अमेरिका जान लागेकी महिलासित घुस माग्ने अध्यागमनका पियन एक लाख धरौटीमा रिहा By Salokya, on April 11th, 2012 पूर्णबहादुरलाई विशेष अदालत ल्याइँदै। फोटो सौजन्यः शेर्पावर्ल्ड तपाईँहरुलाई याद हुनुपर्छ, माइसंसारमा पनि पढ्नु भएको हो- अमेरिका जान लागेकी नेपाली डिचेन डोल्मा शेर्पाले सुनाएकी थिइन् कसरी उनलाई विमान चढ्नबाट रोकिएको थियो। अनि कसरी उनीसित घुस मागियो। शेर्पाले कसरी घुस दिनुअघि सबै वार्तालापको भिडियो रेकर्ड गरिन्। तपाईँहरुले यो विषयमा टन्नै कमेन्ट पनि लेख्‍नुभएको थियो। यो घटनाबारे अख्तियारले छानबिन गरेको थियो र अब यो मुद्दा अदालतमा पुगेको छ। भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतमा हिजो यो मुद्दा दायर भएको थियो भने आज अदालतले सुनुवाई गरेको छ। अदालतले तत्काल प्राप्त प्रमाणबाट पियन पूर्णबहादुर बस्नेत र कम्प्युटर अधिकृत महेश गौतम उपरको अभियोग समर्थित भएको देखिँदा बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल जनही रु.१,१०,०००।– (रु एक लाख दश हजार) नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राख्न आदेश दिएको छ। अदालतको फैसला पढ्नुस्। त्रिभुवन विमान स्थल अध्यागमन कार्यालयका कार्यालय सहयोगी (गणतन्त्र पूर्वका पिएन सरह) पूर्णबहादुर बस्नेत र कम्प्युटर अधिकृत महेश गौतम समेत प्रतिवादी यो मुद्दा दायर मिति २०६८।१२।२८। तथ्यः नेपाली नागरिक डिचेन डोल्मा शेर्पालाई ०६८।६।२१ मा कतार एयरवेजबाट अमेरिका उड्न लाग्दा अमेरिकी राजदूताबासबाट जारी पहेलो रंगको भिसा देखेपछि शरणार्थी हो कि भन्ने शंकामा विभागीय आदेश भएपछि मात्र उड्न दिने गरी अफलोड गरिएछ। सो अफलोड गरेपछि सोही कार्यालयका पूर्णबहादुर बस्नेतले आफूले मिलाइ दिने भनी घूस रकम माग गरेको र सो कृयाकलापको पीडित शेर्पाले फोन वार्ताको अडियो रेकर्ड गराएकी र पैसा गन्दा समेतको भिजुअल खिचेको प्रमाण अख्तियारमा पेश गरेको देखियो। सो अडियो र भिजुअल प्रमाणलाई प्रतिवादीले अख्तियारमा स्वीकार गरी बयान गरेको। अध्यागमन विभागले जाँच बुझ पछि निजलाई उड्न दिनू भनी डिपार्चर आदेश दिए पछि १३ अक्टोबर २०११ मा निज शेर्पा अमेरिका उडेकी। अमेरिका पुगेपछि यो घूस काण्डको पर्दाफास गरेकी, उजुर गरे पछि अनुसन्धान तहकिकातको कारबाही भएको। यस अदालतमा भने निज डिचेन डोल्मालाई नचिन्ने, आफूले अडियोमा नबोलेको, घूस रकम आफूले नलिएको भनी कसूरमा पूर्णरुपले इन्कार भई बयान गरेका। अर्का प्रतिवादी अध्यागमन विभागको कानून शाखामा काम गर्ने महेश गौतम पनि अख्तियार र यस अदालतमा समेत कसूरमा इन्कार रही बयान गरेका। बहस वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उप न्यायाधिवक्ता श्री तेज नारायण पौडेल र शाखा अधिकृत श्री राजेन्द्र सिंह भण्डारी। आदेशः यसमा आज अदालतमा उपस्थित भई बयान गर्ने प्रतिवादीहरु पूर्ण बहादुर बस्नेत र महेश गौतमको बयान कार्य सम्पन्न भई निजहरुले गरेको बयान तथा मिसिल संलग्न कागजातको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल, शा.अ. श्री राजेन्द्र सिहं भण्डारी र प्रतिवादी महेश गौतमको तर्फबाट विद्धान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्धान अधिवक्ता श्री विशेश्वर प्रसाद गौतम र विद्धान अधिवक्ता श्री गोविन्द शर्मा “वन्दी” तथा प्रतिवादी पूर्णबहादुर बस्नेतका तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री हरिप्रसाद उप्रेतीले गर्नुभएको बहस समेत सुनियो। थुनछेक आदेश गर्ने क्रममा त्यस तर्फ विचार गर्दा प्रतिवादीहरु मध्येका महेश गौतम अधिकार प्राप्त अधिकारी समक्ष र यस अदालतमा समेत आरोपित कसूरमा ईन्कारी रहेको र प्रतिवादी पूर्णबहादुर बस्नेत यस अदालतमा कसूरमा ईन्कारी रहे पनि अधिकार प्राप्त अधिकारी समक्ष भने डिचेन डोल्मा शेर्पा सँग पुनः प्रस्थान अनुमति पत्र उपलब्ध गराए वापत रु.१,००,०००।– र जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट राहदानी एवं नागरीकता प्रमाणीकरण गराई उपलब्ध गराएबापत रु.१०,०००।– समेत रु.१,१०,०००।– रिसवत लिएकोमा सो मध्ये प्रतिवादी महेश गौतमलाई रु.६५,०००।– दिएको कुरालाई स्वीकार गरेको पाईयो। प्रतिवादी पूर्ण बहादुर वस्नेतले लिएको रकम गन्दै गरेको तथ्य अभियोग साथ पेश भिजुअलबाट देखिएको छ भने यसै विषयमा रकम लेनदेन सम्वन्धमा निजले गरेको कुरा अडियोबाट स्पष्ट भै रहेको समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु उपरको अभियोग समर्थित भएको देखिदा बु‰दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीहरुले जनही रु.१,१०,०००।– (रु एक लाख दश हजार) नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राखी र सो दिन नसकेमा कानून बमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) र अ.वं. १२४ ग नं. अनुसार यो आदेश गरी दिइएको छ। वादीका साक्षी र प्रतिवादीहरुका साक्षी बु‰न कानून बमोजिम गरी पेश गर्नु । सदस्य अध्यक्ष ईति सम्वत् २०६८ साल चैत्र २९ गते रोज ४ शुभम् ……………
trash · Apr 11, 2012 6:47 PM · 10,181 views
Unbelievable.
Robb Stark · Apr 11, 2012 6:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion