तिम्रो मेरो सम्बन्ध !!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 तिम्रो मेरो सम्बन्ध !!!!! अनन्त  यात्रा, अनिगिन्ती सहयात्रा, संग संगै हिड्यौ, संग संगै पुग्यौं .   तिमी मेरो मेरो तिमी छाँया मात्र थिएन,   तिमीलाई दुख्दा, दुख्ने तन मेरो, मेरो पिडामा   रुने मन तिम्रो माया मात्र थिएन   सुखमा रमायौं, दुखमा रसायौं, एक अर्कालाई पीर मर्कालाई यसरी बुझ्यौं यसरी पुज्यौं मानौ इश्वर र नश्वर बिचको सार धरती र स्वर्ग बीच जोडिने तार हामी बिचको सम्बन्ध, हामी बिचको आस्था   कसरी  परिभाषित गरुं म? कसरी बिभाजित गरुं म ?   माया पिरती भन्दा संग्लो , आकाश धरती भन्दा अग्लो, न तृष्णा थियो न वासना थियो, न राधा थियो न कृष्णा थियो .   एउटा नचुडिने, कतै  नमुछिने भावना थियो सदभावना थियो. पबित्र, निश्चल अविचलित, अविरल हाम्रो सबन्धलाई, कुन नाम दिउँ, राम त बदनाम हुने जगतमा  फगत कुन नाम दिउँ ?      

rahulvai · Apr 30, 2012 1:34 PM · 28,110 views

16 Replies

सारै राम्रो , पदेरै नासकिनी पढे को पदेई गरौँ जस्तो सारै मिठो !!

Pokhrelikanchi · Apr 30, 2012 1:38 PM

सुन्दर!! :)

cheli · Apr 30, 2012 2:39 PM

ल गज्जब ठुल्दाई - अति नै राम्रो

serial · Apr 30, 2012 2:41 PM

आमामामामा कत्रो लाsssssssssssssssssssssमो सहि भन्नु भयो दाई  "हामी बिचको सम्बन्ध, हामी बिचको आस्था कसरी  परिभाषित गरुं म? कसरी बिभाजित गरुं म ?" म पनि यहि "दोधार" मा थिएँ र अझै छु पनि " पबित्र, निश्चल अविचलित, अविरल हाम्रो सबन्धलाई," म केहि नाम दिन खोजी रहेको छु,

mulmiz · Apr 30, 2012 2:47 PM

दामी गयो दाइ दामी .. सार्है मनपर्‍यो

Geology Tiger · Apr 30, 2012 3:13 PM

 "पबित्र, निश्चल अविचलित, अविरल हाम्रो सबन्धलाई, कुन नाम दिउँ, राम त बदनाम हुने जगतमा फगत कुन नाम दिउँ ?" ये बाबा थाकुरे कत्ति लामो कविता तर ठुल्दाई  सारै मनखाने ..... सारै मुनपारो दाइ मुलाई ता ......

ThahaChaena · Apr 30, 2012 3:14 PM

तिमि चुपचाप बस, म चुपचाप बस्छु न दिउ  नाम , न दिउ स्वोरुप, रहोस  सधै निराकार यो सम्बन्ध कती लाई सम्झाउ? कती लाई बुझाउ? अपरिभासित रहोस, अविनाशी रहोस तेसैले कसैलाई नभनम, यो सम्बन्ध कसैले सोधे, ताकेता गरे भानि दिनु बुझनै  सकिनौ तिमीले, यो सम्बन्ध तिमि चुपचाप बस, म चुपचाप बस्छु

timi_mero_sathi · Apr 30, 2012 4:47 PM

 <3 nice

Geshe · May 1, 2012 2:48 AM

ठुल्दाई,  मनको सम्बन्धलाई शब्दमा कती मिठो सँग उतार्नु भएको। कस्तो मिठो भाव। एकदम मन पर्‍यो।  

Dipika02 · May 1, 2012 8:54 AM

 सटिक कविता !! 

bhakte dai · May 1, 2012 9:04 AM

 राहुल दाइ तपाई ले मेरो मन को बह आफ्नो सब्द मा पोखी दिनु भो  , उनको र मेरो समन्ध लाइ मैले दिने कुनै नाम  नै छैन .  धेरै मिठो अनि रसिलो कविता दाजु को . 

amricane · May 1, 2012 10:00 AM

एउटा सानो असहमति ! हुन त अफिसको समय चोर्दै कविता पढ्नु पर्ने बाध्यताले गर्दा कविता लामो लागेको हुनसक्छ .... तर ठुल्दाइको यो कविता लामो भयो भन्ने गुनासोहरुसँग चाँही सहमत हुन सकिएन .. यो महाभारत त होइन नि .....

Geology Tiger · May 1, 2012 10:03 AM

हाम्रो सबन्धलाई, कुन नाम दिउँ, राम त बदनाम हुने जगतमा  फगत कुन नाम दिउँ ? सार्है सुन्दर प्रस्तुति, ठुल्दाइ। 

chipledhunga · May 1, 2012 10:41 AM

पोखरेली कान्छी, आफ्नै कबिता भएर होला मलाइ पनि पढु पढु लाग्ने भन्या . धन्यबाद मन पराइ दिनु भएकोमा . चेली, सुन्दर कमेन्ट को लागि आभार . लहरे, गज्जब को कमेन्ट को लागि मुरी मुरी धन्यबाद . मुल्मी, दोधारमा न पर्नु,  दुवै तिर धार भएको तलवारले आफै लाइ काट्न सक्छ.  भो भो नाम देउ, नाम भन्दा बढी काम देउ सम्बन्धलाई . बाघ दाइ, मन पराइ दिनु भै दामी टिप्पणी को लागि दामी धन्यबाद . थाने, लामो त थिएँन जस्तो लाग्याथ्यो, लामो जस्तो देखिएको मात्र होला . लामै भए पनि पढेर गुणेर मन पराइ देकोमा धन्यबाद . तिमी मेरो साथी, त्यसैले नै अहिले सम्म चुपचाप नै बसेको थिएँ, यो सम्बन्धलाई लिएर . टीएमएस को मिठो कविताको लागि धन्यबाद . गेशे, नाइस कमेन्ट को लागि धन्यबाद . अमिरिकाने, केही यस्ता सम्बन्धहरु हुन्छन, जसको कुनै नाम हुदैन तर बदनाम भने अनेक हुन्छन . त्यस्तै सम्बन्धलाई कोर्न खोज्या मात्र . दीपिका, मन न हो, सम्बन्धको तार जोड्ने . नियमित सम्बन्ध भन्दा माथि, पराम्परागत सम्बन्ध भन्दा पनि उच्च यस्तो एउटा सम्बन्ध पनि हुन्छ जसको बर्णन यो नाथे कबिताले शायदै बर्णन गर्न सक्छ , तै पनि सानो प्रयास थियो, मन पराइ दिनु भयो. धन्यबाद . भक्ते दाई, सटिक थियो थिएँन थाहा भएन, प्रतिक चाही थ्यो है . अनौठो लागे पनि सम्बन्धको नि सम्बन्ध हुँदो रहेछ. चिप्ले सर, धन्यबाद सर . कमेन्ट नगर्नु भए पनि पढी दिनु हुने, हेरी दिनु हुने सम्पूर्ण साझाका मित्रहरुमा आभार व्यक्त गर्न चाहन्छु . यस्तो एउटा सम्बन्धको यस्तो एउटा भोगाई को चित्र कोर्न खोजेको थिएँ जसको सजिब उतार भयो भएन मलाइ थाहा भएन. मलाई लाग्छ अझै मैले कबिताका सीमित घेरामा पुरै सम्बन्धलाई न्याय गर्न सकेको जस्तो लागेंन . एउटा लामो कथा, एउटा अदृश्य ब्यथा थियो, एउटा उकुस मुकुस थियो. केहि शब्दमा पोखें, यसैमा सम्बन्धलाई जोखें.

rahulvai · May 1, 2012 11:10 AM

ठुल्दाई को लेखाइ त उही "अकबरी सुनलाई कसी लाउनु पर्दैन" त हो| गहिरो भाव छ, कबिता उत्कृसट छ| बाकी अरु के भनु अब? 

Nepal Ko Chora · May 1, 2012 11:34 AM

दामी कविता दाई.... न तृष्णा थियो न वासना थियो, न राधा थियो न कृष्णा थियो वाह वाह ठुल्दाई.....

OBAMA · May 1, 2012 12:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all