-----------आगो लाग्यो ------------ ओहो डरलाग्दो, कस्तो तातो, रापिलो त्यो आगो मेरो मनभित्र झिल्का फालेर दुइ छिनमै भाग्यो मुटुभित्र पुगी प्रत्यक कणकणमा पोल्न थाल्यो सपनाको त्यो संसार, एकै क्षणमा जल्यो ||| हिजोको त्यो नौलो क्षणसंगै कति हास्थ्यो यो मन तर आज त्यो तातोले पोलेर छताछुल्ल छ जीवन नाथे जिन्दगीको भाउ कति बढेको छॊएजो पोल्नेजस्तो निर्लज्ज छन्, ति सिर्जनशिल हातहरु त्यो तापसंगै |||| के गर्नु बिश्वास थियो इश्वोरमा, तैपनि कताकता गयो साएद आगोले पोलन थालेर एकान्तमा टोलाउदा फुत्त भाग्यो कि यो चारदिनको जिन्दगि, दुर्भाग्य कालो कथा बन्यो कति रोएपुकारे तर पनि कति पछिपछि लागेको त्यो आगो हिजोको साहस सबै जल्यो, हिड्दा पनि थकान भयो त्यो अन्धकारको तातो आगो, धिपधिपे बत्तिको रुप लियो तर सुर्यको घामभन्दा पनि रापिलो ताप लिएर पछि-पछि दौड्यो एक सब्दले सबै संसार जल्यो, सबै सरिर खरानी भयो ||||||
inventive · May 13, 2012 3:01 PM · 14,892 views
के भनेको हो बुझे मरिजाउँ.
Logan ko bhatij · Mar 17, 2021 9:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion