कविताः ‘मेरी जंगली साथी “ तिम्रा हाकिमहरुले एस्ट्रेनजिकै धुँवा उडाईरहे तिम्रो जिन्दगी जलाएर तिमी उनिहरुका ‘वाद’को पछी लाग्यौ मार्क्सवाद लेलिनवाद अनी यस्तै के के तिमीले उनिहरुलाई महलमा पुर्‍यायौ र आज उनिहरुले तिम्लाई झुपडीमै फर्काए ‘जनमुक्ती’ दिलाएर ।। अझै सम्झिन्छु तिमीले दुधेनानी छोडेर जंगल पसेको पँधेरामा तिम्रो धेरै कुरा चल्थे कहिले मरेको कुरा सुनिन्थ्यो कहिले बाँचेको कुरा सुनिन्थ्यो र हिजो भर्खरै तिमी घर फिर्ने कुरा सुनेँ बन्दुक बिसाएर तिम्रा हाकिमहरुको समाचार त मैले पढ्नै छोडिसकेँ सुन्दैछु तिमी त ‘अयोग्य’ भयौ रे र स-सम्मान फिदौछौ रे । । तिमी जंगल पसेको मूल्य सायद थाहा होला तिमीलाई कठोर मुटु लिएर आउनु म तगारोमै सोध्नेछु तिमीलाई तिमीले अन्त्य गरेको ‘सामन्तवाद’ बारे तिमीले छियाछिया पारेको ‘पूँजीवाद’ बारे मेरो प्रश्नहरुको डोको लगभग भरिन लागेको छ तिम्री छोरी वह पोख्ने गर्छे आजकल उसले गुमाएको काखबारे र उसले भोगेको मौनताबारे म उसितै मौन छु आजकल मेरी जंगली साथी तिमीलाई पर्खिरहेछु बाटोभरीका रुखहरुको गुनासो सकेसम्म छिचोलेर आउनु तिमीलाई म/हामी स्वागत गर्नेछौं ‘महानता’को खादा ओढाएर । । - प्रदीप चापागाई, सिड्नी http://onlinekhabar.com/2012/0...
timi_mero_sathi · May 6, 2012 8:48 AM · 2,839 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion