छ वर्षमा बागमतीमा पानी धेरै बगिसकेको छ। छ वर्षअघि लोकतन्त्र स्थापनाको खुसी कसरी मनाइएको थियो, कस्तो थियो त्यतिबेलाको माहौल, आउनुस् त्यतिबेलाका केही फोटो र ब्लग हेरौँ। २०६३ वैशाख १२, मंगलबार नागरिक समाजले आयोजना गरिरहेको शान्तिपूर्ण सभामा विद्यार्थी नेता गगन थापाले बोलिरहेका बेला घुसपैठ गरेका भिजिलाण्टेले आक्रमण गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको हो। भिजिलाण्टे घाइते अवस्थामा वीर अस्पतालमा छन् भने आन्दोलनकारीहरुले वीर अस्पताल घेरेका छन्। प्रहरीले प्रहार गरेको टियर ग्यासका कारण एक फोटो पत्रकार पनि घाइते भएका छन्। अहिले आन्दोलनकारीहरु राजदरबारतर्फ जाने भनेर अघि बढिरहेका छन्। सशस्त्रका माधव थापाको कमाण्डमा रहेका प्रहरीको एक घेरा तोडिसकिएको छ। आन्दोलनकारीलाई पिट्ने प्रहरीलाई उनीहरुले लखेटेका छन्। स्थिति निकै तनावग्रस्त छ। आरएनएसी अगाडिको अ‍ोभरहेड ब्रिजबाट खिचिएको फोटो। एक घण्टाभन्दा बढीसम्म विभिन्न ठाउँमा घुमेर त्यहीँ पुग्दा अझै यत्तिकै भीड त्यहाँबाट आएको आयै थियो। भनेपछि तपाईँ अनुमान लगाउनुस् कति सहभागी थिए ? फोटोः उमेश जनआन्दोलनका अगाडि राजा झुकेपछि आज काठमाडौंमा विशाल विजय र्‍याली भइरहेको छ। म त्यसमा सहभागी भएर भर्खरै फर्किएको हुँ। मसँग भिडियोहरु पनि छन् तर अहिलेलाई म केही फोटोहरु सहितको विवरणमात्र प्रस्तुत गर्न गइरहेको छु। सात दलको बैठकले आज हिजै निर्धारण गरिएको ठाउँमा अर्थात् सात ठाउँमा विजय र्‍याली गर्ने र सभा गर्ने भनेका थिए। तर राजालाई झुकाउने जनताले नेताहरुको कुरा किन मान्थे रे। वर्षौंसम्म बन्दी बनाइएको जो थियो उनीहरुलाई। त्यसैले उनीहरु वर्षौंदेखि कहिले निषेधाज्ञा र कहिले कर्फ्यु भनेर जान समेत नदिइएको ठाउँ रत्नपार्कतिर हानिए। वास्तवमा आज सैनिक मञ्च टुँडिखेल जानु पर्ने र त्यहाँ सभा गर्नुपर्ने, राजा बस्ने ठाउँमा बसेर भाषण दिनुपर्ने भन्दै थिए केही आन्दोलनकारीहरु। बाँकी विवरण र फोटोहरु भित्र।
email18 · Apr 23, 2012 3:26 AM · 11,592 views
लुटको धन फुपू को स्राद्द को उखान सम्झीए , किन र कसरि बन्यो तिर नजाउ होला . जनता पार्टी नेताका बफादार कामदार भयौ , ठिक र बेठिक छुट्याउने अभिभारा अनि तेस्को मनन चिन्तन सबै नेता लाइ दियौ, हामि फगत नेता पछी हिड्यौ, भयौ यान्त्रबत मानब . त्यो भिड मा हिंड्ने कतिलाई के था किन झण्डा बोकी हिड्यौ भनेर , पार्टी नेताले आब्हान गरे , लागि दियौ राजधानी अनि तेही राजधानी मा भएका फुर्सदै फुर्सदि जिन्दगि होमिदियौ दिन पार्टी को लागि . हुँदा हुँदा अब त रतिक्रिया पनि छोडी दिने भएका छौ पार्टी को लागि . जनताले केहि गर्न सक्दैन - लाठि र बन्दुक अझै उनीहरुकै हातमा छन् , उनि हरुले देशलाई जता धकेल्छान देस तेतै तिर जान्छ - माझी दाइको नौका जस्तो . तपाइको फोटो हेरेर - तिक्तता मात्रै पाइयो , देसले कोल्टे फेर्ला भन्ने आसा निरासा मा बग्दै छ .
MAgorkhe1 · Apr 24, 2012 2:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion