यता बाट हेर्दा उताबाट केर्दा उल्टेको.. उप्केको... आफैभित्रको सङ्घर्समा "आफु" ..बग्दै छ "अरुसंग" | उभिएको मानसपटलमा .. थिचिएको भावना सिस्नोघारी हुँदै ... टिमूरको बोट उक्लादा .. "अरुसंग" बन्चरो मागी "आफु" त्येही बोट काट्दै छ आफ्नै चिताको लागि || विवस भए... आत्माका ज्योति "अरु" हुने प्रबल चाहनामा .. "उनीहरुको" फोटोकपी गरिदैछ..."म" निकाल्नकोलागि.. "आफु" बाच्दा .. "अरु" हुनुको सायद मज्जा बेग्लै हुन्छ ||
jhaukiri · Apr 11, 2012 1:20 AM · 5,956 views
'आफू' बग्दै छ 'अरुसँग' "उनीहरुको" फोटोकपी गरिदैछ..."म" निकाल्नकोलागि.. वाह वाह .... आज पनि टाउको हलुंगो भयो .... अब सुत्ने प्रयास गर्छु ।
Geology Tiger · Apr 11, 2012 1:35 AM
न त आफूलाई अरु जस्तै बनाउन सिके त त अरुलाई आफू जस्तै बनाउन सके न त साथ अरुको हुँदा खुशीले हास्न सके न त छुट्टिएर सबैसँग एक्लो जीवन बाँच्न सके Last edited: 11-Apr-12 10:36 AM
Geology Tiger · Apr 11, 2012 10:36 AM
वाह ज्यौकिरी-जी , कस्तो मज्जा को कविता अनि कस्तो मलाई define गर्य जस्तो पो लागिरा ...... निक्कै मीठो .... अरु पनि पस्कदै गर्नुस है ,....
ThahaChaena · Apr 11, 2012 3:17 PM
झ्याउकिरीको profile photo चाही किन माहुरीको नि ,तर कविता राम्रो छ ,घत लाग्दो !
shiva_linga · Apr 12, 2012 9:06 AM
धन्यबाद साथीहरु ||
jhaukiri · Apr 12, 2012 11:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion