आजको बदलिँदो २१ औ शताब्दीमा आधा आकाश ओगटेका महिलाहरुको अन्तर्निहित क्षमतालाई सबैका सामु प्रस्फुटित गर्ने उदेश्यले यस विश्वाब्यापी प्रतियोगिताको आयोजना गर्न लागिएको हो।खास गरी पूर्बिय मुलुकमा बिद्यमान अब्यब्यहारिक सामाजिक संस्कार र मान्यताहरुको सिकार भएका महिलाहरु जस्ले आफूभित्र रहेका भावना र भोगाइलाई सार्वजनिक रुपमा बाँड्न नसकी कतिपय अवस्थामा आफ्नो कला क्षमता, प्रर्तिभालाई लुकाएर राख्नु पर्ने वाध्यता पनि छ | यही गुम्सिएर रहेका प्रर्तिभालाई प्रस्फुटन गराउने अभिप्रायले संसारभरि रहेका युवा तथा महिलाहरूलाई समेट्दै जागरुक बनाउँदै उत्प्रेरणा प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो | यहाँहरुको प्रतिभा र क्षमतको सम्मान गर्ने र भविष्यमा राष्ट्र राष्टियता र महिला शसक्तिकरणको सन्दर्भमा मिलेर झन् धरै काम गर्न वाटो खुल्ने आशाका साथ अमेरिकामा दर्ता भई विस्व ब्यापी संगठन विस्तार गर्ने क्रममा रहेको 'द ह्वाईट जोन' ले "बिश्व ब्यापी अनलाईन साहित्य" प्रतियोगिता आयोजना गर्न लागेको हो | यस प्रतियोगिताका निम्न नियमहरु रहेका छन् : वैदेशिक रोजगार, राष्ट्र, राष्ट्रियता र महिला शसक्तिकरणलाई प्रोत्साहित गर्ने किसिमका अनुभब/भोगाईलाई कविता,गजल, मुक्तक,गीत र लघु कथाका रुपमा २५० शब्दमा नबढाई मौलिक एबम अप्रकाशित रचना संक्षिप्त परिचय र फोटो सहित तलको इमेल ठेगानामा पठाई दिनहुन हार्दिक आह्वान गरिन्छ।पुरुष साहित्यकार पनि यस प्रतियोगिता सहभागी हुन सक्ने छन्। # २०१२ जुलाई १५ सम्म प्राप्त सबै रचनाहरु निर्णायक मण्डलले छानेको उत्कृस्ट १५ रचनालाई फेसबुकhttp://www.facebook.com/thewhi... २०१२ अगष्ट १ मा प्रकाशित गरिने छ | #. २०१२ अगस्ट ३० सम्ममा सबै भन्दा धेरै "like" प्राप्त गर्ने रचना पुरस्कृत हुने छ |"like" को आधारमा पहिलो, दोस्रो र तेस्रो हुनेछ | #. पुरस्कार - प्रथम पुरस्कार : एक लेप्टप ,प्रमाण पत्र | - दोस्रो पुरस्कार : Ipod ,प्रमाण पत्र | -तेस्रो पुरस्कार :इ फोटो फेर्म प्रमाण पत्र | - उत्कृष्ट ७ रचना लाई प्रमाण पत्र # उत्कृष्ट रचनालाई हाम्रो स्मारिका र हाम्रो वेव साइडमा राखिने # .सम्भव भए आफ्नो रचनाको रेकड पनि पोष्ट गर्न सक्नुहुनेछ | #. प्रतियोगीले आफूले भाग लिएको जानकारी हामीलाई इमेल ( creations@thewhitezone.org) गरेर २०१२ जुलाई १५ सम्म जानकारी गराउनु पर्नेछ | # .प्रतियोगीका निर्णायक मण्डलको जानकारी २०१२ अगष्ट १ सम्म गोप्य राखिने छ | # यस प्रतियोगितामा कुनै विवाद आएमा सो समाधान को सम्पूर्ण अधिकार 'द ह्वाइट जोन' महिला शसक्तिकरण विभागमा निहित हुनेछ | , # थप जानकारीका लागि : www.thewhitezone.org रत्ना बराईली महिला शसक्तिकरण विभाग प्रमुख , 'द ह्वाइट जोन', केन्द्रीय कार्यसमि Last edited: 01-Jun-12 11:57 PM
twz · May 13, 2012 8:35 PM · 12,041 views
एउटा बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगिता आयोजकको भाषा शुद्धता देख्दा , पढ्दा सोच्न बाध्य बनायो । रत्न जी हजुरले लेख्नु भएका नियमहरु एकचोटि हेर्नुस् त कतिको शुद्धता छ के यस्तै अशुद्ध लेखाईले भरिएका साहित्यलाई हजुर प्रतियोगीतामा सामेल गराउनु हुन्छ ?
mulmiz · May 14, 2012 8:25 AM
धेरै नसोच मुल्मी, दुख पाउछ. आँखा चाहि मुल्मिको डेन्जर भन्दा नि खतरनाक. भाषिक शुद्धताको त कुरै छोडुम, साहित्यको सामान्य मर्म नि समेटिएको देखिएन . साहित्यिक प्रतियोगिता, सम्मेलन फेशन शो हैन, लाइक गरेको भरमा जितिने वा मन पराउने धेरै हुँदैमा जितिने. यदि धेरैले मन पराएको भर मा प्रथम हुने भे ट्रक साहित्य र फ्रक साहित्य सधै प्रथम दोस्रो हुन्थ्यो. साहित्य त स्तरीयतामा मापन गरिनु पर्छ. लेखाइ को कला र शैलीमा मापन गर्नु पर्छ . मखुला ??
rahulvai · May 14, 2012 9:06 AM
तेइ भएर राहुल दाइ म एस्तो प्रतियोगिता बाट तादै बस्छु , मलाई तेस्तो like र पुरस्कार भन्दा साझा को like नै मन पर्छ . तिमि हरु को प्रतियोगिता , पुरस्कार , छान्ने तरिका सब तिमि हरु लाइ मुबारक
amricane · May 14, 2012 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion