एउटा ठुलो हतियार - लघु-कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 लघु-कथा  त्यो मुजा पर्या अनुहारमा जति पाउडर र के के जती ति किरिम घसे पनि ति मुजा लुक्ने हैनन हेर्नीले हेरिसके बाबै तिम्लाई , एक चुप्पा मोइ खाँदा पनि मुखै भरी ओठैभरी सेतो लाग्छ जिब्रो नै अमिलो हुने गरेर। तिम्लाई थाहैछ मलाई तिमी काली-काली , बुढी-बुढी , त्यो खप्टेको दाँत र त्यो रेसाएको छालामा पनि देखिने खोपिल्तो परेको गालामै कती हिस्सी लाग्छ भनेर तैपनी किन यो दशपत्र अनुहारमा दल्छे ।हैन कस्लाई देखौनु छ , अझै कतिलाई मार्ने बिचार  बिचरा ति सोझा-साझा , फेरी कयौ धल्ने भये आज एसरी नदल न किरिम्-सिरिम । उ मक्ख थिएए तर मेरो मनमा मकेअप धेरै नगरोस र पार्टिमा झट्टै निस्किन पाउँ भन्ने थियो । मेरो कुरालाई कानमा तेल हलेर सुने-नसुने झै गर्दी उस्ले अनी पहिले झै बिस्तारै आफ्नो काजकृयामा ब्यस्त रही । एतिकैमा मैले झसङ्ग सम्झे र उस्लाई सुनाएँ 'म अर्को हफ्त बिहीवार २ हफ्तको लागि सिङगापुर जाँदैछु , श्रीमती पनि लान पाईन्छ , जन्छेस ?' उस्ले फरक्क फर्केर मलाई हेरी । माथिल्लो ओठमा मात्र लिपिस्टिक लगएकी र कपाल छोडेकी भएर उ बिछट्टै राम्री देखिएकी थिई , उमेर दश-पत्रले ढाकिसकेको थियो अगिनै । उस्ले हत्त न पत्त सोधी 'सपिङ गर्न टाइम पाईन्छ, मैले हिजो मात्र नयाँ लिपिस्तिक र त्यो प्रिया छ नि के त त्यो सेरिअलको तेस्ले लगाको फाउन्डेशन सिङापुरमा मात्र पाईन्छ भेनेर गृह-लक्ष्मी पत्रीकामा पढेको मलाई त्यो किन्दी..... " भनेर उ टक्क रोकिई । मैले झोक्किदै भनें 'सुंगुरलाई स्वर्ग जान्छस भन्दा त्याँ गु पाईन्छ भन्या जस्तो , आफु चैं बुढीको मायामा उसँग समय बिताउँ न त भनेर लागेको यो आईमाईको जात सपिङ र मके-अप मै अद्क्याछ ।' उु त कुना फर्केर सुक्क सुक्क गर्न थालिहाली । अनी किन चाउरिस मरिच आफ्नै पिरोले भन्या जसरी आफ्नो बाचन र नजर कुनामा फ्याकेर उश्को श्रिङारपटार सकिने प्रतिक्ष्या गरेर घोस्सिएर बसें । म माथि आज फेरी ठुलो हतियार प्रयोग भयो । एउटा ठुलो हतियार ।    - थाहा-छैन (थाने)   Last edited: 10-May-12 03:16 PM

ThahaChaena · May 10, 2012 3:10 PM · 6,087 views

6 Replies

भाषा शैलीमा कुनै खोट छैन . माझिएको कथाकार लाग्यो थाने भाई . तर आबस्ट्रयाक्ट भावले संकुचित भाको जस्तो लाग्यो. अझ खुलेर, खोलेर लेखुम थाने.... कथाकारको थानेदार मात्र हैन डीआइजी , आइ जी हुने लक्षण प्रबल छ . उही ठुलदाई

rahulvai · May 10, 2012 9:01 PM

 किन चाउरिस मरिच आफ्नै पिरोले    सहि हो 

DalluKoSanu · May 10, 2012 9:29 PM

गजब छ थाने भाई!

Geology Tiger · May 10, 2012 10:51 PM

ठुल्दाई हजुरले भनेपछि पक्कै राम्रो भएछ ... यहाँ साझाकै माझिएको लेखकहरु लै गुरु मान्दै अलि अलि ताती गर्दै छु .. जितु-दा ले पनि गजब भने पछि त गजब नै पो हो भन्ने लागो डल्ले ले पनि मनपराएर ट्याक्क गनेरै ७(लकी नम्बर) शब्द छोडीदिदा म त मख्ख

ThahaChaena · May 10, 2012 11:29 PM

सबै आइमाई हरु तेस्त हुन्नन् नि  . धेरै तेस्त हुन्छन त्यो पक्कै हो . मलाई त नक्कल झाकल मा एक पैसा फाल्न मन लाग्दैन किन हो कुन्नि !! मा धेरै आइमाई लै केटि हरु लै देख्छु सबै जना लागौनी र देखौनी मै ठुलो सोछ्चन कथा रार्मो छ

Pokhrelikanchi · May 11, 2012 10:14 AM

 थानेको  'ठुलो हतियार' ठुलो (लामो) नै होला भनेको त  !! जे होस्  राम्रो गयो !! 

bhakte dai · May 11, 2012 10:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all