खै यो कस्तो नियति? कहिल्यै नसोचेको र कहिल्यै नचाहेको यो कस्तो अचम्मको परिस्थिति! प्रतिक्षामै बित्थे मेरा सारा रातहरु एक बोली सुन्न जसको भाग्दै हिंड्नुपर्ने किन मलाई? आज जहाँ जहाँ हुन्छ उनको उपस्थिति । फूलको सुगन्ध सुँघ्न बन्चित पारिएको एउटा भँवरा झै भयो आज मेरो गति, आकाशले धर्तीबाट सदा छुट्टिएरै बाँच्नुपर्ने, यो के नियम लगाइदियौ तिमीले ए प्रकृति? लालयित हुन्थे यी नजरहरु सदा एक झल्को हेर्न जसको आज उनको तस्विरैले पनि खिस्सी मेरो गरे झै लाग्छ, हेर्छु जति बल्झिन्छ घाऊ अनि पोल्छ यो मुटु भत्भती । रङहरु बिनाको ईन्द्रधनुष टाँगिएपछि कति हाँस्दो होला त्यो कालो बादल? अनि सूर्यले मान्दो हो लाज कति? समय बितिसक्यो, म किन सधैं त्यो अस्वीकृत काहानी बोकुँ ? अनि किन ठाँनु त्यसलाई आफ्नो अमूल्य सम्पत्ति ? बिर्सन खोज्छु म, अनि मिल्काउन खोज्छु त्यो कालखण्डलाई, जसमा देखिएका सारा सपनाहरुको रंग उडिसक्यो । तर पनि खै सम्झना मात्रै बढ्छ यो मनमा, उनलाई बिर्सन खोज्छु जति । जति नै सजाउँ अब म यो प्रेमको मन्दिर आस्थाको मूर्ति नै ढलेपछी यसको मूल्य कति? एउटा दुखीको कामना लाग्ने भए लागोस् तिमीलाई शुभकामना छ, मिलोस सफलता तिमीले चाहे जति न रंगाउनसके त्यो सिउँदोलाई सिन्दुरे रंगले न सजाउनसके तिमीलाई हरियो पोते अनि छड्के तिलहरीले । मुटु दुखाइ दुखाइ बाँच्न गार्हो भयो मलाई, ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती ।
Geology Tiger · May 12, 2012 5:17 PM · 19,576 views
जी ति दाई तपाई को कविता को बारे बोलेर म तपाई को बेज्जत गर्न चाहन्न , मैले सम्झना सक्ने , बुज्न सक्ने र सोच्न सक्ने भन्दा धेरै माथि का हुन्छन तपाई का कविता हरु . भाब को बारे मा भन्न पर्दा चै तपाई पनि म जसतै प्रेम पिडित हुनु हुदो रहिछ भनेर थाहा भो है .
amricane · May 12, 2012 5:41 PM
ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती -- सारै मार्मिक
Bachata · May 12, 2012 6:43 PM
वाह कति गहन , कति मार्मिक कविता !! मुटु चसक्क पार्ने यी २ लाइन को त झन के कुरा !! "मुटु दुखाइ दुखाइ बाँच्न गार्हो भयो मलाई, ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती । "
bhakte dai · May 12, 2012 7:18 PM
जिते ब्रो, कति मार्मिक ब्यथा त्यो कति मार्मिक कथा त्यो यादै याद को किताब न यो हो जिन्दगी, यादमै बर्बाद भएको हिसाब न हो यो जिन्दगी . भाव र शैली उत्तम र पनि अझै रसिलो बनाउने ठाउँ भने प्रशस्त छन् है .
rahulvai · May 12, 2012 8:55 PM
भाग्न त भाग्योउ जिते दाइ तर लुक्न सकेनोउ जस्तो छ किन भने उनको सम्झना ले तपाइलाई जहाँ पनि भेटेको छ. सारै मार्मिक कविता, सारै राम्रो लग्यो
gorkhali4982 · May 12, 2012 9:03 PM
जितु-दा दामी लाग्यो.... मनै छुने नियति ... अन्यथा नलिनुस ल मेरो सानो टुक्रा पनि जोडदै छु माया र यादमा सारै पिल्सियेछ मन बिर्सन खोज्छु बल्जिंछ झन् झन् सम्झेर रसिलो चोट कति पटक जीवनलाई निचोरेर पछार्छु मीठो हिजो खल्लो आज अनि तितो भोलि बनौछु हरेक कथाको एउटा व्यथा अनि हरेक व्यथाको एउटा कथा यहाँ सुन्यौ कि सुनेनौ तिमीले तिम्रो मेरो गाथा गाउँछु आजकाल जहा-तहाँ आसुले तिम्रो तस्बिर मुटुबाट पखाल्न खोज्छु तर तस्बिरमाथि जमेका धुलो मात्र पखालिदारहेछ हरेक पल हरेक क्षण तिम्रै यादमा सारै पिल्सियेछ मन बिर्सन खोज्छु बल्जिंछ झन् झन् || - भाइ थाने
ThahaChaena · May 13, 2012 10:55 AM
न पोलेर जल्ने न बिलाई जाने आँखा वरिपरी तिम्रा तस्बिरहरु घाइते मन सधै मर्ने जिते दाइ अब सृंगार रस सुरु गर्ने बेला भएन भन्या ?
DalluKoSanu · May 13, 2012 5:55 PM
वा गेओलोग्य तिगेर ! हजुरले येस्तो मार्मिक कविता लेख्नुहुदोरैछ ! निकै राम्रो छ
lostnepali · May 13, 2012 6:57 PM
मित्र अम्रिकाने, बचता, ठुल्दाइ, ठाने, डल्ले, हराएको नेपाली लगायत कविता मनपराइदिनु हुने सबैलाई धन्यवाद! यो कविता अलि बढी नै यान्त्रिक भएको अनुभव त मलाई पनि भएको थियो ठुल्दाइ, अबका कविताहरुमा अलि बढी रसिक हुन कोशिस गर्ने छु थाने भाइले जोडेको कविता पनि सार्है मनपर्‍यो डल्ले अब वीररस लेख्ने बेला भयो जस्तो लागिराछ हामीलाई त हे हे हे
Geology Tiger · May 15, 2012 9:28 AM
GT, khatara cha poem! sati ko sandarva dherai gahiro lagyo! Keep writing!
crazy_love · May 15, 2012 11:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion