काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर थियोः प्रचण्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर थियोः प्रचण्ड जनयुद्धको सवै दोष मैले लिनुपर्छ   २० बैशाख, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर भएपनि पुरा नभएको बताउनु भएको छ । एवीसी टेलिभिजनले काठमाण्डौंमा बुधबार आयोजना गरेको ‘जनताको प्रश्न प्रचण्डको जवाफ’ कार्यक्रममा प्रचण्डले भन्नुभयो-’रहर त मलाई उताबाट जित्दै आएर काठमाण्डौं कब्जा गरेर झ्याप्पै सिधै राष्ट्रपति बन्ने थियो, तर शक्ति सन्तुलनले नदिएपछि के गर्ने ?’ पार्टीभित्र देखिएको बिबादको जडबारे प्रष्ट पार्दै प्रचण्डले अहिलेको प्रकृयामा आउनु ठिक थियो–थिएन भन्ने बहस रहेको भन्दै यो बाटोमा आउनु सही थियो र कम जोखिम छ भन्ने आफ्नो बुझाई रहेको बताउनुभयो । ‘केही साथीहरुलाई यहाँ आउनु नै गल्ती थियो भन्ने लागेको छ, भन्न मात्र नसकेको हो, यो ठूलो बहस हो, बहस भएपनि पार्टी फुट्दैन् ।’ वैद्य पक्षतिर लक्षित गर्दै प्रचण्डले भन्नुभयो-लडेको लड्यै गर्नुपर्दथ्यो, बरु मरेर सद्धिनुपर्दथ्यो भन्ने केही साथीहरुलाई लागेको छ, मैले मर्नु हुंदैन भन्छु, अहिलेको बिबाद यत्ति हो ।’ आफ्नो व्यक्तिगत महात्वाकांक्षमा पूरा गराउने उद्देश्यले नभई मुलुकमा विद्यमान अस्थिरता र बेथिति अन्त्यका लागि राष्ट्रपतीय प्रणालीमा अडान लिएको बताउनुभयो । २००७ सालदेखि अहिलेसम्म जनताले चुनेका वा राजाले मनोनित गरेका कुनै पनि सरकारले पूरै कार्यकाल बिताउन नपाएको दृष्टान्त पेश गर्दै प्रचण्डले नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुका पछाडि पटकपटक सरकार ढाल्ने र बनाउने खेल नै रहेको उल्लेख गर्नुभयो । राजनीतिक अस्थीरतालाई अन्त्य गर्न पनि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै एकमात्र विकल्प हुनसक्ने प्रचण्डले बताउनुभयो । पहिलो कार्यकालबाट सन्तुष्ट नभए दोस्रोपटकको राष्ट्रपतीय निर्वाचनमा जनताले उसलाई दण्डित गर्ने भएकाले कोही पनि शसंकित हुनुनपर्ने उनको भनाइ थियो । सवै दोष मैले लिनुपर्छ यसैवीच माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धका सवै योजना आफैले बनाएकाले भोली अनुसन्धान भए त्यसको सवै दोष आफैंले लिनुपर्ने बताउनुभएको छ । ‘जनयुद्धको १० बर्षको तयारी मैले नै गरेको हुँ, जनयुद्धको संचालन पनि मैले नै गरेको हुँ, सवै योजना मैले नै बनाएको हुँ, भोली सत्य निरुपण आयोगले पत्ता लगायो भने सवै दोष मैले नै लिनुपर्छ, उहाँ(बैद्यहरु)ले लिनुपर्दैन् ।’ प्रचण्डले भन्नुभयो- शान्ति प्रकृयामा पनि मैले नै ल्याएको हुँ, यसको सम्पूर्ण दोष र जस मै लिन्छु ।’ http://onlinekhabar.com/2012/0...

_____ · May 2, 2012 2:40 PM · 3,197 views

5 Replies

As always I've been saying, this guy should have been the president not the one we've right now. I don't have any political motives when I wrote that.

bittertruth · May 2, 2012 4:04 PM

Hang him.

rahashya · May 2, 2012 4:17 PM

Let him roll the dice

bittertruth · May 2, 2012 4:51 PM

A modern day "wanna be" Prithivi Narayan Shah   I presume....

Khaobaadi · May 2, 2012 5:05 PM

 If it were possible, I'd want him tortured the same way the chick from "the girl w/ the dragon tattoo" does, or even worse. He's one of the biggest culprits that's led the country into a shittierhole than how it previously was. I can't express my disgust, angst and hatred towards the bigot who destroyed the lives of young kids, families, innocent souls by leading them into a path of self-destruction. What are those kids and ex-combatants supposed to do for the rest of their lives now? Those scars will never heal while the prick enjoys living the live he always dreamed of. 

riddle · May 2, 2012 10:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all