YO KINA RA KASKO KARAN LE BHAI RAYAKO CHA....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप यस्तो देखियो नेपाल बन्द (फोटो फिचरसहित) 9   २८ बैशाख, पोखरा । जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ । आन्दोलनकारीले पोखराको पृथ्वी चोकमा रहेको ‘तमुवान राज्य’ लेखेको बोर्ड हटाउन खोज्दा प्रहरीसँग झडप भएको हाम्रा सहकर्मी दीनानाथ बरालले जनाएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई जना आन्दोलनकारी घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । पोखरासहितको क्षेत्रलाई माओवादीले तमुवान राज्य बनाउन प्रस्ताव गरेपछि यसक्षेत्रका अन्य जातीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाहुन-क्षेत्री, दसनामी, दलित लगातको आन्दोलनलाई समर्थन गरेका छन् । केही दिनअघि उनीहरुले पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको शालिकसमेत हटाउन प्रयास गरेपछि प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे परेको छ । भेडाहरु नेता भएपछि यस्तै हुन्छ । सन् १७८९ मा बनेर जारी भएको संयुक्त राज्य अमेरिकाको संविधानलाई आज २२३ वर्षसम्म चुनौती दिइएको छैन । यति लामो समयको अन्तरालमा २६ पटक संशोधन गरिएको यो विश्वकै सबैभन्दा छोटो संविधान हो । राज्य सञ्चालनका कतिपय आधारभूत पक्षसमेत संविधानमा उल्लेख नगरिए पनि अमेरिकी नागरिक तथा नेताले त्यस संविधानलाई उत्कृष्ट ठानेरै पालना गरेका छन । तर नेपालमा पछिल्ला दिनमा के भएको छ भने नेपाललाई परिर्वतन गर्छाै भन्नेहरु देशको नक्सा नै मेटाउने काममा लागेका छन । यतिवेला नेपालमा भारत र अमेरिकाको नेपाल नीतिलाई कार्यान्वयन गराउनेहरु सक्रिय रहेका छन् । उनीहरुले प्रसस्त खर्च गरेर केही जातीय समूहहरुलाई समातेका कारण उनीहरुको वोली चर्को र ठूलो देखिएको छ । यो कुरालाई समयमा नै ख्याल गरिएन भने नेपाल नराम्ररी सैनिक तानाशाहीमा फस्ने छ । त्यतिवेला अहिले प्राप्त जनताका हक अधिकारहरु पनि अपूर्वका विषय हुने छन् र अहिलेका उपलब्धी फेरी प्राप्त गर्न नेपाली जनताले दशकौं संर्घष गर्नुपर्नेछ ।

stopthewar · May 10, 2012 9:21 AM · 3,774 views

3 Replies

के हो यो तमुवान राज्य बह्नेको कुन्नि ? हाम्री हजुर आमा ले भन्नु हुन्थ्यो मेरो बुवा को पालामा चिप्लेढुंगा मा साँझ तिर जाँदा भुत ले तर्सौन्थ्यो रे .  नेवार बाहुन छेत्री कमि पोडे हरु त धेरै नै थिए तर मै हुर्किंदा सम्म पनि तेती धेरै तमुवान हरु त थिएनन् . अब अहिले आएर ऊनी हरु को राज्य बनौनी भंचन , खै के हो के . पृथ्वी नारायण सहः ले एउटा सिंगो राष्ट्र बनका थिए ईए कुलंगार हरु ले फेरी फुतालना लागे तनी . हाम्रो देश बाँदर को हात मा नरिवल भयो

Pokhrelikanchi · May 10, 2012 11:30 AM

हैन पहिले देश वान(१) थियो देशबासी वान(१) थिए........ अहिले त विभिन्न बादी र विभिन्न वान ले भरिएर बर्बाद छ ..... कोइ लिम्बुवान कोइ थारुवान कोइ माओबादी कोइ कंग्रेस्बादी ..... कोइ लिम्बु भए कोइ बाहुन कोइ छेत्री कोइ नेवार भए तर  खै कोइ नेपाली भएनन् कोइ नेपाल-बादी भएनन्

ThahaChaena · May 10, 2012 11:13 PM

yo sabai moubadi ko karan le bhaye rayako cha... no law and order , fight, different state.... etc..

stopthewar · May 11, 2012 7:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all