Puraana Bachha Bela ka kabita haru

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो सानो खरायो आज कता हरायो हिजो सँगै सुतेथ्यौँ को पहिले पुग्ने हो भन्दै हामी कुदेथ्योँ खाट मुनि लुक्यो कि चोक हुँदि भुल्यो कि भालु आइ चोरेर जँगल तिर लग्यो कि मेरो सानो खरायो आज कता हरायो। कसले देला उसलाई बुबु कसले देला माम। खोजी गर्न लौ न आमा हामी दुबै जाम। मेरो सानो खरायो आज कता हरायो। - कल्पना प्रधान Note : Copyright to respective author not me. I just wanted to share few old childhood kabita.... Gali Nagarnus la... Last edited: 10-May-12 04:51 PM Last edited: 10-May-12 04:52 PM

ThahaChaena · May 10, 2012 4:49 PM · 10,430 views

11 Replies

 ताराबाजी लै लै मामा आए घोडा माइजू आइन् डोली पापा ल्याइन् सोलि खान दिन्छिन् भोलि बुबुमाम सुपुक्क आलीमुनि घुपुक्क काफल गेडी कुटुक्क बिरालो भन्छ - म्याउँ म्याउँ अगुल्टो भन्छ - उछिट्ट्याउ

ThahaChaena · May 10, 2012 4:50 PM

 कुखुरी काँ! बासि भात खाँ!! खोइ बासि भात? बिरालोले खायो। खोइ बिरालो? मुसा मार्न गयो। खोई मुसो? दुलाभित्र पस्यो। खोइ दुलो? गाईले कुल्च्यो। खोई गाई? खोलाले बगायो। खोइ खोलो? सुक्यो!

ThahaChaena · May 10, 2012 4:50 PM

 काठमाडौं शहर हेर्न लाग्छ रहर मोटर चढी रमाउँदै घुम्न जाउँ शहर काठमाडौं शहर राजा बस्ने दरवार कति राम्रो घरवार बच्चा देखि बुढासम्म हेर्न गर्ने रहर काठमाडौं शहर

ThahaChaena · May 10, 2012 4:51 PM

 टालाटुली बटुली कति राम्री पुतली सानी पनि हैन रे ठुली पनि छैन रे जीउ सुत्त परेकी पँहेली र पातली कति राम्री पुतली लाइदिऊँ कि बुलाकी ? टीकी राम्रो होला कि ? कोरीबाटी चुलठी आँखा दुवै गाजली कति राम्री पुतली - माधवप्रसाद घिमिरे Last edited: 10-May-12 04:52 PM

ThahaChaena · May 10, 2012 4:51 PM

 बिचरी चरी   - लेखनाथ पौड्याल वर्षा याम एक दिन ठुलो पानी पर्‍यो काला-काला बादलुले सेता गेडी झार्‍यो झ्याम्म-झुम्म रूख थियो घरदेखि पारि त्यही रूखमा गुँड लगाई बस्थे दुइटा चरी चिर्र-चिर्र मिरमिरेमा गीत सुनाउँथे आफ्नै काम गरी गरी दिन बिताउँथे चुट्नसम्म चुट्यो आज पार्‍यो चिलबिल बतासले हाँगो लुछ्यो गुँड पुग्यो तल हेर तिनको दुःख देख्दा हाम्रो मन रुन्छ आज तिनको दुःख बुझ्ने ज्ञानी मान्छे हुन्छ

ThahaChaena · May 10, 2012 4:53 PM

 कानाकाना कुर्र   - दैवज्ञराज न्यौपाने कानाकाना कुर्र नानी दौड्यो खुर्र चरी उड्यो भुर्र कानाकाना कुर्र माथि बादल भाग्यो तल घाम लाग्यो बतास चल्छ हुर्र कानाकाना कुर्र फूल राम्रो बेली यस्तै खेल खेली मन हुन्छ फुर्र कानाकाना कुर्र

ThahaChaena · May 10, 2012 4:53 PM

 बस बस रे बस बस रे बसुन्धरा बहिनी घिउ खाने डाडु पञ्चरत्ने बाजा घुमाउने टपरी झिनियाँको खाजा खेली खेली बसिजाऊ न। उठ उठ रे बसुन्धरा बहिनी घिउ खाने डाडु पञ्चरत्ने बाजा घुमाउने टपरी झिनियाँको खाजा खेली खेली उठिजाऊ न।

ThahaChaena · May 10, 2012 4:54 PM

 रमाइलो धर्ती   - कृष्णप्रसाद पराजुली हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो धर्तीभरि रमाइला कुरा धेरै हुन्छन् पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन् हिमालबाट तल झरी थरीथरी नदी समुन्द्रमा मिल्न जान्छन् सललल बगी ढुङ्गा हुन्छ, माटो हुन्छ, रूख यहीँ हुन्छ जीवजन्तु सबको बास धर्तीमा नै हुन्छ रमाइलो हिउँद-वर्षा घुमीफिरी आउँछ फलफूल, अन्नपानी धर्ती उब्जाउँछ धर्तीमा नै रहेका छन् सुन-तामाका खानी राम्रो लाग्छ यही धर्ती, राम्रो घामपानी

ThahaChaena · May 10, 2012 4:54 PM

 ARU PANI KUNAI CHANN BHANEY YO DHAGO MA ADD GARAM NA LA......

ThahaChaena · May 10, 2012 4:55 PM

NICE!!!!!!!!!!!!!you made me to remember those school days...

nepali_kanchho · May 10, 2012 5:21 PM

- not necessarily a poem but I thought to share the following: दशैं आयो खाउँला पिउँला कहाँ पाउँला चोरी ल्याउँला धत् , पापी म त छुट्टै बसुँला

no_more_crush · May 10, 2012 6:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all