"धन र माया " आफ्नो ठान्नु नै गल्ती रहेछ मनमा सजाउनु नै ठुलो भूल भएछ आकाशमा चम्केको त्यो तारालाई धर्तीको सपना देखाउनु नै गलत रहेछ..... फूल त बोटमा नै जीवन्त हुन्छ त्येसलाई टपक्क टिप्नु नै गल्ती भएछ शिशिरको त्यो मोतीरूपी दाना गुलाबी पत्रमा नै सुहाउने रहेछ.... तिम्रो मायाको पदचाप पछ्यौदा पछ्याउदै मैले आफु जाने दिशा नै बिर्सिसकेछु समयको निष्ठुरी ल हरसंग बग्दा बग्दै मैले आफ्नो गन्तव्य नै भुलिसकेछु ...... केवल सुन्नमा मात्र रमाइलो हुन्छ माया वास्तवमा सुन्दर त त्यो पापी धन नै रहेछ भोको पेट अनि अभाव बाच्दछ जहाँ त्यहाँ चोखो माया सधै मर्दो रहेछ...... माया का कथा खाली सुन्नमा रोचक लाग्दछ त्येसमा पर्ने हरुको पिडा अर्कै रहेछ चोखो मन तर खाली हात लिनेहरु सदैव बीच बाटोमा नै मर्नु पर्दो रहेछ ......
chaitekailo · May 11, 2012 12:24 PM · 4,126 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion