सुदूरपश्चिमका आन्दोलनकारीले ‘छुट्टै राज्य’को अभ्यास थाले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुदूरपश्चिमका आन्दोलनकारीले ‘छुट्टै राज्य’को अभ्यास थाले बोर्डबाट सरकारको नाम मेटियो, छुट्टै सुरक्षा दस्ता पनि 26   २८ चैत, काठमाडौं । अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत अखण्ड सुदूरपश्चिम नागरिक संघर्ष समितिले ‘छुट्टै राज्य’ सञ्चालनको अभ्यास थालेको छ । आन्दोलनकारीले सुदूरपश्चिमका सरकारी कार्यालयमा ‘नेपाल सरकार’ मेटेर ‘सुदूरपश्चिम स्वायत्त राज्य’ लेख्न थालेका छन भने बिहीवारै सुरक्षाका लागि वेग्लै दस्ता बनाएका छन् । यस्तै लम्कीदेखि कोहलपुरसम्म जाने विद्युतको राष्ट्रिय लाइन काटिएको छ । लम्की सब स्टेशनका कर्मचारीलाई दबाव दिएर आन्दोलनकारीहरुले १३२ केभीको राष्ट्रिय लाइन काट्न लगाएका हुन् । ‘१४ दिनसम्म आन्दोलन हुँदा पनि हाम्रो मागप्रति सरकारले कुनै चासो दिएन’ संघर्ष समितिका संयोजक गोपाल देउवाले अनलाइनखबरसँग भन्नुभयो-’यो दबावस्वरुप गरिएको हो । हाम्रो राज्यको विजुली हामी नै प्रयोग गछौं ।’ यस्तै संघर्ष समितितले सुरक्षाका लागि भन्दै युवाहरुको ‘स्वयंसेवक दल’ गठन गरेको छ । दलले जनताका सुरक्षाका साथै ‘सुदूरपश्चिम स्वायत्त राज्य’ मा हुने भ्रष्टाचार, अपराध नियन्त्रण लगायतको काम गर्ने संयोजक देउवाले बताउनु भयो । अखण्ड सुदूरपश्चिम सञ्चालन गर्न आफूहरु सक्षम रहेको भन्दै उहाँले सरकार गम्भीर नभए छुट्टै राज्य चलाउने बताउनु भयो । ‘हाम्रो राज्य चलाउन हामी आफैं सक्षम छौं’ उहाँले भन्नुभयो-’सरकार र प्रमुख तीन दलले हाम्रो माग सुनुवाई गरेनन भने हामी छुट्टै राज्य सञ्चालनसम्म गर्न समेत तयार छौं ।’ तपाईहरु मुख्यमन्त्री घोषणा गर्ने, प्रदेशसभा बनाउने लगायतका कामपनि गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले अहिले दबावमुलक कार्यक्रम मात्र गर्ने तर, सुनुवाई नभए त्योसम्म पनि जान बाध्य हुने बताउनु भयो । माओवादीले सुदूरपश्चिमको कैलाली कञ्चनपुरलाई थारुवान र अन्य क्षेत्रलाई सेती महाकाली प्रदेश बनाउन प्रस्ताव गरेपछि माओवादी बाहेकका दलहरु आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द, एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखकसहित माओवादीकै नेता लेखराज भट्ट लगायतले समर्थन गर्दै आएका छन् । http://onlinekhabar.com/2012/0...

_____ · May 10, 2012 3:27 PM · 2,333 views

1 Reply

jo sukoi lai ‘छुट्टै राज्य’ chainee......America ma bansee Nepali lai nee auta ‘छुट्टै राज्य’ chaiyoo bhaneraa Nepalese Embassy compound tira ek dui wata  tire balna pala ni hoina ?

Khaobaadi · May 10, 2012 6:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all