कविता चोर !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 कविता चोर !   एउटा कथा लेखे, पात्र.. घटना.. सत्य.. संघर्ष.. र हार .. उसले एउटा प्रश्न गर्यो  नैतिक (?)   म चोर्छु .. लुट्छु.. केही नलागे मान्छे मार्छु .. आफ्नो नायकत्वकोलागि  क्रान्ति ल्याउछु ||   मानिसको जीवनभन्दा ठुलो क्रान्ति के होला ? मानवता भन्दा ठुलो सिद्धान्त  के होला ?   ......होइन मैले सकिन बन्दुक बोके..  बूट ठोके .. क्रान्तिका हावादारी कुरा गरे   भद्दा-भद्दा शब्दावलीले  एउटा सरल कविता लेख्न  म चुके..  त्यसैले म चोर्छु  अरुको सोच.. अरुको भावना.. अरुको जीवनै  चोर्नु / बिगार्नु/ सिध्याउनु  मेरो हक हो ... म यसलाई "जनयुद" भन्छु  बैधानिकता दिन्छु ।    ठुलो कुरा नगरौ | मान्छे मार्न  सक्नेहरुले  कबितामात्र चोर्नु  उनिहरुको साधुत्व हो |   १६ हजार रगत्को टाटोलाई  हँसिया र हम्मर  कोटाउन असफल.... मसीको २-४ छिटाले  पखाल्न खोजेको होला ठिकै हो ... एक-दुइ थोपा म पनि दिन्छु  उ... दाइले दिनु भो भाइले दिन्छ.. दिदी बहिनी ...  साथी ... "साझाका"....सबैले दिन्छन् कबिता लेख्छ्न...  चोराउन... कथित क्रान्तीमा लान बन्दुकमा हाल्न अनी मान्छे ताकेर पडकाउन  किनकी .. साथी .. कबिताले मान्छे मोर्दैनन् गोलिले मर्छन.. युदले   मोर्छन  युदले  मोरे ||   कथाको  समाप्ती ||     americane साथीलाई समर्पित । 

jhaukiri · Apr 22, 2012 10:03 PM · 14,825 views

6 Replies

 झ्याउकिरि जी मा नतमस्तक भए . तपाई ले मेरै लागि भनेर कविता को सिर्जना गर्नु भयो धेरै धन्यबाद. त्यो मेरो मात्र लडाई थिएन , हामी जस्ता साना तिना लेखक हरु को लडाई थियो , हाम्रो रचना को रक्ष्या को युद्ध थियो मलाई यो भन्न खुसि लाग्छ कि मलाई सबै साथी हरु ले साथ दिनु भो र हाम्ले त्यो युद्ध जितेउ , तर त्यो त सुरुवात हो , समाज मा अझै धेरै प्रताप मगर छन् र हाम्ले तिनलाई एक एक गर्दै नंगाउना पर्छ .  फेरी तपाई लै एअक पटक मुरी मुरी धन्यवाद.   

amricane · Apr 23, 2012 8:34 AM

वाह वाह !! बुझ्ने लाई मीठो तर चोर्ने चोर लाइ तीतो कबिता . चोर को मुटु मै किला गाड्नु भयो . तर त्यो क्रान्तिकारी चोर ले बुझ्ने कुरा शंकै लाग्छ . बुझे नि बुझा पचाउछ त्यसले, क्यान्तोमिन मा सिकेको एक मात्र पाठ हो, चोर , लूट र ढाट,,,,,,,,,,,,,,

rahulvai · Apr 23, 2012 10:17 AM

It is really nice as we, the sajha family, put together an effort against the one who believed it is right enjoy the fame of other's work and creativity. And I am glad we have

Anava · Apr 23, 2012 10:22 AM

Come close on doing that. Once again, thank you all the writers of sajha. I have always enjoyed your great writings.

Anava · Apr 23, 2012 10:25 AM

धन्यवाद झ्याउकिरीलाई, साझाभित्र र साझा बाहिर कविताचोरहरु बिरुद्द उठेको झ्याउकिरीहरुको यो झ्याउ झ्याउ लागेर कविताचोरहरुलाई स्याउँ स्याउँ किरै परोस् ! Last edited: 23-Apr-12 12:01 PM

Geology Tiger · Apr 23, 2012 11:59 AM

 साँचै यो एउटा घटनाले साहित्य प्रेमी सबैलाइ एककृत हुने मौका मिलेको छ सायद|

jhaukiri · Apr 23, 2012 10:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all