फर्स्ट् बेन्चमा बस्नेहरु पढैया हुन्थे, मोटो मोटो चस्मा लाउने, टिचरले खोके पनि नोट टिप्ने, बेस्सरी कुत्कुती लगाएपनि स्क्रुले टाइट पारेको ओठ जस्तो हास्नै नसक्ने, जहिले पनि तनाब जस्तो, जहिले पनि असुरक्षा जस्तो अनुहारहरु! शायद उनिहरु प्रत्येक नयाँ क्लास शुरु हुनु अघि एकरात अघिदेखि फर्स्ट् बेन्च रोक्न आँउथे क्यारे, जुन क्लासमा पनि उनिहरु फर्स्ट् बेन्चमै बस्थे,घोकन्ते बिध्याका अनुयायीहरु किताब नै कन्ठ पार्थे कहिले त! उनिहरु टिचरका प्यारा, स्कुलको प्रेस्टिज र भबिस्यका सुनौला ताराहरु, हामीसङ बोल्न त परैको कुरा देख्दा पनि मुन्टो बटार्थे। दोस्रो बेन्चको साथी भनौदाँहरु पनि भलदमी बर्गमा पर्थे, उनिहरुको सम्बन्ध पहिलो बेन्च र तेस्रो बेन्च भन्दा पर कसैसङ बिरलै हुन्थ्यो। कहिले कहि काम परे एक दुइ बचन खस्थे, हैन भने एउटै क्लासमा पनि उनिहरु र हाम्रो बिचमा बर्ग बिभाजन थियो, होनहार र बेकारको कहा कुरा मिल्छ र? त्यसैगरी अरु बेन्चका साथीहरु पनि मन परे हाँस्थे, मन नपरे आँखा तर्थे, बिचरा हामी लास्ट बेन्चका हुतिहाराहरु! लास्टबेन्चमा बस्नुको आफ्नै ब्यथा थियो, होमवर्क नगर्दा पुरै बेन्च उठ्थ्यो, पाँचै जना उभिदाँ त्यति लाज लाग्दैनथ्यो, पछि त त्यो पनि बानी हुन थाल्यो। जुन टिचरले नि "लास्ट बेन्च" भनेर गाली गर्न थालेपछि हामीलाइ नि गफ गर्ने हाम्रो मात्रै काम होकि झै लाग्थ्यो, पहिले पहिले डर, त्यसपछि कर हुन थालेपछि लास्ट बेन्च धेरै रमाइलो हुन थाल्यो। किताबभित्र कमिक्स् लुकाएर पढ्नुको मज्जा नै अर्कै हुन थाल्यो। टिचरको नाम राख्ने शुभ कार्य नि लास्ट बेन्चमा मज्जाले हुन थाल्यो। पढन्तेहरुको निकनेम पनि मज्जाले फुर्न थाल्यो, कागजको पुच्छर बनाएर अगाडिको बेन्चमा बस्नेलाइ राखिदिने, ताल न बेतालको कुरामा हास्ने। हिसाबको पिरियडभरी बेन्चमाथी उभिएर बाहिर बाहिर हेर्ने, नेपालीको पिरियडमा ब्याग डेस्कमा राखेर सुत्ने सबै कार्यक्रमहरु नियमित रुपमा हुन थाले। एकदिन ६ क्लासको फर्स्ट् टर्ममा ३-४ बिषयमा रातो चिन्ह लागेपछि क्लासटिचरले लास्ट् बेन्चका हामी सबैको अभिबाबक बोलाउनु भयो। घरपुगेपछि सबैले खाना भन्दा बढी गाली खाए, सबै भन्दा बढी चाहि मिताले खाइछ, त्यसको भाइ पनि उहि दिदी जस्तै लास्ट बेन्च रहेछ, भाइको रिजल्टको गाली पनि उसैले खाइछे। भोलिपल्ट स्कुल आउदा उसको आँखा रातो रातो थियो, रातभरि रोइछे, उसलाइ देखेपछि लास्ट बेन्चलाइ नै केहि केहि भयो, सबैको अनुहार मलिन हुन थाल्यो। टिनाले जिबनमा सबै भन्दा ठुलो कुरा गरी। "जति पढे पनि टाउकोमा नछिरेपछि हामी मात्रै के गर्ने त?" उसको कुरा हामीलाइ पनि चित्त बुझ्यो। किताब समात्नासाथ कि त निद्रा लाग्छ, कि त पेट दुख्न थाल्छ। तर मिताले चाहि पढ्न खोजेकी पनि हो, एक दुइ चोटि होमवर्क पनि पुरा गरेकी हो। उ अरु भन्दा सिरियस हो लास्ट बेन्चमा। बिचरा बोल्दा खेरि उसको थेगो छ, "अनिखेर--- अनिखेर" भन्दा भन्दै घन्टि बज्छ, टिचरले सोधेको प्रश्नको उत्तर दिनै भ्याउदिन। "जति पढे पनि बिर्सिन्छ त! अनिखेर---" मीताले रुन्चे मुख लाएर भनी। "घनले ठोके पनि मेरो त दिमागभित्र केहि पनि छिर्दैन, किताबसङ मेरो ग्रह दशा मिल्दैन जस्तो छ।" टिनाको किताब भन्दा किताबको जिल्दा राम्रा हुन्थे, फिल्मको हिरो हिरोनीको रङीन फोटोहरु हुन्थे। "यस्तो तालले भएन बाइ! अब त लास्ट बेन्चको नि इज्जत राख्नुपर्‍यो बाइ!" मैले पनि जोशमा आफ्नो धारणा राखे। पाँचजनामा मिता, टिना र मेरो सहमति भयो, अबदेखि टिचरले सोधेको प्रश्नको उत्तर दिने, नबुझेको कुरा सोध्ने, होमवर्क गर्ने, फिल्मको कथा नभन्ने, नेपाली सरको पिरियडमा नसुत्ने, नजानेको कुरा आफु भन्दा जानेसङ सोध्ने। लास्ट बेन्चको दुइ जना हाम्रो यत्रो छलफल हुँदा गज्जबले सपना देख्दै थे, उनिहरुलाइ आकाश खसे पनि चासोको बिषय थिएन। त्यस दिन हामी हिसाबको पिरियडमा बेन्चमा उठेपनि नेपालीको पिरियडमा सुतेनौ, इङ्लिशकोपिरियडमा पनि ध्यान दिएर बस्यौ, सामाजिक सिक्ष्याको पिरियड आयो, झन सतर्क भएर बस्यौ। पढाउदा पढाउदैमिसले सोध्नु भयो। "ल, कसले भन्न सक्छ गवर्मेन्ट(Government) भनेको के हो?" फर्स्ट् बेन्चका हरु किताब पल्टाउन थाले, सेकन्ड बेन्चकाहरु एक अर्कालाइ सोध्न थाले, तर कोहि उठेर उत्तर दिन सकेनन्, सारा क्लास शुन्य भयो। हामी त झन लास्ट बेन्च भुइतिर मात्र हेर्यौ, त्यतिकैमा मिताले मलाइ बिस्तारै भनी, "मलाइ थाहा छ!" ओहो, यत्रो क्लासमा कसैलाइ नआएको जवाफ मितालाइ थाहा छ, त्यो पनि लास्ट् बेन्चमा बस्नेलाइ, मलाइ खुशी लाग्यो, मैले उस्लाइ हात उठाउ भने, उसले हात उठाइ हाली, मिसले पुलुक्क हेर्न्नु भयो, अचम्म! लास्ट बेन्चको केटिले उत्तर दिने भै आज। "गवर्मेन्ट् भनेको के हो?" मिसले मितालाइ सोध्नु भयो। मिता अलि अलि कामी क्यारे, बेन्च हल्लिन थाल्यो, मैले उसलाइ साइडबाट थामे, उसले "अनिखेर--- अनिखेर" मात्र भन्दैथी, सबै भित्र भित्र हास्न थाले। "भन, भन गवर्मेन्ट भनेको के हो?" मिसले फेरि सोध्नु भयो।" "गोबर बोक्ने मान्छे!" मिताले एकै सासमा उत्तर दि, सारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो। Last edited: 09-May-12 01:46 PM
crazy_love · May 9, 2012 1:32 PM · 62,233 views
Love it as I was last bencher too
kundan.ghimire · Nov 8, 2012 9:06 AM
Hasayo
halo · Nov 8, 2012 11:44 AM
I was always first bencher.
halo · Nov 8, 2012 11:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion