टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जातीय पहिचानको बिरोधीको प्रतिरोध गर्न प्रचण्डको आह्वान 'टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस' 28   ३१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको विरोध गर्नेहरुको प्रतिकार गर्न आदिवासी जानजातिलाई आहृवान गर्नु भएको छ । आइतबार आफ्नै निवास लाजिम्पाटमा धर्नामा बसेका आदिवासी जनजाति नेता-कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले संघीयता विरोधीहरुले सडक कब्जा गर्न खोजेको भन्दै शान्तिपूर्ण ढंगले प्रतिवादमा उत्रन आहृवान गर्नुभयो । ‘संघीयता विरोधीहरुले सडक कब्जा गर्ने जुन दुस्साहस भएको छ, त्यसको तपाईहरुले शान्तिपूर्ण रुपमा प्रतिवाद गर्न जरुरी छ । देशभरीका सम्पूर्ण उत्पीडितहरु मजदूर, किसान, सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर उठ्नु पर्छ ।’ प्रचण्डले भन्नुभयो । संघीयता हुनुहुँदैन, जनता सडकमा आइसके भनेर दलहरुबीचको वार्तामा पहिचान मेट्ने प्रयास भइरहेको भन्दै उहाँले वार्तामा एक्लै लड्दा आफूलाई ग्राहो भएको बताउनु भयो । ‘म एक्लैले वार्तामा लड्दा गाह्रो हुँदोरहेछ’ प्रचण्डले भन्नुभयो-’संघीयता हुनु हुँदैन भनेर संघीयता विरोधीहरु अराजक रुपले हिडेको स्थिति छ, वार्तामा पनि उनीहरुकै स्वर चर्को भएको जस्तो भएको छ ।’ उहाँले पहिचानको विरोधीहरुले जिते फेरि निरंकुशता आउनसक्ने बताउनु भयो । प्रचण्डले भन्नुभयो-’पहिचानसहितको संघीयता हुने वा नहुने भनेर निकै ठूलो लडाई चलिरहेको छ । यो लडाई हामीले जित्नै पर्छ । तपाई हामीले जितेनौं भने फेरि एकचोटी निरंकुशतन्त्र लादिने स्थिति छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफू पहिचानका लागि लड्दै आएको भन्दै कुनै हालतमा सम्झौता नहुने बताउनु भयो । माओवादीले पहिचान छाडिसक्यो भनेर भ्रम फैलाउन खोजिएको भन्दै प्रचण्डले भन्नुभयो-’अब पहिचानमा सम्झौता गरिन्न । म टेबुलमा लडिरहँदा पनि यथास्थितिबादीले प्रचण्डले छाडिसक्यो भनेर भनेका छन् । पहिचानसहितको संघीयतामा सम्झौता गरिन्न ।’ प्रचण्डले लडाकू समायोजन भएको एक हप्तामै संविधान बन्छ भन्ने कांग्रेस र एमालेले अहिले विभिन्न बहानामा संविधान निर्माणमा अवरोध गरेको आरोप लगाउनु भयो । ‘माओवादीले सेना समायोजन गरेको एक हप्तामा संविधान बन्छ भन्ने भनेर कांग्रेस र एमालेका साथीहरूले भन्नुभयो । सेना समायोजन भएको झण्डै दुई महिना भइसक्यो’ उहाँले भन्नुभयो-’संविधानको अत्तोपत्तो छैन, संघीयताकै विरोधमा आवाज निकाल्न थालिएको छ ।’ एकल जातीय पहिचानको पक्षमा जनजाति सभासदहरुले मोर्चाबन्दी गरे लगतै दलहरुले कुनै हालतमा हृवीप तोड्न दिँदैनौं भनेर नेताहरुले आफूलाई धम्क्याउन थालेको बताउनु भयो । माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’तपाईहरु सबै जनजातिका प्रतिनिधिहरुले जातीय पहिचानसहितको संघीयताका निम्ती हामी हृवीप पनि तोड्छौं भन्नुभयो तर मलाई नेताहरुले कुनै पनि हालतमा हृवीप तोड्न दिइने छैन । संघीयतामा जान दिँइदैन भनेर धम्काउन थालेका छन् ।’ भेटमा जनजाति नेताहरुले भने जातीय पहिचान विनाको संघीयता स्वीकार्य नहुने भन्दै सडकमा उत्रने तयार रहेको बताएका छन् । http://onlinekhabar.com/2012/0...

_____ · May 13, 2012 6:55 AM · 15,488 views

7 Replies

देख्न  भो त प्रचण्ड को आव्हान मा जनजाती ले गरेको बन्द , यो प्रचण्ड लै सघाउन गरेको बन्द हो जना जाति ले

_____ · May 21, 2012 3:16 PM

यो मूजी प्रचंडे लाइ उसैको माओ सिपाई ले ठोक्छ गोलि एक दिन. पातकी ले देशलाइ नै रुवान्डा बनाउन लाग्यो

SAP Dude · May 21, 2012 4:06 PM

 त्यो दिन कहिले आउने हो खै. तेही आस मा छु, कुन दिन कसैले ले उसलाई मारने हो कुन्नि

JameJune · May 21, 2012 11:13 PM

अलि सोच्न सक्ने विचार र दिमाग छ भने सब्बै कुरालाई चारै दृस्टीबाट हेरुम | जातीय पहिचान भनेको राम्रो कुरो हो तर बुझ्नेले अर्कै बुझे | बाहुनले अन्य जातकालाइ पेलैकै हुन् , यो कुरो धुर्बसत्य हो | म प्रचण्डभक्त होइन तर उ बाहुन भैकन अन्य जातिका निम्ति आवाज उठाउने संभवत इतिहासमा पहिलो बेक्ती हो | शायद तेसैले होला उसलाई साथ् दिनेहरुमा सर्वहराबर्गका हरेक जात बिशेषहरु छन् | यो कुरालाई नकार्न सकिन्दैन | तर जुन हिसाबले उनीहरुको क्रान्तिले इतिहासमा एउटा कडी रच्यो , त्यो ज्यादै दर्दनाकपूर्ण छ | तेसैका कारण पनि उ धेरैको निम्ति घृणाको पात्र हुन सक्छ | दशौ हजार नेपालीको ज्यान गएका छन् , न माओबादी न सैनिक न सर्बसाधारण , ती थिए सब नेपालीहरुनै | येसरी आज तेत्रा शहिदहरुको बलिदान स्वरूप संबिधान सभाको निम्ति जुन खाका तयार भएका थिए , तेस्लाई धुलमुलौना अनेक भारतीय कठपुतली रुपी हाम्रै कथित नालायक कांग्रेश र एमालेका चोर नेताहरु लागिपरेका छन | यिनीहरु अझै पनि अरु निम्न जातबिशेषहरु माथिल्लो ओहदामा पुगोस भन्ने भित्रि हृदयबाट पक्कैपनि चाहदैनन् | सम्भिधानसभाबाट त्यो सम्भव छ तर यिनीहरु मुखले सम्भिधानको राग जपे पनि भित्रि मनमा भने तेसो नहोस भन्ने चाहन्छन | यो मैले भनि राखेको छैन , तिनीहरुको बेवारले चिचाई-चिचाई कन करै रहेका छन्  र अन्तत्वगत्वा यिनीहरुलाई नै फाइदा हुने यिनीहरुले देखिरहेका छन् किनभने जब भोलि सम्भिधान बन्दैन , तब यिनीहरु नै शक्तिमा रहन पाउछन र जब जातीयताको नाममा युद्ध हुन्छ दोष भने सब माओबादीलाइ | येसरी माओबादी पनि नाशिने र संबिधान पनि नबन्ने भएपछि के चाहियो | जातीयताको युद्धलाई उकास्न भारतीयहरुको धेरै हात छ | संघियताको आधारमा जातीय पहिचान खोजेका उनीहरुलाई यी भारतीय दलालहरुले अर्कै हिसाबले प्रस्तूत गरि रहेका छन् | आफ्ना जात जातिका उत्थानका निम्ति आफ्नै जातकाले बाहेक अरुले मतलब गर्दैनन् भन्ने उनीहरुको सोचाई  सोराइ आना ठिक हो र तेस्सैका निम्ति सरकारमा प्रतिनिधित्योको मागलाई अहिले आएर अनेक किसिमले बिथोल्न कोशिश गरिदै छ | एसका आफ्नै कारणहरु छन् जुन उनीहरुलाई राम्रो संग थाहा होला |

bittertruth · May 22, 2012 12:48 AM

sap , I read your version long time ago by different name , I beleive it. If it is too much to afford his crap. धेरै अगी साइड लगाई सक्नु पर्ने हो .

MaGorkhe1 · May 23, 2012 3:08 PM

 यहि गधा हो नेपाल र नेपाली समाज को असली भाइरस / सदियौं देखि मिलेर बसी आएका नेपाली हरु लाई आदिबासी र पुराबसी को नाम मा भिडाउन खोज्दैछ / कहिले क्रान्ति को नाम मा एक नेपाली लाई अर्को नेपाली को हत्या गर्न उकास्छ कैले नेपाल जस्तो जटिल सामाजिक संरचना भएको देश मा जातियता को खेति गर्छ / भोलि नेपाल जातीय दंगा मा गयो भने तेस्को राप ले यो र यसका आफन्तजन अछुतो रहलान ? खोइ यसले सोचेको ? प्रधानमन्त्री को कुर्सि को लागि १५००० गरिब नेपाली को ज्यान मार्यो अब झन् यसको रास्ट्रपति हुने चक्कर मा कति निर्दोष हरुको रगत बग्ने हो/  नेपाली समाज मा केहि उचनीच भएको सत्य नै हो तर त्यो अब धेरै दिन सम्म टिक्न सक्दैन/ समय धेरै बदलि सकेको छ /  हामी नेपालमा बस्ने कोहि पनि कोहि भन्दा कम नेपाली होइनौ/ सबैले देश लाई माया गरौ, हामी बीच भएको बन्धुत्व मर्न नदिऔ बरु यस्ता फ्याउरो हरु हरुलाई दुध बाट झिङ्गो फ्याके जस्तो फ्याकिदिउ // जय नेपाल/ हामी नेपाली बीच को आपसी सदभाव कहिले पनि नमरोस !!

NALAPANI · May 23, 2012 3:41 PM

Sadak ma ta  jhan last garo raichha---- Jau saaathi ho jungle pasau.....

siliconhills · May 23, 2012 5:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all