न्युयोर्क, वैशाख १४ - सभासद् तथा काँग्रेसका बरिष्ठ नेता पत्नी डा. आरजु राणा देउवाको नाममा अमेरिकामा नेपाली आप्रवासीहरुलाई ठगेको अभियोग एक नेपाली महिलालाई पक्राउ गरिएको छ । न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा ४४ बर्षीया हित श्रेष्ठलाई पक्राउ गरिएको र उनी विरुद्व कानुन विपरित ठगी र झुठ्ठा आश्वासन दिएको अभियोगमा काउन्टी अदालतमा मुद्दा दर्ता गरेको डिस्ट्रिक एर्टनी साईरस आर भान्सले सो जनाएका छन् । न्युयोर्कको नेपाली बस्ती क्षेत्रमा बसोबास गर्दै आएकी श्रेष्ठले आप्रवासी नेपालीहरुसँग उनीहरुका आफन्तलाई नेपालबाट अमेरिका ल्याईदिने आश्वासनमा हजारौं डलर असुलेको विज्ञप्तीमा उल्लेखछ । आरोपी श्रेष्ठले देउवा आफनो नातेदार भएको र उनको माध्यमबाट मानिसहरु भिसा लगाएर अमेरिकामा ल्याउने भन्दै प्रतिब्यक्ति तीन देखि सात हजार अमेरिकी डलर पीडित पक्षबाट असुलेकी थिईन् । श्रेष्ठले सभासद् देउवाको भ्रमणदल चाँडै अमेरिका आउने र भ्रमणदलमा समावेश भएर मानिसहरु यहाँ आईपुग्ने भन्दै डेटलाईन दिएकी थिईन् । तर, डेटलाईन गुज्रेपछि पीडितहरुले रकम फिर्ता मागेपनि श्रेष्ठले उल्टै कानुनी बाटो खोजे डिर्पोटेशन गरिदिने धम्की दिंदै आएकी थिईन् । भर्खरै नेपालबाट आएका र अमेरिका बसाईको कानुनी वैधानिकता नभएकाहरुलाई श्रेष्ठले फसाएको न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीको विज्ञप्तिमा उल्लेख छ । नवआगन्तुकहरुलाई श्रेष्ठले सहयोग गर्ने, खाना खुवाउने, सँगै बसाउने समेत गर्दै आएकी थिईन् । श्रेष्ठले केही ब्यक्तिहरुसँग आफनो नाम नितु राणा भएको र डा. देउवाको सहोदर बहिनी उल्लेख गर्दै फर्जी काम गर्न सफल भएकी थिईन् । यसअघि सभासद डा. देउवाले यस सम्बन्धमा सार्वजनिक विज्ञप्ति निकाली निज श्रेष्ठसँग आफनो कुनै चिनजान र सम्बन्ध नरहेको उल्लेख गर्दै ध्यानाकर्षण सहित कारवाहीका लागि अमेरिकी दुतावासलाई आग्रह गरेकी थिईन् । यस बिषयमा न्युयोर्कस्थित अधिकार नामक गैरसामाजिक संस्थाले श्रेष्ठको पक्राउको लागि भुमिका खेलेको थियो । source :ekantipur.com
fantush · Apr 26, 2012 12:13 AM · 6,219 views
Charges are as follows: 1. Grand Larceny in the Fourth Degree, a class E felony, one count 2. Scheme to Defraud in the First Degree, a class E felony, one count See below for more information: http://manhattanda.org/press-r...
AdjunctProf · Apr 26, 2012 7:08 AM
अमेरिका छिर्न सकेका हरु लुटिएका छन् भने नेपाल बाट छिर्न खोज्ने हरु कति लुटिए होला , केहि हिसाब किताब छ होला ? अमेरिका छिरे पछी त टाटा टिप्न पाइन्छ भन्ने सोचाइ , छिरेर भोग्न थाले पछी मात्र थाहा हुन्छ . Welcome to America.
MAGorkhe1 · Apr 26, 2012 8:53 AM
I would rather be suprised if she is not involved.
MN_Nepali · Apr 26, 2012 1:31 PM
एसले लुटेको सबै पैसा फिर्ता हुनु पर्छा लुट्न पनि क्या सक्या ,आफु अमेरिका मा छु भन्दै मा जे पनि गर्न सक्छु भन्ने लुटेराको लुट्ने तरिका पनि क्या निरङ्कुश, १०० वर्ष ko राणाकाल मा जस्तो अरु लै धम्कि दिएर मोज गरौले भनी सपना देख्ने अब जेल मै सड्ने भै ! Last edited: 26-Apr-12 01:49 PM
fantush · Apr 26, 2012 1:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion