ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गणतान्त्रिक नेपालको संघिय राज्य हरुको नाम र सिमांकन ऐतिहासिक पृष्ठभूमि आधारमा गरिनु पर्छ किनकि इतिहास नै मानव सभ्यता को  जिउदो अभिलेख हो | इतिहास लाई बंग्याइएको खण्डमा सास्कृतिक र मौलिक पहिचान बेवारिस हुन पुग्छ  र भावी पुस्तालाई  पहिचान बिहिन बनाई  दिन्छ  | प्राय हरेक दिन जसो नेपालबाट  प्रकासित हुने संघियता समबन्धि लेख र स्तम्भ हरुमा पहिचानको माग लाइ जातीय र साम्प्रदायिकता संग मुछ्ने कार्य लाई दुर्भाग्य पूर्ण मान्नु  पर्छ | कथित नेता र स्वघोषित बुद्दिजीवी  भनौदो हरु देखि  नेपालका प्रमुख पत्र पत्रिकाहरु ले पहिचान को माग लाइ जबरजस्ती साम्प्रदायिकता संग जोडेर भ्रम सिर्जान गर्नु का साथै संघियता  प्रति वितिष्णा फैलाउने कार्य मा आफ्ना सम्पूर्ण शक्ति र श्रोत खर्च गरिरहेका छन् | संघियता लाइ जातियता संग जोडेर  सदियेऔ  देखिको सामाजिक सदभाव  लाई खलबल्याउने र  साम्प्रदायिक द्वेष  फैलाउने अर्को गल्ति गरि रहेका छन्  | अहिले देखिएको  जातीय अहंकार लाई निरुत्साहित नगर्ने हो भने निकट भविष्यमा  नेपाल  फेरी अर्को  कहाली लाग्दो जातीय युद्दमा फस्न सक्छ - जुन माओबादी को जनयुद्द भन्दा भयावह र रक्तपात पूर्ण  हुन् सक्छ | राज्य पुनःसंरचना आयोगले दुइ भिन्न प्रतिबेदन प्रस्तुत गरेपछि संघियता को बहस झनै चर्किएको छ | संघिय नेपालमा कति राज्य हरु बनाउने र उक्त राज्य हरुको नामकरण कसरि गर्ने भन्ने कुरामा सबैलाई मान्य हुने र सर्ब सम्मत हुने स्थिति नरहेको अवस्थामा संघिय राज्य हरुको निर्माण गरेर  जेठ १४  सम्म मा सबिधान जारी गर्ने  सम्भावना अत्यन्तै न्यून देखिन्छ | नेपालका प्रमुख पत्र पत्रिका र सामाजिक संजाल मा पनि संघियता  को व्यापक बिरोध भएको देखिन्छ र त्यस को प्रमुख कारण जातीय संघियता भन्ने आम जनमानस मा पर्न गएको भ्रम नै हो | पहिचान को आन्दोलन लाई जातियता संग जोडेर सयौ बर्ष सम्म एकाधिकार रुपमा हाली मुहाली गर्न पल्केका सिमित वर्ग र जातिका विद्वान हरु प्रायोजित  रुपमा संघियता लाई असफल पार्ने  षडयन्त्र मा लागि परेका छन् | नेपालका  स्वघोषित बुद्दिजीबी हरु  राज्य द्वारा  विभेद गरिएका  उत्पीडित र जनजाती हरु लाइ  उनीहरुको हक र अधिकार  दिनु  हुदैन भन्ने मानसिकता  बोकेर संघियता को बिरुद्दमा विष वमन गरिरहेका छन् |   ऐतिहासिक पहिचान लाइ जातिबाद संग जोड्नु हुदैन थियो तर माओबादी र कथित मधेशी हरुले सुतेको बाघ लाइ ब्युझाई सकेका छन् अब हेर्न बाकी छ की त्यो बाघ ले कसलाई खान्छ ? काशी बाट दिक्षित् भएर फर्केका ब्राह्मण हरुले   जंगल को बाटोमा  बाघ को हड्डी भेटेर आफ्नो बिधाशक्ति ले  जिउदो बाघ  बनाए पछि उनीहरुलाई नै खाएको कथा त तपाई हामीले पढेका हौ  |नेपालको राजनीति मा जातियता को बाघ ब्युझौने काम   माओबादी ले गरे  त्यस पछि जातियता लाई  मधेसबादी हरुले चर्काए | जातीय अहंकार ले नेपाली समाज मा एका तर्फ सामाजिक सद्भाव बिथोलि रहेकोछ भने अर्को तर्फ नेपालका प्रमुख राजीतिक पार्टी हरुलाई समेत ठुलो चुनौती दिई रहेको छ | कथित जनयुद्द को बेला माओबादी ले प्रत्येक जातिलाई जातको आधारमा राज्य दिने आश्वाशन दिएका थिए र आफ्ना स्थानीय एकाई हरु पनि जात कै आधारमा गरेका थिए | माओबादी ले आफ्नो स्वार्थ को लागि इतिहासमा कहिले नभएको नया राज्य हरु जातको आधारमा भाग लगाउन सुरु गरे | माओबादी ले प्रस्ताब गरेको  संघिय राज्य हरु  पहिचान को नभई जातीय राज्य हरु हुन् |  अहिले माओबादीलाइ नै उसले प्रस्ताब गरेको राज्य हरु निल्नु न ओकल्नु भएको छ किनकि माओबादी पार्टीका केहि नेताहरुनै जातीय राज्य को बिरोध मा उत्रेका छन् | बाघ ब्युझी सकेको छ, अब  ब्युतेको बाघले माओबादी मात्र नभएर एमाले , कांग्रेस र मधेसबादी दल हरुलाई  सिध्याउने खतरा बढी रहेको छ | संघियतालाइ आवस्यकता भन्दा बढी विवादित बनाएर सर्व साधारण जनता मा भय र त्रास को सिर्जना गर्ने  मावोवादी , कांग्रेस ,  एमाले र अन्य राजीतिक पार्टीहरुका हरुको आ-आफ्नै स्वार्थ हरु छन् |   पहिचान लाइ विषेस   मुद्दा बनाएर  आवाज उठाई रहेका  लिम्बुवान, थारुवान , मगरात , तमुवान का साथै खस क्षेत्रि समाजले  एक अर्काको  ऐतिहासिक पृष्ठभूमि लाई स्वीकारेर  संयुक्त रुपमामा कार्यगत एकता  गरेर आन्दोलन गरेमा   नेपालको राजीनिक पार्टीहरुको भबिस्य समाप्त हुनका साथै  आतंकबादी कम्युनिस्टहरु  र राष्ट्र घाती कांग्रेस  अनि  तेस्रो लिंगी  एमाले बाट नेपाली जनता सदाको लागि मुक्ति पाउने छन् | संबिधान निर्माण मा ढिलाई हुनुको मुख्य कारण संघियता नभई  राजनीतिक पार्टीहरुको आफ्नो हैसियत गुम्ने मानसिकता  नै हो | नेपालको राजनीतिक पार्टीहरुको बिगत लाइ केलाउने हो भने कसैले  चीनवादी हौ भनेर  गर्व गर्छन  त कोहि भारतवादी हु भनेर पाखुरी सुर्किनछन तर कोहि पनि नेपालवादी हु भनेर राजनीति गरेको देखिदैन  | यिनीहरुले आफ्नो पार्टीको कार्यक्रम मा होस् या त पार्टी कार्यालयमा होस् नेपालको राष्ट्रिय झन्डा कहिले राखेको देखिदैन | नेपालको शाशन सत्ता चलाउने   "योग्य" र "शिक्षित" वर्ग हरुले  राज्यको  दिर्गकालिन  पूर्वाधारहरुको विकास गर्न असफल भएको  हुनाले नै  अहिलेसम्म हामी नेपालीहरु   गरिवी, बेरोजगारी, भ्रस्टाचार अनि राजनीतिक अस्थिरताको  चपेटामा  गुज्रीनु परि रहेको छ | अब को एउटै बिकल्प भनेको पृथ्वी नारायण शाह को नेपाल एकिकरण अभियान मा नेपाल अधिनस्त पारिएका राज्य हरुलाई पुन त्यहि राज्य को नामकरण गरेर संघिय  राज्यहरु को नामकरण गर्नु नै सबै भन्दा सान्दर्भिक र बैज्ञानिक हुन्छ |   पृथ्वी नारायण शाह स-साना राज्य हरु लाइ एक्रित गरि   सिंगो नेपालको निर्माण गरेको  योगदान लाइ भुल्नु गल्ति हुनेछ  | मैले पहिले पनि लेखेको थिए पृथ्वी नारायण शाहले  नेपाल चार जात (ब्राह्मण,क्षेत्रि ,वैश्य र शुद्र ) अनि छत्तिस बर्ण (आदिवाशीहरु )  को सयुक्त फुलबारी हो भनेका थिए  तर उसका उत्तराधिकारी हरुले त्यो  उपदेशको मर्म बुज्न सकेनन | राज्यको स्रोत र अवसर दरवारियाहरु  र बाकी केहि सिमित बर्ग र जाति को प्रभुत्व मा रहन गयो त्यसको परिणाम आज सम्म पानि सबै नेपाली भावनात्मक रुपमा एकिकरण हुन् सकेको छैन |  माथिको  नेपालको नक्सा  डा हर्क गुरुङ  र उनका सहकर्मी हरुले  अठारौ शताब्दी को उत्तरार्धमा   नेपाल एजिकरण को समयमा अस्तित्वमा भएका राज्यहरु हरुको चित्रण गरिएको छ |  संघियता को राज्य हरुको नामकरण गर्दा एतिहासिक निरन्तरता , संस्कृतिक र भाषिक पहिचान लाइ  मान्यता दिएर संघिय राज्यहरुको सिमांकन गरेको खण्डमा अहिले संघियता को   विवाद ले निकास पाउने छ र सम्भागित  साम्प्रदायिक  दुर्घटनाहुन  बाट नेपाललाई बचाउने छ | http://www.nepalinagrik.com Last edited: 06-Apr-12 09:53 AM Last edited: 07-Apr-12 09:52 PM

kishorLimbu · Apr 6, 2012 9:51 AM · 24,660 views

20 Replies

 Kuro ta thikai ho Kishor ji. Tara eitihasik nam rakhda itihas ma kun rajya katro thiyo bhanne kura pani ta khyal rakhnu paryo hola ni. Aba Limbuwan ra khasan ko size barabar ta hunu bhaena. Yo afai ma jatil kura ho. Tesaile, hami sabai nepali hau bhanne bhavana rakhera decentralization lai nai ramrari lagu gare bhai halyo ni.  FYI: PN Shah le bhaneka 4 jaat Khas, Magar, Thakuri ra gurung hun.....chhetri, brahman, baisya, shudra bhanne kura pachi remix gariyeko ho.

NALAPANI · Apr 6, 2012 12:02 PM

ईतिहासको घोडा चढेर अहिले देशमा रहेका सामाजिक, आर्थिक र राजनैतिक चिराहरु सबै नाघ्न सकिन्छ भन्ने मित्रहरुलाई मेरो भन्नु यति मात्र हो चिनले लगाएको आर्थिक छलाङको कारण कुन सि हुवाङले छोडेको टेराकोटाको बिशाल फौज होइन । हामी वर्तमानमा बाचिरहेका छौ र हाम्रो उत्तरदायित्व भविष्यप्रति छ । म यो भन्दिन कि हामीले हाम्रो ईतिहासलाई भुल्नुपर्छ, हाम्रो पहिचानलाई भुल्नुपर्छ तर समयलाई पछि फर्काउन सकिदैन । यदि कोहि फर्कान्छ भने उ पछि पर्छ । अवश्य पनि ईतिहासको विभिन्न कालखन्डमा नेपालमा बिभिन्न जात- जातिका (जन जाति? ) मान्छेहरुले राज्य गरे, कहिले देशको विखण्डन गरे त कहिले एकिकरण पनि गरे र नेपाली सभ्यतालाई अगाडि बढाए । जुन समयमा सारा संसारभरिकै राज्य संरचनामा युद्दको महत्वपूर्ण स्थान थियो, त्यो समयमा तात्कालिन टुक्रे नेपाली राज्यहरुसँग पृथ्वीनारायण शाहले युद्द गरेर आफ्नो राज्यमा मिलाउनुलाई अक्षम्य अपराध मान्न कदापी मिल्दैन । गोर्खाले लिम्बुवानलाई जित्दा अन्याय गरेको हुने तर लिम्बुवानले गोर्खालाई जितेको भए न्याय गरेको ठहरिने अवश्य हुँदैन र त्यो समयमा यि दुई मध्य एक त हुनु पर्थ्यो पर्थ्यो । तर बर्तमान ईतिहास भन्दा धेरै फरक भैसक्यो । कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगिसके । न त तात्कालिन लिम्बुवान, खुम्बुवानमा वा अन्य कुनै राज्यमा अहिले एउटै जातिको मात्र बसोबास छ न त ती राज्यमा बस्ने कुनै एउटा जातिको मात्र आर्थिक, राजनैतीक र सामाजिक अवस्था औसत भन्दा तल छ । बुझ्नु पर्ने कुरा के हो भने अहिले नेपालको हरेक भागमा बहुसख्यक जातिको बसोबास छ अनि आर्थिक रुपले पछि परेका नेपालीहरु हरेक जात-जातिमा छन् । माने पनि र नमाने पनि ऐतिहासिक पहिचानको आधारमा संघिय राज्य बनाउने कुरा जातियतासँग जोडिन्छ जोडिन्छ । ए बाबा त्यो बेला पो त्यो ठाउँमा कुनै जातिको मात्र बसोबास थियो अहिले त बिसौ जातिको छ । अब त्यहाँ ऐतिहासिक पहिचानको नाममा कुनै एउटा जातिको नाउमा राज्य खडा गरेपछि अहिले त्यहाँ बसिरहेका अन्य जातिमाथि भेदभाव भयो कि भएन? उनिहरुले आफूलाई किन दोस्रो दर्जाको नागरिक महसुस नगर्ने? एउटा जातिलाई ऐतिहासिक पहिचान दिने नाउमा किन अर्काको बर्तमानको अधिकार खोस्ने? समस्याहरु अवश्य पनि छन् । तर समस्याहरु माथि अर्को समस्या के भयो भने न त हामीले हाम्रो खास समस्याहरुलाई