Well I was trying to promote so products to make a living but sajha blocked me. In the process I was causing no harm to anyone. So my question is wtf? If you people want to learn how to start as an internet marketer holla at me.
latoketa · Apr 20, 2012 2:10 AM · 19,588 views
केहि अगाडि हामीले साझामै सुरु गरेको नेपाली साहित्यमा हुने चोरी सम्बन्धी बहस र हाम्रै मित्र अम्रिकानेको कविता चोरी भएको घटनाले हामी सबै नेपाली साहित्यप्रेमी र साहित्य अनुरागीहरु यस्ता चोरीहरुको बिरुद्द आन्दोलित र आक्रमक हुनुपर्ने बाध्यताकारी स्थिति पैदा गरेको छ । हाम्रो यो अभियानलाई सबै भन्दा ठुलो सहयोग साझाकै हुनेछ । यसको साथै अरु धेरै नेपालीहरुमाझ हाम्रो यो आवाज पुर्याउन र यस्ता चोरहरुलाई निरुत्साहित पार्न हामीले फेसबुकको पनि साथ लिने निर्णय गरेका छौ । आउनुहोस् तपाईंहरु पनि यो अभियानमा सहभागी हुनुहोस् र नेपाली साहित्यमा लागेका यी धमिराहरुलाई निमिट्यान्न पार्न हामीलाई सहयोग गर्नुहोस् http://www.facebook.com/sahity...
Geology Tiger · Apr 20, 2012 2:31 AM
Plagiarism seems to be rampant in Nepal. After going through the thread by Americane, I saw that many of my friends, particularly from KTM, were freely circulating the poem in FB. What was even more amazing when someone was raising the concern about the legitimacy of the author, rest of the commentators shut him off and gave credits to the thief. Sad! Last edited: 20-Apr-12 09:01 AM
snurp · Apr 20, 2012 8:59 AM
duita hawaldar pathai deem :P surakshya ko lagi .. sayed chori huna banda huncha ki khmn
k_ho_mero_naam · Apr 20, 2012 9:20 AM
@K_ho_mero_naam: Hawaldar le pugdaina, SP Ramesh Kharel nai chahincha jasto cha. http://en.wikipedia.org/wiki/R...
anagram · Apr 20, 2012 9:31 AM
जिते दाई, यो चोरीको सन्दर्भमा आफुलाई घटेको घटना सुनाउन मन लाग्यो। लग्भग ३ बर्ष जती अगाडिको कुरा हो। मैले एउटा कथा यही साझामा टाँसेको थिएँ। विद्यार्थी जीवनको बारेमा। म र मेरो साथीले भोगेका केही कुराहरु। त्यो टाँसेको कारीब दस दिन जती पछी यही साझाको एकजना पाठकले मलाई ईमेल गर्नु भयो। "तपाइले यो कथा अर्को website मा पनि post गर्नु भएको रहेछ तर अर्कै नाम बाट" भनेर।म छक्क परेँ। त्यो कथा मैले काममा फुर्सद भएको बेलामा लेखेर तुरुन्तै साझामा टासेको थिए। अरु कतै टासेको त मलाई याद भएन। म त्यो website मा गए। नभन्दै त्यो कथा हुबहु टाँसेको रहेछ। प्रतिकृयाहरु पनि रहेछन टन्नै। लेखकले आँफैलाई परेको भन्दै हा हा र हे हे गर्दै जवाफ फर्काइरहनु भएको रहेछ। मलाई अचम्म लाग्यो। मैले वहाँलाई ईमेल पठाएँ के यो यहाँलाई नै परेका कुराहरु हुन भनेर। वहाँले हो यो म स्कुल पढ्दा आँफैलाई परेको भन्नु भयो। मैले फेरी सोधे यहाँको आइ डि ले त केटाको नाम जनाउछ तर कथा पुरै केटी को छ, के हो यस्तो भनेर। उहाले अरुले नचिनुन भनेर मैले केटी बनेर लेखेको भन्नु भयो। तेस्पछी मैले यो कथा त मैले साझामा नि पढेको थिएँ, लेखिका त अर्कै हुनुहुन्छ नि, लेखिकालाई मैले राम्रो सँग चिन्छु त भनेर फेरी पठाएँ। । तेस्पछी वहाँको उत्तर आएन। पशुपती नाथले सद्बुद्धी दिउन जस्तो लाग्यो। शायद वहाँले आँफै बुझ्नुहुन्छ कुनै दिन जस्तो लाग्यो र केही भनिन त्यो बेलामा तर त्यस्तो बिक्रिती हरुलाई फैलन चै दिनु हुँदैन। Last edited: 20-Apr-12 10:40 AM
Dipika02 · Apr 20, 2012 10:33 AM
दीपिकाको कथा पढेर चैं सार्है हाँसउठ्यो मलाई.. कस्तो लाज नभएको मान्छे हुनुहुँदो रैछ उहाँ
cheli · Apr 20, 2012 10:59 AM
Dipika's story is almost as similar as mine. 1. Back in 2009, I had written a story about an immigrant's predicament in Boston and posted it in facebook. Considering an uncouth and brutally honest person that I am, I drive people up the wall with my wisecracks and rebukes and no one ever reads or comments on my stories anyway. However, that particular story was very well written unlike my other ones. 2. A week later my wife tells me that my cousin's wife in New York has written a very good story and posted it in her facebook account. Curiosity galore, i tried to access that story but could not find it. So next evening I asked my wife to show that story from her facebook account. To my horror, it was MY story (I am such a disgusting person that no one cares to read my gibberish, not even my wife). I was mum, didn't tell anyone anything. My cousin's wife did a great job by HIDING that story from me. That privacy setting is hideous. 3. She had reaped almost 80 comments, those included comments from my wife and my mother as well. Also, there were more than 100 'likes'. For a person who struggles spelling 'pretty' and 'loser' (you know what I am talking about) and validates her English writing prowess by 'OMG', 'LOL', 'LMAO', 'So cute', 'nice pic', 'cool' and 'hot'; no one, for once, questioned her ability to write a story that long (I am being stereotypical here perhaps, but what the heck, it was my story). 4. While I was upset, I was also happy that people actually did like my stories. I wrote few more, and in a matter of time, all of them were posted in her facebook. It was THEN, my brother wrote to me (and her) claiming that story was MINE. Thank god, they have time stamps. Since then, she has blocked me, my brother and my wife and now my mom too.
behoove_me · Apr 20, 2012 11:28 AM
behoove....I m amazed with the audacity of your wife's cousin. Copying and pasting story of someone whom you know so well..hats off to her....I wonder if you happened to meet her later? if yes what was her reaction? Or did she block you from real life too? BTW ... I m a big fan of your writing. Is there any chance that you might be posting those 'stolen stories'in sajha?
rahashya · Apr 20, 2012 12:54 PM
" Since then, she has blocked me, my brother and my wife and now my mom too" Behoove, That was funny. But, I hear you. People do dumb things when they are young. I hope she didn't realize then. Now she has something to smile about when she gets older. For a ignorant like her I would just use a smile as a good weapon. cheli, I agree with you. His reply was funny. Last edited: 20-Apr-12 01:18 PM
Dipika02 · Apr 20, 2012 1:15 PM
Rahasya, Might I add that she had a history of plagiarizing? I had occasionally stumbled upon her status messages which were uncited quotes of Twain, Benjamin Franklin, Oscar Wilde etc. And I did correct her once about 'citing' them. That perhaps irked her and she then perhaps made up her mind to delete me off her friend's list sooner or later. Also, it also depends upon how an individual analyzes such an act. If I were her, I'd always fear being caught red-handed, but that is because I am more conscientious. Some people are just not made that way, also ignorance plays a great part. I did the math, I barely had 100 friends in my facebook account back then, and we both had more more than 10 common friends. And given the fact that my stories in facebook never really creatred a furor, she was inclined to believe that her plagiarization would perhaps goes unnoticed. The damage is done and she will never meet me. Even if we run into each other, she knows it very well that her warm hello will not be reciprocated by an acerbic remark from me.
