आज पानी पर्यो!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 हिजो घाम थियो  अस्ति धुम्म  तर आज पानी पर्यो |   किन (?)... प्रश्न गर्ने अधिकार,  सरोकार र इच्छा  तीनटै नभाकोले छोडौ .. तर जब-जब पानी पर्छ, पानीसंग बर्षीने धेरै कुरा छन् यहाँ |   त्यो दिनको पानी  र आजको पानी .. समयको बदलाब .. परिस्थितिको रुप .. देख्दै छु भेलसंग बग्दै  जमिन/जीवन भित्र बिलिन भाको |   खत्तम भयो !! सिधियो .. बिजोग ... पृथ्वीको  प्रलय एउटा मानिसको अनुपस्थितिबाट  हुन्छ भन्ने लागेको थिएन  तर त्यही भयो |   पानी मात्र होइन, प्रश्नका  असिना पनि परे ..  तिनको चुटाइले  ..फुटेको मन  लखतरान भएर ..पानी रोकिने प्रतिक्षामा थियो  तर त्यो दिन ....पानी रहेन  न तिमी रहेउ ....   त्यसपछि , जब जब पानी पर्छ पानीको रापले म पग्लन्छु  असिनासंग तर्सिन्छु   चट्यङदेखि रुन्छु.. ओछ्यानमा घुसरिन मनलाग्छ  ओड्ने ओडेर  घुडा र टाउको जोडेर ... आँखा चिम्लन्छु कान थुन्छु..  अनि पर्खन्छु...  पानीलाइ  रोकिन र कल्पना गर्छु त्यो रंगीन इन्द्रेणीको थाहा छ .....त्यसको रंग र मेरो कल्पना दुवै मिथ्य हुन् ..   तिमी जस्तै ...   आज पानी पर्यो ...हेरौ अब कैले पर्छ  किनकि जब जब पानी पर्छ....पानीसंगै पर्ने धेरै कुरा छन् यहाँ !!! Last edited: 14-May-12 11:58 PM Last edited: 14-May-12 11:59 PM

jhaukiri · May 14, 2012 11:03 PM · 16,768 views

7 Replies

हो त हिजो मज्जाले पानी पर्‍यो, आज चाँही असाध्यै नराम्रो टाउको दुख्यो! टनक टनक टनक पिडाको सेकाइ सहन नसकेर यसो टाउको मसार्दै थिए झ्याम्म झ्याउकिरीको कविता झर्यो, बल्ल शितल भयो, आजको टाउको दुखाइ यत्तिमै टर्यो,

Geology Tiger · May 15, 2012 12:22 AM

कविता कविता मै ऊतर दिन्चन सबै आफु लाई कविता को क पनि औंदैन जे भए पनि सारै राम्रो पानी परेको कविता लेख्नु भयो आफु लाई लेखना नाए पनि पद्दना चैं पहियो तेही नै खुसि को कुरा हो कि कसो हो साथी हो?

Pokhrelikanchi · May 15, 2012 8:14 AM

 jhakuri वाह वाह  "पानी मात्र होइन, प्रश्नका  असिना पनि परे ..  तिनको चुटाइले  ..फुटेको मन  लखतरान भएर ..पानी रोकिने प्रतिक्षामा थियो  तर त्यो दिन ....पानी रहेन  न तिमी रहेउ ...."    

bhakte dai · May 15, 2012 8:28 AM

हरेक बिनाशले श्रीजनाको बिउ छोडेको हुन्छ भन्छन। पानी र असिनाको चुटाईले तातेको मनको रापमा त्यो उम्रिन लागेको बिउ चै नमरोस।   हजुरका कबिताहरुमा भाव निकै गहिरो पाउछु। बुझे झै पनि लाग्छ फेरी बुझेकै हो त जस्तो पनि। सुख भन्दा दु:ख नै धेरै लुकेको पाउछु। आशा छ आगामी दिनहरुमा सुखद घडीका कबिताहरु पनि पढ्न पाउनेछु।

Dipika02 · May 15, 2012 8:52 AM

अघिपछि शान्त रहने मन, वर्षा संगै बाँध फुटेर छताछुल्ल भए भावहरु, पानीसंगै बग्दैछ गतिहीन जीवन, अनिश्चित दिशातर्फ... दामी कविता!!!

bairagiKancho · May 15, 2012 10:22 AM

hamro tira ni pani parera barbad cha, pani, jindagani bhanchan, ho jasto lagcha! Thanks for the poem!

crazy_love · May 15, 2012 11:40 AM

 धन्यबाद सबै साथीहरुलाइ ||

jhaukiri · May 16, 2012 12:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all