पहिचान गर्न सक्यौ न त तिनको समाधानको सही बाटो पहिल्याउन सक्यौ । खाली आफ्नो स्वार्थ पूरा गर्न चाहने केही जातिवादी नेता र नेपाललाई आफ्नो प्रयोगशाला बनाउन चाहने बिदेशी एन्जियो आईएन्जियोको तालमा केही नेपालीहरु नाचिदिनाले आज सम्पूर्ण नेपालीले देख पाएका छन् । १ तपाईं यस्ता जातिय राज्य बनाएर (तपाईंको भाषामा ऐतिहासिक पहिचान) आधारमा अहिले नेपालमा रहेको जातिय विभेदलाई अन्त्य गर्नुहुन्छ कि यसलाई अझ चर्काउनुहुन्छ? यदि मेरो साथी लिमबु भएकै कारणले उसले परिक्षामा थोरै अंक ल्याउदा ल्याउदै पनि उसका बाबु र दाई ब्रिटिश आर्मीमा हुँदा हुँदै पनि र म आर्थिक रुपमा विपन्न हुँदा हुँदै पनि केवल बाहुउनको छोरो भएको कारणले छात्रव्रिती पाउदिन भने त्यो जातिय भेदभाव भयो कि भएन? अनि म जुन जातिको नाउमा त्यस्तो जातिय राज्य खडा गरिएको छ त्यो जातिप्रती कसरी सहिष्णु हुन सक्छु? २ नेपालीको अर्को समस्या गरीबी जुन हरेक जातिका नेपालीहरुमा विद्दमान छ त्यो एउटा जातिको नाममा राज्य खडा गरेर अनि त्यही जातिका मान्छेहरुलाई मात्रा मौका दिएर कसरी समाधान हुन्छ? के त्यो राज्यमा बस्ने अरु जातिका मान्छेहरु चाँही झन् झन गरीब हुँदै जानुपर्ने हो? समस्या धेरै छन् तर यसको समाधान भनेको नेपाललाई २०० बर्ष पछाडि धकेल्नु होइन । बिकासित देश अमेरिकामा अध्य्यन गरेका डा. कृष्ण भट्टचनले त देख्नु पर्ने हो नि अमेरिकामा कसरी मान्छेहरु काम र पढाईको लागि एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन् । यिनिहरुका पनि त पहिले विभिन्न युरोपी देशको अधिनस्थ कोलोनीहरु थिए । Last edited: 07-Apr-12 09:19 AM

Geology Tiger · Apr 6, 2012 4:15 PM

 बाहुन, छेत्री, से-ता-म-गु-रा-ली, नेवार, थारु, मधिसे, चौधरी, चेपाग, राउते, र अन्य छुटेका सबै भराउटे थर, साथै थुस्स गनह्यका NRN सबै चोर हुन । खाली देश को भाग बन्डा, भ्रस्टाचर मा लिप्त । तेसको जै होस् जसले देशको भलो गर्छ। GT को कुरा सोरै आना सही हो, दुई मत छैन।    भुत्रो को गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र, तेही शासक\सरकार  शाही हो जस्ले देश र जनताको सोझो गर्छ र हामी (जो जात, धर्म, लिङ) जस्ता अवसर्वादी को दोहोलो काढछ। 

lutee_bahun · Apr 6, 2012 4:47 PM

बर्गीय उन्मुक्तिको  कुरालाई आजका नेताहरु कसरी बंग्याएर जातीय उन्मुक्तिको  कारण देखाउचन ,I'm loving it !! It shouldnt be liberation of sherpa or madhise,it should better be liberation of the poor,the uneducated, and the women.It is a decentralisation of powers which is  needed and  not the creation of  yet another lot of 1000 petty-goons(so called regional leaders).

shiva_linga · Apr 7, 2012 6:56 AM

to KishorLimbu,                 येसो गरे के होला ? जसलाई जातियेको आधारमा संघियेता चाहेको छ उनीहरुले नेपालबाट छुट्टिएर बेग्लै आफ्नै एक छुट्टै राष्ट्र बनाए हुन्छ अरुलाई नेपाल रुपी Union मा शान्ति संग बस्न दिए हुन्छ जुन ९० % नेपालीहरु पनि चाहनछन् |  

Tmobile · Apr 7, 2012 8:31 AM

यी जूकाहरु जुनसुकै नाममा भए पनि नेपाली जनताको रगत चुस्न चाहन्छन् । एउटा एउटा नारा, एउटा अलाप, एउटा पासो सधैं फालिरहेका हुन्छन् । अनि हामी जनता आँखा चिम्म गरेर यिनको पछाडि लाग्छौ, मारामार गर्छौ । यिनीहरुले पहिले जातियताको राग अलापे, त्यसको सर्वत्र विरोध भए पछी अहिले ऐतिहासिक पहिचानको राग अलाप्दै छन् । अनि नपढेका र पढेका जनताहरु चाँही तिनिहरुकै लहलहैमा लागेका छन् । किशोर लिम्बु जि तपाईंलाई म इस्वीको १८ औ शताब्दीको होइन १ अरब बर्ष अघिको नक्सा दिनसक्छु । जुन बेला अहिले नेपाल भन्ने भू-भागको पृथ्वीको सतहमा कुनै भौगोलिक अस्तित्व नै थिएन । जुन बेला यो पुरै समुन्द्रको पिधमा थियो । ल खोज्न सक्नुहुन्छ अब त्यो बेलाको ऐतिहासिक पहिचान? त्यहाँ कुन कुन जातिका भ्यागुता र कुन कुन कुन जातिका माछाहरु पौडिन्थे, पहिले त्यो पत्ता लगाउनुस् अनि तिनिहरुकै नाममा राखौ न त नेपालको संघीय राज्यहरुको नाम । के छ यसमा यहाँको विचार?   Last edited: 07-Apr-12 11:10 AM

Geology Tiger · Apr 7, 2012 11:01 AM

किशोर लिम्बु ब्रो ,                मसंग पनि एउटा १७ ओं  सताब्दीको documents छ जुन मलाई  एक जना सिक्किमको साथीले दिएको थियो| जुन documents मा लिम्बुवान भारतको सिक्किम अन्तर्गत पर्छ भनेर !!!! उतै तिर गाब्ने होकी तपाइको जातिय राज्य लिम्बुवान लाई ???

Tmobile · Apr 7, 2012 11:23 AM

/* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} Nalapani Ji, glad to see your comment, after all we are still around ! नेपाल एकीकरण भएको केवल साढे दुइ सय वर्ष भएको छ जुन इतिहासको काल खण्ड मा&nbsp; कुनै लामो समय होइन | नेपाल एकिकरण ताका कुन राज्य हरु कहाँ थिए भन्ने कुरा त स्पस्ट नै छ जस्तै:&nbsp; सुदुर पश्चिम को खस/ठकुरी हरुको २२ राज्य अनि मगरहरुको २४ राज्य अनि पुर्व किरात राज्य हरुको सिमाना कहाँ सम्म थियो भन्ने कुरा हरुको एतिहासिक दस्ताबेज हरु अझै सुरक्षित् छन् | <w:LsdException Locked="false" Priority="63" SemiHidden="false" UnhideWhenUsed

kishorLimbu · Apr 7, 2012 9:33 PM

/* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} &nbsp; Last edited: 07-Apr-12 10:05 PM

kishorLimbu · Apr 7, 2012 9:45 PM

dear all , i was unable to post my full replies for the comenteters. thanks for your comments . I will try to post again later in the evening !

kishorLimbu · Apr 7, 2012 9:49 PM

PN Shah created 4 jaat, 36 varna was a biggest mistake. he could have just said one nation, one nepalese. he shouldn't have declared nepal as &quot;asali hindustan&quot; which give wrong image to nepal and nepalese.

NepalBitich · Apr 7, 2012 9:55 PM

Nalapani ji , thanks for your commet , after all we are stlli around ! नेपाल एकीकरण भएको केवल साढे दुइ सय वर्ष भएको छ जुन इतिहासको काल खण्ड मा&nbsp; कुनै लामो समय होइन | नेपाल एकिकरण ताका कुन राज्य हरु कहाँ थिए भन्ने कुरा त स्पस्ट नै छ जस्तै:&nbsp; सुदुर पश्चिम को खस/ठकुरी हरुको २२ राज्य अनि मगरहरुको २४ राज्य अनि पुर्व किरात राज्य हरुको सिमाना कहाँ सम्म थियो भन्ने कुरा हरुको एतिहासिक दस्ताबेज हरु अझै सुरक्षित् छन् | तपाई ले लिम्बुवान र खसान को&nbsp; Size बराबर हुनु भएन भन्नु भयो&nbsp; जुन अप्रासंगिक छ किनकि तेरो भन्दा मेरो राज्य ठुलो/सानो हुनु पर्छ भन्ने कुरा नै गलत हो | राज्य हरुको सिमाना इतिहास&nbsp; भएको तथ्य हरुको को आधारमा तोक्ने हो |खस हरुको टुक्रे राज्य हरु हुनु अघि नेपालको सुदुर पचिम देखि भारत को कुमाउ क्षेत्र सम्म&nbsp; बृहत खसान राज्य थियो भन्ने इतिहासकार हरुको भनाइ छ | खस/ठकुरी हरुको २२ राज्य लाइ गोर्खा राज्य मा मिलाएको हुनाले उनीहरुको साझा पहिचान खसान राज्य भनेर उक्त क्षेत्र लाइ संघिय राज्य बनाउनु उपयुक्त हुन्छ | नेपालका खस क्षेत्रि समाज र ब्राहमण समाज ले उनीहरुलाई पनि आदि बाशी मा सुचिकृत गर्नु पर्छ भनेर आन्दोलन गरेर नेपाल बन्द पनि गरे | धेरै गैर बाहुन क्षेत्रि ले उक्त कुरा को बिरोध गरे पनि म लगायका उदारवादी विचारधारा राखने साथीहरु भने हर्षित भयौ | नेपालका सबै आदि बाशी हरुले आ-आफ्नो ऐतिहासिक राज्यहरु को दाबी गरेमा इन्डियाको इसारामा भै रहेको एक मधेस&nbsp; एक प्रदेस को स्वत खारेज हुन्छ | हुनत नेपालको इतिहास लाइ केलाउने हो भने&nbsp; नेपालका बाहुन र क्षेत्रि हरुले जातीयताको को कार्ड&nbsp; ज्यादै कुसलता पुर्बक खेल्दै आइ रहेको छ | उनीहरु इन्डिया मा गएर हम हिन्दु , आर्य जाति है , हमार भाषा संस्कृति भी एक हे भन्छन अनि नेपाल फर्केर इन्डियाको बिरोध गर्ने ढोगगर्छन |&nbsp; उसको सानो उदाहरण तल दिएको छु - &nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &quot; अहिले बाबुराम, माधवकुमार तथा पहिला मात्रिकाप्रसाद कोइरालासम्म कसरी प्रधामन्त्री बने ? मधेसीलाई&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; गाली&nbsp; गरिन्छ तर, गैरमधेसीहरु कहिले काँही त नेपाली हुँ भन्ने पनि बिर्सन्छन् । उनीहरु हिन्दीमा भट्याउँदै &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &lsquo;हामारा जन्म कान्याकुब्जमे हुवा था । हाम कान्याकुब्जी ब्राम्हण हे, हामारा पुर्वजओका जन्म कुमाउँ &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; गढबलमा हुवा था, इसिलिए हाम कुँमाई ब्राम्हण हे । हाम और आप उपाध्याय हे और एक हि हे&rsquo; भनेर &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; व्याख्या गरेको पनि यही कानले सुनेको छु&quot; &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; -उपेन्द्र यादब&nbsp; :&nbsp; onlinkhabar को अन्तरबार्ता नेपालका इतिहास र राजनीतिक घटना क्रम लाइ हेर्ने हो भने&nbsp; चतुर ब्राह्मण हरुको सल्लाह ले खस&nbsp; क्षेत्रि/ठकुरी हरुले नेपालमा अरु जाति माथि शासन गरे | २०४६ साल पछि&nbsp; नेपालका कुटिल बाहुन (दरबारको नजिक हुने हरु ) र भारत सग नजिक हुने बाहुन हरुले&nbsp; खस क्षेत्रि&nbsp; हरुलाई पछारेर नेपालको सासन हत्याएका छन् | शासन हत्याएर त केहि थिएन यिनीहरु ले&nbsp; निकट भबिस्य मा नेपाललाई भारत मा बिलय गर्ने षडयन्त्र मा लागेका छन् | नेपाल मा अनधिकृत रुपमा सन् १९८० -१९९० सम्म मा ३८&nbsp; लाख भारतीय हरुलाई नेपाली नागरिकता दिएका छन् जुन भारत को अधिकारिक स्रोत ले नै किटान गरको छ | According to figures given by the Indian Ministry of External Affairs in 1980, among the 3.8 million people of Indian origin in Nepal, 62.8 percent had acquired Nepal&rsquo;s citizenship -&nbsp; Dr हर्क गुरुङ भारत को अधिकारिक स्रोत ले ६२ प्रतिसत भने पनि तिनीहरु १०० प्रतिसत ले नै नेपाली नागरिकता लिएको मा अब कुनै शंका छैन | त्यसै गरि सन् २००६- २००७&nbsp; मा लगभग ४०&nbsp; लाख&nbsp; नेपाली&nbsp; नागरिकता बितरण गर्दा सक्कली नेपाली नागरिकहरु ले भन्दा भारत बाट छिरेका बिहारी हरुले नै नेपाली नागरिकता हात पारे | यी बाहेक नेपाल एकीकरण पश्चात धेरै भारतीय हरु नेपाल छिरेका छन् | नेपालमा लगभग ६० -७०&nbsp;&nbsp; लाख भारतीय हरु अहिले नेपालका नागरिक भएका छन् | अब नेपालका लगभग ३० प्रतिसत जनसंख्या भएका हिन्दु ब्राहमण र क्षेत्रि हरु ले दरमा र संस्कृति अनि जातियता को आधारमा भारत मा बिलय गर्न लाइ जनमत संग्रह गरेमा त्यसको नतिजा के हुन्छ भनेर तपाई हरु जस्ता दिग्गज हरुलाई मैले भनि रहनु नपर्ला | नेपालको जनजातीहरु लाइ&nbsp; त्रसित गराएको एउटा तितो यतार्थ हो यो तर सबैले यो कुरा ओकल्न हिचकिचाउछन् | अब भबिस्य ले निर्धरना गर्ने हो कि नेपालका खस क्षेत्रि र ब्राह्मण हरुले नेपाल का पिछडिएका जनजाती संग हातेमालो गरि&nbsp; अघि बढ छन् कि आफ्ना गोत्र पछ्याउदै&nbsp; नेपाललाई भारत मा&nbsp; गाभ्ने रणनीति लाइ अगाडी बढाउछन् समयले बताउने छ | **अरु साथी हरुको पनि Reply&nbsp; गर्ने छु | कृपया तार्किक र बौद्धिक&nbsp; प्रतिक्रिया हरु दिनुहोस जसले नेपाल र नेपालीको बिगत र बर्तमान को बारेमा हामी सबैले जाने बुझेका कुरा हरु एक अर्का बाट&nbsp; सिक्न सकियोस **

kishorLimbu · Apr 7, 2012 10:03 PM

&quot;According to figures given by the Indian Ministry of External Affairs in 1980, among the 3.8 million people of Indian origin in Nepal, 62.8 percent had acquired Nepal&rsquo;s citizenship -&nbsp; Dr हर्क गुरुङ&quot; Thanks for your insight @Kishorlimbu. if nepal government is willing to give indian people nepali citizenship i am astounded on why the same nepali govt. is not willing to give nepali citizenship to bhutanese refugees in nepal. afterall they are the nepalese.

NepalBitich · Apr 7, 2012 10:09 PM

i read somewhere that nepali citizenship certificates were distributed to some 2.6 million indian people during the rule of NC in early 90's. nepali congress under girija prasad koirala no doubt is responsible for selling nepali citizenship and sovereign to india.&nbsp; if investigate properly, g.p koirala is a criminal.

NepalBitich · Apr 7, 2012 10:29 PM

&nbsp;Kishore Limbuji, thanks for your reply.&nbsp; I want to be pretty concise here &nbsp;All the 22 states in bheri and karnali were of khasas. But not all 24 principalities in Gandak region beloned to magars. Just 12 of them belonged to magars (12 mangarat bhanne sunnu bhaekai hola, tara dheraima king chai thakuri nai hunthyo bhalai tyo magar bata elevate bhaeko thakuri nai kina nahos) rests belonged to thakuri/chhetris (nuwakot, gorkha etc). These 24 states also came to existence after the collapse of great khas empire. [I can provide you the names of 12 mangarats if you need] 2. I do not see your claim of only bahun and chhetri-thakuris to be in power valid. The truth is, before 2007 bahuns were in miserable conditions. Only raj purohit used to be powerful to some extent. Moreover, untill 1903 BS thakuris were the most powerful then came chhetris and magar and finally gurungs. Why not to write the truth. There were so many magar and gurung generals before Rana empire. In BS 1903 when Jung Bdr snatched all the political power he shunned all the elite thakuri, chhetri, magar and gurung out of power. When democracy dawned in 2007 then came the time of bahuns. How many PM can you see from chhetri community after 2007? Just 1 right? S B Thapa. Mr. Singh, Chand, and Deuba are from thakuri clans. So, chhetri harule sashan gare bhanuu teti upayukta nahola. Yes, we have huge representation in Nepal Army, I agree. The thing that you said got on my nerve is &quot;Bahun chhetri le nepal lai bharat ma bilaya garauchhan&quot;. What are your grounds for this allegation? Do you know kun chai jati ko nepal ko rastriyata bachai rakhna ma sabai bhanda badhi yogdan chha?&nbsp;

