नयाँ बर्ष २०६९ को शुभकामना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नयाँ बर्ष २०६९ को आगमनको उपलक्ष्यमा एउटा पुरानै कविता  नयाँ बर्ष, तिमी सधैं झै यो चोटि पनि त्यही पुरानै शब्द 'नयाँ' टस्साँउदै आयौ। खै त तिमीले नयाँ अनुभुती, उत्साह र उमङ के के बोकी ल्यायौ? थाहा छैन तिम्रो आगमन पछि म नयाँ के के पाउँछु, म त उस्तै नै रहनेछु, र शायद वरिपरि पनि उस्तै नै पाउँछु, थाहा छैन म यो उत्सव किन मनाइरहेछु, शुभकामना त सबैबाट अँगालो भरि भरि पाइरहेछु, के यो उत्सव केवल क्यालेन्डरमा हुने अंक परिवर्तनको हो? वा यो उत्सव जमघट र रमाइलो गर्ने बहानाबाजी हो? नयाँ बर्ष, भैगो तिमी फगत बहाना बनेर नआउ, क्यालेन्डरमा फेरिने अंकहरु मात्र बनी नआउ, म त उस्तै नै रहनेछु, तर तिमी म भित्र बदलिएको बिचार भई आउ, म भित्रको अहम् र स्वार्थलाई सिध्याउन आउ, अनि सहयोग र सद्भावको लाली बनी मेरो मन-मष्तिस्कमा छाउ हो नयाँ बर्ष, सबैतिर तिमी सन्देस यही छर्दै जाउ, बिन्ती, केवल क्यालेन्डरमा फेरिने अंक भई नआउ,

Geology Tiger · Apr 12, 2012 1:25 PM · 2,647 views

2 Replies

बर्ष चाही नयाँ नयाँ हुने , मान्छे झन झन पुरानो हुँदै जाने, यसरी गरी बित्दो रहेछ जिन्दगी, आफु नै बिरानो हुँदै जाने नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना !!!!!!!!!!!!!!!!!!!

rahulvai · Apr 12, 2012 2:11 PM

Happy New year 2069 !

fantush · Apr 12, 2012 2:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all