behoove_me · Apr 20, 2012 1:22 PM
सस्तो लोकप्रियता पाउन जीवनमा मान्छेले कमाउन सक्ने सबै भन्दा महत्वपूर्ण कुरा "सम्बन्धहरु" लाई तोडिछन् behoove_me कि नातेदारले .. नजानेर भनौं भने मूल लेखकलाई hide गरेर post गरिछन फेरी .. सोझी भन्नु कि बाठी भन्नु अब!! मेरो चैं घर भित्रै भएको छ अलि अलि येस्तै घटना . फेसबुक बन्नु भन्दा धेरै अघि अनि यति सजिलो internet access भन्दा पनि अघिको कुरा हो यो! एकदिन मेरो भाइका साथीहरु आएका थिए घरमा गिटार बोकेर .. म बाहिर टिभी हेर्दै थिएँ . कोठा भित्र पसेर झ्याँग झ्याँग बजाउदै के के गाउन थाले उनीहरु .. गीतका शब्दहरु ध्यान दिएर सुनेको त, मैले १-२ दिन अगाडी लेखेको गीत जस्तै पो लाग्यो मलाई . अनि अझ कान थापेर सुनें . नभन्दै मेरा भाइका ती साथीहरु मैले नै लेखेको गीत पो गाउँदै थिए . छक्क परेर भाइको कोठा भित्र गएँ म, भाइलाई पुलुक्क हेरें उ अलि हडबडाए जस्तो लाग्यो .. "कस्को गीत गाएको ?" भनेर भाइको साथीलाई सोधेको त मेरो भाइले लेखेको गीतमा उसले म्युजिक कम्पोज गरेको पो भन्छ उ त . थाहा नपाए जस्तो गरेर "यसले पनि कविता लेख्छ र" भनेर मैले भन्दा "ल दिदीलाई थाहै रहेनछ सार्है राम्रा पो लेख्छ त " भन्यो साथीले . मेरो भाइ केहि बोलेको थिएन . साथीहरुका अगाडी केहि भनी हाल्न पनि मनलागेन, म पनि चुप लागें. उसका साथीहरुले नदेख्ने गरी -"तेरा साथीहरुलाई जान त दे, म तेरो के हालत बनाइदिन्छु आज" type को आँखाले भाइलाई हेरेरै थर्काउन चैं भ्याएँ . साथीहरु गयिसकेपछी खै गर्दा पो थाहा भयो त मैले अगिल्लो दिन कविता/गीत लेखिसक्या हुन्नथें उसले भोली पल्टै आफ्नु डायरीमा सारिसकेको हुँदोरैछ . स्कुलमा हिरो बन्नलाई साथीहरुलाई सुनाउँदो रैछ अनि, हुँदा हुँदा कहिल्यै कविताको "क" पनि नलेखेको मेरो भाइलाई साथीहरुले "कविज्यू" नी भन्न थालिसकेका रैछन . सबैजनाले भएर त्यसदिन उसलाई हामीले गाली गर्यौं, सम्झायौं अनि उसले आफ्नु गल्ती स्वीकार्यो पनि. तर त्यसदिन मैले उसको त्यो कर्तूत थाहा नपाएको भए, अनि हामीले उसलाई सम्झाई-बुझाइ नगरेको भए, उ आज सम्म पनि अर्काका लेख रचना आफ्नु नाममा दुनियाँलाई देखाइरहेको हुन्थ्यो होला ..
cheli · Apr 20, 2012 2:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion