वीरगन्ज, चैत्र ३० - उनी आए र छोटो कार्यकालमै पर्सावासीको मन जिते । १० महिनाको आफ्नो छोटो कार्यकालमा प्रहरी उपरीक्षक रमेश खरेलले शान्तिसुरक्षा कायम राख्न तथा अपराध र तस्करीविरुद्ध थालेको अभियानले स्कुले विद्यार्थीदेखि उनका अभिभावकसमेत एसपी खरेलका समर्थक भए । 'अन्याय, आपत र कष्टमा परेकाको उद्धारका लागि उनले देखाएको तत्परताले छोटो अवधिमै उनी सबैको मन जित्न सफल बने,' नागरिक समाजले गरेको अभिनन्दन समारोहमा डा. श्यामसुन्दर दासले भने, 'उनी सबै मनका ढुकढुकी बनेका छन् ।' चौबीसै घन्टा फोनमा उनको उपलब्धता, प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण हुनुका साथै तस्करी, अपराध र गुन्डागर्दीविरुद्ध अभियानलाई जनताले सराहना गरेका थिए । वीरगन्जको माईस्थान चोकमा भएको अभिनन्दन समारोहमा सयौंको संख्यामा पर्सावासी भेला भएका थिए । मधेसको 'गम्छा' ओढाएर उनलाई सम्मान गरेका थिए । जिल्लामा एसपी खरेलभन्दा पहिले ४७ जना प्रहरी प्रमुखले कार्यभार सम्हाले पनि कसैले पनि यस्तो सम्मान पाएका थिएनन् । वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएकामा बधाई दिँदै नारायणी अञ्चलमै एसएसपी बनाएर राख्न सरकारसँग माग गरेका थिए । एसपी खरेलले आफूले जिम्मेवारीवाहेक अन्य काम नगरेको बताए । 'प्रहरीको जागिर खाँदा लिएको कसम पूरामात्र गरेको हुँ,' उनले भने, 'बिरालोले मुसा मार्दैमा बहादुर हुँदैन ।' जनतामाझ प्रहरीको गुमेको विश्वास फिर्ता भएको पाएको छु । उनले भने, 'यो नै मेरो उपलब्धि हो ।' खरेललाई सञ्चार माध्यमले हिरो बनाइदिएको टिप्पणी गर्ने प्रहरी अधिकृतको जमात ठूलो छ । तर, यहाँका बासिन्दा उनलाई साँच्चिकै हिरो मान्छन् । वीरगन्ज पुगेदेखि उनको तुलना तीन वटा हिन्दी फिल्मका हिरोसँग गरिएको थियो, गंगाजल, नायक र सिंघम । खरेलको छवि निर्माणमा बाहिरी कामका साथै आफ्नो टिमभित्रैको सुधारको पनि ठूलो भूमिका छ । उनले सार्वजनिक कार्यक्रममा प्रहरीले घूस खाएको देखिए तत्काल खबर गर्न आफ्नो मोबाइल नम्बर नै दिने गरेका थिए । २ सइ ६ असइसहित ५८ प्रहरीलाई कारबाही गरेका छन् । कारबाहीमा घटुवा, नसिहत र ग्रेड रोक्काको सजाय तिनले पाएका छन् । ३ जना जागिरबाटै बर्खास्त भएका छन् । खरेल आएपछि शान्ति सुव्यवस्थामा सुधार र चोरी पैठारी नियन्त्रण आश्चर्यजनक बनेको थियो । खरेलको कार्यकालमा छोटी भन्सारको राजस्व संकलन अत्यधिक वृद्धि भएको थियो । महिनामा मुस्किलले २ लाख रुपैयाँ संकलन हुने जानकीटोल छोटी भन्सारमा ७० लाखदेखि ७५ लाख रुपैयाँ संकलन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षा मर्यादित हुन थालेका छन्, नारायणी यातायात व्यवस्था कार्यालयबाट वितरण हुने लाइसेन्समा ९० प्रतिशत फेल भएका छन् । यसअघि शतप्रतिशत उत्तीर्ण हुन्थे ।
aman · Apr 11, 2012 4:28 PM · 8,247 views
Good to know
bittertruth · Apr 11, 2012 4:41 PM
The guy's a legend.
riddle · Apr 11, 2012 5:07 PM
This guy did what many thought to be impossible.He deserves respect!
shiva_linga · Apr 11, 2012 5:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion