लम्पसार खाट, अर्धमुर्छित डस्ना स्मृतिका स्पर्शहरु | साइडको बर्रदली .. रछ्यानको पिकचर, कागती झुण्डाको ढोका. पेटी विहिन बलेसी . एउटा छात.... भाको भए... यो घर हुने थियो | बाटो ... सर्बांग नागों.. बेरिदैछ पैतालासंग | काठमा टासिएका पातहरु सजिब्ताको प्रमाणकोलागि कथा लेख्दै छन् .. दुंगाका हरफहरु.. अक्षर बने... यहाँ हरेक ठाउँ हरेक मानिस एउटा कथा बनेर बाँचेको छ | भीड ... कुनै अर्थ बिना.. जसले जे भन्यो , जसले जे गर्यो क्या परिचय छ !!! समाजको टाउको बेश्य्को शरीर ... थकित भएर पनि चकित बनाउन.. फिजिएको छ .. चारैतिर | हेर्दै.. दगुर्दै .. दृस्टी र पाईलाको युद्धमा .. डुब्दै गएका किरणहरु .. उभर्दै गएका आशाहरु तन्काउदैछन् .. यहाँ देखि त्यहाँसम्म | कहिले छिन्ला यो जीवन... Last edited: 09-Apr-12 12:15 AM
jhaukiri · Apr 9, 2012 12:14 AM · 6,790 views
लौ आज पनि टाउको दुखिरहेको थियो यहाँको कविता पढेर मजा आयो.. अब चाँही नेपाली टाइप गर्न सिकाउनै पर्यो जस्तो छ
Geology Tiger · Apr 9, 2012 12:25 AM
दामी लग्यो हौ कविता त ..... हुन पनि हो "यहाँ हरेक ठाउँ हरेक मानिस एउटा कथा बनेर बाँचेको छ | " सारै मीठो ......
ThahaChaena · Apr 9, 2012 9:18 AM
सटिक मिठो अर्थपूर्ण कविता . हिज्जे मा चै अलि खयाल गर्न पर्यो अब
amricane · Apr 9, 2012 9:54 AM
अब दाईहरुले नै सिकाउनुपर्छ | हाहाहा ..
jhaukiri · Apr 9, 2012 12:34 PM
झ्याउकिरीको कवितामा नतमस्तक भए फेरी एकपटक !! लेख्दै जानुस !!
bhakte dai · Apr 9, 2012 12:38 PM
सारै नै राम्रो लग्यो कविता
pokhrelikanchi · Apr 9, 2012 12:54 PM
sabailai ..thank you!!
jhaukiri · Apr 9, 2012 9:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion