नेताहरु हात्तीवन रिसोर्टमा के-के गरे त !!! प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरु अहिले यहाँ छन्- हात्तीवन रिसोर्ट। राजधानीबाट झन्डै २० किलोमिटर दक्षिणीभेगको सेतीदेवी गाविस–१ स्थित हात्तीवनमा रहेको हात्तीवन रिसोर्टमा २५ वटा कोठा रिजर्भ गरेर आइतबार दिउँसो आएका उनीहरुले रात पनि यहीँ बिताउने छन्। यहाँ सुरक्षाकर्मीलाई त बस्न दिइएको छैन भने अरु पस्ने कुरै भएन। यो गोप्य बैठकले नेपालको भावी संविधानको रुपरेखा तय गर्ने बताइएको छ। जे जे ‘लेनदेन’ हुनुछ, यहीँ हुँदैछ। नेताहरुसित अब धेरै समय पनि छैन। भोलि दिनभरको समय मात्रै हो कुरा मिलाउन। अब अरु बहाना पनि छैन। यसअघिको शान्ति प्रक्रिया नटुङ्गिएको भन्ने बहाना अब उठाउन मिल्दैन। तर के यो बैठकपछि संविधान बन्ने ग्यारेन्टी हुन्छ त? के के छ विवाद ? Click following link for video. Stupid Political leaders............ http://www.suseli.com/nepalise... Last edited: 18-Apr-12 11:21 AM
stutisparsha · Apr 18, 2012 11:06 AM · 4,005 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion