Found something I wrote on May 07, 2009.....still holds! :D

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म पहिले देखिनै धेरै सोच्थें कि यहाँ अम्रिका आए पछी एती धेरै सोच्न थालेको हो चाहिं मलाई पनि पक्का थाहा भएन.. यो मेरो लागि वरदान हो कि श्राप हो पनि थाहा भएन..एस्तो द्विविधामा पर्दा, मलाई थाहा नभएको कुरा भने प्राय जसो म वरदानकै रूपमा लिन्छु..र यो धेरै सोच्ने दिमागलाइ पनि वरदानकै रूपमा स्वीकारेको छु.. मान्छे भएर जन्मे पछी.... यो संसार के हो त..म यो संसारको लाइ हो कि यो संसार मेरोलाइ हो त.. प्रश्नबाट सुरु त गरें तर उत्तरको खोजि सबै जनहरुको आ-आफ्नै यात्रा हो..कता हो मैले पढेको नि थिएँ, "success is not the destination, but the journey itself "..यो भनाइ तर धेरै जनाको सिद्धान्त खिलाफ पनि जान्छ - "End justifies the mean".. कुन चाहिं सहि हो कुन चाहिं गलत हो, त्यो त हाम्रो आफ्नै यात्राले हामीलाई सिकौंछा ... र कुरा फेरी हाम्रो यात्रामै आयो.. यो संसारमा सबै जना एक भएर पनि सबैजना को बेग्ला बेग्लै अस्तित्व छ.. मान्छे भएर जन्मे पछी हामी को हौँ त अर्को मान्छेलाइ judje गर्न.. सबै मान्छे फरक हुन्छन र जसले जे गर्छ...ऊसंग त्येसको लागी कारण पनि हुन्छ.. हामीले बाहिरबाट हेर्दा कसैले केहि नराम्रो गर्या जस्तो लग्यो भन्दैमा त्यो मान्छेले नराम्रोनै गरिराको हो त? हामि आज जे छौं जस्तो छौं, हाम्रो यात्राको कारणनै छौं...for better or for worse,,,अब त अगाडी कसरि बढ्ने भन्ने तिर पो लग्नु थाल्नु पर्यो त.. हामी मान्छे जातिलाइ आफ्नो बारेमा सोच्न त कसैले पनि सिकाउनु पर्दैन होला.. मानिश को स्वार्थ नै मानिश जातको सब भन्दा ठुलो दुश्मन हो जस्तो लाग्छ कहिले काहीं.. तर फेरी येसो भए हुन्थ्यो,,मान्छेको मनमा स्वार्थ भन्ने कुरो न भए हुन्थ्यो जस्तो कुरा गर्न थाल्यो कि त्येस्तै हो.. भएको भए हुन्थ्यो तर त्येस्तो छैन.. यो कुरा स्वीकार्न त्यति गार्हो पनि छैन.. आफु भित्र हेर्यो भने, सबैले देख्ने सक्ने कुरा हो.. तर बिन्ति मेरो के छ भने: आफ्नो बारेमा त सोच्छु भनेर सोच्नु नि पर्दैन, तर आफुले गरेको कुराको अशर अरुलाई कसरि पर्छ होला भनेर सोच्दा अलिकति राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिं.. र त्येही लागेको भएर, सब को माझ यो सानो लेख नि प्रस्तूत गरेको हुँ.. गर्न त्यति गार्हो पनि छैन, र हामि मान्छेहरु फाइदा न भै कन केहि गर्दैनौं, तर एसको फाइदा हरु पनि छन्.. त्येही कुरा रेसिप्रोकेट हुने त हो...तपाईंले अरूको बारेमा सोच्नु भयो भने अरूले पनि सोच्ला नि तपैंको बारेमा.. यो संसार संसारिक हुनु मा न त मेरो दोष न तपाईंको न त यो संसारकै दोष...येही संसारमा बाँच्नु छ र येही संसारलाई एक दिन छोडेर नि जानु छ...तर जब सम्म यहाँ छौं, तब सम्म त बाचौं न, होइन? म यो संसारमा जन्मिनु भन्दा पहिले कहाँ थिएँ होला, र म मरे पछी कहाँ जान्छु होला...यो प्रसङ्गसंग फेरी धेरै कुरा जोडिएको छ...र मैले बुझ्न सक्ने छ्यमता भन्दा बाहिर पनि छ.. संसारिक संसारको खेल्नै एस्तो.. खेले पछी खेल्या खेलाई हुन्छ.. तर हामि संचिकै खुसि चाहिं कहिले हुने.. माया मोह त्यागे देखि केहि होला कि जसो लाग्छ.. दुख बाट छुटकारा पाउने अरू उपाय म देख्दिन..तर देखेको बाटो हिंड्न म मा क्षमाता छैन..कुरो सुन्दा धेरै दुखि छु जस्तो लागि रहेको होला.. दुखि त दुखि नै छु...तर मेरो दुख मेरो प्रश्न हरुमा छन्...र मैले आभाष गर्न नसकेको उत्तरहरुमा छन्....त्येही सुख र दुख बिचको सीमा हराई दिए हुन्थ्यो पनि लाग्छ कहिले काहीं...हामी मान्छे जाति पनि कस्तो है? आफु खुसि भने संसार कति रमाइलो, आफु दुखि भए संसार कालो न कालो अँध्यारो... केहि समय अगाडी मैले एउटा धेरै नै मिठो तर नरमाइलो मुवी हेरेको थिएँ..."Into the Wild".....यो मुवी हेर्दा मन धेरै रोयो..मुवी हेर्दा हेर्दै 'Eddie Vedder' को स्वोर सुन्दा झन 'society' को यो materialistic importance देखेर रातो तातो पनि भएँ...आँसु र रिस को मिलन चाहिं धेरै रमाइलो हुन्न रहेछ.. तर हेर्नुभा छैन भने एकछिन आफ्नो टाइट स्केदुल बाट डेढ घण्टा जति यो मुवी कोलाइ छुट्टाउनु होस्...स्टार कास्ट पनि धेरै नै राम्रो छ...र एड्दी वेद्देर जी को स्वोर को बारेमा बयान गर्नु पर्छा जस्तो मलाई लाग्दैन.. क्रिस म्क्क्यन्द्ल्सको जीवनमा आधारित यो फिल्मले पक्कै पनि हामी भित्र लुकेर बसेको आफ्नै एउटा रुपलाइ बाहिर ल्याउने प्रयास गर्छ भन्ने मेरो विश्वास छ... *Society- Eddie Vedder hmmm ooh hooo hooo It's a mistery to me we have a greed with which we have agreed You think you have to want more than you need until you have it all you won't be free society, you're a crazy breed I hope you're not lonely without me..... "Born free, bound by the chains of time" "R: Respect yourself. R: Respect others. R: Responsibility for your actions." Last edited: 27-Apr-12 05:14 AM Last edited: 27-Apr-12 05:15 AM

ktmpatrol · Apr 27, 2012 5:13 AM · 13,586 views

3 Replies

I have watched 'Into the wild' man. that thing is for real and still not. dammi thyo. ani eddie sir ko ta forever fan. you rright on bro.

maddymad49 · Apr 27, 2012 9:28 PM

युनिकोड कन्भर्टर र हात छ भन्दैमा जे पनि लेख्दिने सोम ! 

28th amendment · Apr 28, 2012 10:16 AM

dimag ghumda haat ni chalyo bro :p

ktmpatrol · Apr 29, 2012 12:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all