उधारो तक्मा कथा धेरै बर्ष अघिको हो. ब्यथा धेरै अघि देखिको हो . इमानको घरमा लक्ष्मीको बास मात्र नहुने होइन कि विपतको घनिभूत बास को कथा हो. पिताजी अचानक पक्षघात (प्यारालाइसिस्) भए पछी एक पछी आएका आपत विपतको लावालस्करमा क्षत बिक्षत भएको घर को कथा मैले यस अघि नै पिताजीको सुनको तक्मामा (हेर्नुस “पिताजी को सुनको तक्मा भाग १ देखि http://sajha.com/guild/viewuse... र भाग ७ देखि http://sajha.com/guild/viewuse... लेखि सकेको छु . चिसो चुल्होमा दुइ छेस्का दाउरा जोगाड गर्न र खालि कसौडीमा दुइ मुठी चामल भिजाउन समेत ढुकुटी रित्तिए पछी पिताजीले २५ बर्ष सेवा गरेर आर्जेको सुनको तक्मा कौडीको भावमा बेच्न जाने यिनै अभागी हात हुन् . असक्त, अव्यक्त ( बोल्न नसक्ने अवस्थामा ) पिताजीलाई अस्पतालको शैय्यामा “हजुर को एक सुनको तक्माको बदलामा १० ओटा सुनको तक्मा फर्काउछु “ भन्ने मह्त्वकान्क्षी भिष्म प्रतिज्ञा अझै अधुरो रहनुको पिडाले दुखि रहेको छु. अझै त्यो अस्पतालको बेडमा अचल हातले आशिर्बादको आखा झल्झली देखिरहेको छु. आज फेरी तिनै वाचाले झक्झकायो, संयोगले आज पिताजीको पुण्य तिथि. दाइले नेपलबाट फोन गरेर, तिथिको याद दिलाई दिनु भयो . म फेरी धेरै पुरानो घाउमा दुखें. कति आफ्नो लाचारीपन पोखुं ? “चोखो सोखो गरेर मन्दिरमा गएर दान दक्षिणा दिनु , एक भाग चोखो सिसाफुसा र मरी ( फलफूल र मिठाइ रोटी) दान् गर्नु वा पल्लीइ ( घरको छानो) मा हाल्दिनु रे . हुन्छ भनि दिएँ. कसरी भनुं म अम्रिकामा टोल पिच्छे मठ मन्दिर हुदैन. शहरमा हुने एउटा भारतिय हिन्दु मन्दिर वा थाई बुद्ध स्तुपमा माग्नेहरु हुदैनन, सिसाफुसा दान् दिन. कसरी भनुं म अम्रिकामा उच्च शिक्षा हासिल गरेर पनि एउटा बसमै यात्रा गर्ने केहि अल्पसंख्यक दुर्लभ जनजातिको जीवन व्यतित गरि राख्या छु भनेर. मेरो बसाइ को ५-७ माइलमा एउटा हिन्दु मन्दिर र बौद्ध स्तुप दुवै छन्. तर फेरी पनि बाध्य छु. आस्थामा माथा टेक्न असमर्थ हुन सक्छु. पिताजीको आत्माको शान्तिको कामना गर्न जान असमर्थ हुन सक्छु. रत्न पार्क छैन यहाँ , जहाँ पनि जाने, जहाँ नि रोक्ने बस छैन. धेरैको उधारो जिन्दगी भो यो जिन्दगी जिन्दगी. पिताजी बाचुन्जेल ४-५ तक्मा फर्काएको थिएँ. त्यसपछी पनि इमान पकाएरै ९ सम्म पुर्र्याएको थिएँ . १० औं तक्मा संघारमा भए (उच्च शिक्षा हासिल गरे वापत) पनि परदेशी जिन्दगीका यावत समस्याले अझै तक्मा पाम भनी नेपाल सरकारलाइ निबेदन हाल्न पाएको छुइन. “बुबा , हजुर जहाँ हुनु भए पनि हजुरको यो छोराले आफ्नो वचन भुलेको छैन. हजुर निकट भबिष्यमै १०औ तक्मा हजुरको पोल्टामा चढाउने छु . घरकाहरुले डलर को डसनामा सुतेको कल्पना गर्दा हुन् . मलाइ बिश्वास छ, मेरो अवस्था, मेरो बिबसता बुझ्नु भएकै छ . सिसाफुसा चढाउन सक्दिन, दान दक्षिणा गर्न सक्दिन. तर मन मन्दिरमा सधै पुजिरहेको छु. हजुरको निश्चल आँखा अझै पुछिरहेकोछु.” अझै मैले बिर्सेको छैन, सत्य को पथ. इमानको अडान र स्वतन्त्रताको उडान . आज यति भन्दै अन्जुली भरिको श्रद्धा चढाएको छु. अस्तु !!. Last edited: 02-May-12 10:17 AM
rahulvai · May 2, 2012 10:05 AM · 15,637 views
Marvelous! Dai!! Sabda haru ko oon le bhawana ko sweater kati ramro sanga bunnu bhako. Nyano bho!
daum · May 2, 2012 10:15 AM
ठुल्दाइ, अवाक झैं भएँ तपाईंका अभिब्यक्ती पढेर।
chipledhunga · May 2, 2012 10:45 AM
ठुल्दाइले त्यो दशौ तक्मा चढाउने दिन चाडै आओस.. तर जुन श्रद्दा चढाउनु भएको छ त्यो तक्मा भन्दा धेरै धेरै नै मुल्यवान् छ ...
Geology Tiger · May 2, 2012 11:32 AM
daum , चिप्ले सर, बाघ दाइ लगायत सबै सहृदयी मित्रहरुमा आभार व्यक्त गर्न चाहन्छु .
rahulvai · May 3, 2012 8:45 AM
सारै घत्लाग्यो .....तपाई ले आफु ले भनेको कुरा पुर्याउनु भएछ ..त्यो नै रार्मो कम गर्नु भएछ . आइन्दा येस्तई प्रगति गर्दै जानु होला
Pokhrelikanchi · May 3, 2012 9:18 AM
तपाई को सुनको तक्मा भाग २ सम्म पुगे मैले सकिन . मेरा आँसु बर बर झरे तेस्लाई छिचोल्न नै सकिन . पछि साहस जुराएर पदनेचु . तपाई को लेखाई नै एस्तो छ कि अगाडी फिल्म नै चलेको जस्तो हुन्छ . सारै कमलो मुटु परियो , केहि थाम्न सक्दिन
Pokhrelikanchi · May 3, 2012 9:33 AM
पोखरेली कान्छी तपाईंले पढी दिनु भयो, मेरो लागि त्यहि नै पुरस्कार भो.
rahulvai · May 3, 2012 11:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion