विदेश पढ्न जाने विद्यार्थी घटे प्रस्तुति: कारोबार संवाददाता मिति: 2012-04-01 सम्बन्ध: अर्थ काठमाडौं, १८ चैत शिक्षा मन्त्रालयका अनुसार अघिल्ला दुई वर्षको तुलनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा करिब १२ हजार विद्यार्थीले पूर्वस्वीकृति पत्र (नो–अब्जेक्सन लेटर ) लिएकामा चालू आवको ७ महिनाको अवधिमा करिब ६ हजार विद्यार्थीले मात्र लिएका छन् । मन्त्रालयका अनुसार यो वर्षदेखि भारत जाने विद्यार्थीले समेत अनुमतिपत्र लिँदा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्यामा कमी आएको हो । अघिल्लो आवमा ११ हजार ९ सय १२ विद्यार्थीले मन्त्रालयबाट अनुमति लिएका थिए । आव ०६६/६७ मा विदेश जाने विद्यार्थीको संख्या २६ हजार ९ सय ४८ रहेको थियो । आवमा ०६५÷६६ मा २४ हजार ८ सय २४ विद्यार्थीले अनुमति लिएको मन्त्रालयले जनाएको छ । चालू आवको ७ महिनामा अनुमति लिने प्रतिविद्यार्थीबराबर २ हजार रुपैयाँका दरले अनुमति उपलब्ध गराउँदा ११ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । बाँकी ५ महिनाको अवधिमा अनुमति लिएर विदेश जाने विद्यार्थीको संख्यामा अझै गिरावट आउनसक्ने संभावना देखिएको छ । मन्त्रालयका अनुसार गत वर्षबाट बेलायत र अस्ट्रेलिया सरकारले उपलब्ध गराएको अवसरमा वैदेशिक अध्ययनमा जाने संख्या उच्च रहे पनि ती देशले आगमनमा कडाइ गरेपछि बिदेसिने संख्यामा कमी आएको हो । ४० भन्दा धेरै देशमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । अघिल्ला वर्षमा भारतका विश्वविद्यालयमा उच्च शिक्षा लिन जाने विद्यार्थीलाई अनुमति लिनुपर्ने व्यवस्था नरहे पनि यस वर्षदेखि भारत जाने विद्यार्थीका लागि लिनुपर्ने व्यवस्था भारत सरकारले गरेको छ । आर्थिक वर्ष विद्यार्थी संख्या २०६५/६६ २४ ८२४ २०६६/६७ २६ ९४८ २०६७/६८ ११९१२ २०६८/६९ (माघसम्म) ५८३४
cybernepali · Apr 30, 2012 1:06 PM · 3,368 views
All credit goes to NRB for stopping the 'money leasing'.
DalluKoSanu · Apr 30, 2012 3:32 PM
Baffling.
riddle · Apr 30, 2012 9:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion