मेरो कविता, राम्रो छैन ? कविता होइन, दिग्भ्रमित सोचाइ बगेको हो होइन, यो त  स्वोत: स्रुफुत कन्चन ज़ल हो यसमा  जिबन को मिठास छ तिम्रो सपना हो, सबैलाई किन बेच्छौ यसमा माया को सुगन्ध छ होइन, त्यो तिम्रो स्वार्थ हो यसमा जिबन को बाटो  छ तर देखाउ कहा  छ लक्च्य ? यसमा बिहानी को सुगन्ध छ रात को आध्यारो पानि त छ नि यो मैले लेखेको कविता हो होइन, तिम्ले कोरेको दिवास्वोप्न  हो यो एउटा राम्रो कविता हो होइन, एउटा कविता जस्तो मात्रै

_____ · May 15, 2012 5:13 PM · 3,520 views

4 Replies

धर्केले कर्के नजरले हेरे नि धर्केको तीन धर्के कलमले  कोरे नि कबिता कबिता नै हुन्छ, कबिता जस्तो हैन कबिता नै बन्छ . वाह धर्के वाह ! (यथेष्ट सुधार गर्ने ठाउँ छ , गर्नु पर्ने छ )

rahulvai · May 15, 2012 5:31 PM

lau lau dharke bau baje le nalekhya bhaye pani timi ta maja le lekhne bhayechau ta hai... thuldai le bhaneko kura ma dhyan deu, ajhai dherai ra ramra kabita lekhna thalne chau..

Geology Tiger · May 15, 2012 6:13 PM

धन्यवाद , राहुल भाइ र GT  लाई भासगत सच्याउन    चाहि गार्है होला मलाई, सबै भाषा मा कम्जोर छु म, एकदिन अफिस  मा हामि ५ भिभिन्न देश का मानिस संगै कम गर्दै थिएउ,  काम सकियो, तर अफिस  छोडेर जान  नपाइने. तेसैले time  कटाउन  ( इन्टरनेट, टिभी , सेल फोन प्रयोग गर्न पाइदैन ) सबैले आफ्नो देश को अल्फाबेट लेखेर अरुलाई  देखाउने भनेर, सुरु गरेको. मैले हाम्रो ३६ अल्फबेट्स छ भनि हाले, तर लेख्दा २६ वोटा भन्दा लेख्ने सकिन. साथि हरुले खत्तम पारे नि त्यो रात

_____ · May 16, 2012 10:44 AM

 Ha ha dharke bro, je hos kabita lekna chahi continuity deu bro, ramilo cha...

Geology Tiger · May 16, 2012 10:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all