NALAPANI · Apr 7, 2012 10:43 PM

&nbsp;Troll : Lower form of life, filthy loosers Ignore it.

giordano · Apr 7, 2012 10:55 PM

GT मित्र , प्रतिक्रिया को लागि धन्यवाद | तपाइको प्रतिक्रिया मननीय भैकन पनि पूर्वाग्रही बढी छ | तपाइको प्रतिक्रिया को केहि मुख्य&nbsp; कुरा हरुको Reply&nbsp; गर्ने प्रयास गरेको&nbsp; छु | लगभग २००० वर्ष पछि धर्म ग्रन्थमा उल्लेख गरिए अनुसार Jewis&nbsp; state&nbsp; Israel बनेको त तपाई जस्ता दिग्गज लाइ थाहा नै होला | अब तपाइको भने जस्तो कुरा गर्ने हो भने यो पृथ्वी नै एक देश भई हाल्यो नि किन&nbsp; अमेरिका अस्ट्रेलिया जान&nbsp; विसा चाहियो ? किन scotis&nbsp; हरुको राज्य scotland राख्नु पर्यो , किन संसारकै गरिव&nbsp; नेपालीहरुले संसारको धनि अस्ट्रेलिया र अमेरिकन भन्दा बढी तिरेर university पड्नु पर्थ्यो ?&nbsp; किन iris हरुको देश Ireland&nbsp; राख्ने ? uk&nbsp; मा धेरै इन्डियन र पाकिस्तानी छन् अब ब्रिटिसको&nbsp; नाम&nbsp; Paki&nbsp; land&nbsp; राखे भै हाल्यो नि ? यस्ता आदर्श को कुरा बच्चा जस्तो नरटेकै&nbsp; भए हुने थियो है मित्र ! काठमाडौ बाहिरका आजभन्दा ८० बर्से वृद्द लाई नेपाल कहाँ छ भनेर तपाई हरु कसैले सोध्नु भयो भने उसले काठमाडौँ लाई मात्र नेपाल हो भन्छ &ndash; त्यसतै सुदुर पूर्वी नेपालको लिम्बू बृद् हरुलाई सोध्नु भयो भने उनीहरुले आफु लाई दस लिम्बुवान बाशी भनेर भन्छन &ndash; किनकि उनीहरु नेपाली बाशी हुनु भन्दा हजारौ वर्षअघि देखि किरात देश को लिम्बुवान बाशी थिए | गोर्खाले राज्य ले लिम्बुवानलाई जितेको होइन , बि. स . १८३१ मा स्वायत्त राज्य&nbsp; हुने गरि सन्धि गरेका हुन् |&nbsp;&nbsp; तत्कालिन समय मा लिम्बुवान को सिमा सिक्किम को टिस्टा नदि सम्म फैलिएको थियो र अझै ४० प्रतिसत लिम्बुहरुको जनसंख्या दार्जिलिंग र सिक्किम मा बसोबास गर्छन | &quot;सिक्किम&quot; सब्द लिम्बु भाषा भएको ले सिकिम लिम्बुवान भित्र थियो भन्ने कुरा लाइ स्पस्ट पार्छ | १६ औ सताब्दी tibetan मुलका नामग्याल हरु अस्तित्व मा आएर पूर्वी सिक्किम देखि भोटांग सम्म उनीहरुको राज्य बनाए | गोर्खा राज्य संग सम्झौता गरे पछि असन्तुस्ट लिम्बुहरु ले बिद्रोह गरि&nbsp; सिक्किम का नामग्याल लाई सघाए | त्यस पछि गोर्खाली सेनाले सिक्कीम आक्रमण गर्दा&nbsp; गोर्खा समर्थक लिम्बु हरु र सिक्किम को सरन मा गएको लिम्बुहरु ले एक अर्का मा काटाकाट पनि&nbsp; गरे&nbsp; अन्तमा गोर्खाली हरुले सिक्किम माथि बिजय गरे र त्यहाँ देखि भागेका लिम्बुहरु आसाम राज्य मा गएर बस्न थाले | पछि&nbsp; अंग्रेज संग नेपाल ले युद्दमा हारे&nbsp; पछी&nbsp; सुगौली सन्धि भयो र तेतिबेला देखि आधा लिम्बुवान को पूर्वी भाग सिकिम मा र दर्जेलिंग मा विभाजित हुन् पुग्यो |&nbsp; पूर्वी जर्मनी र पशिमी जर्मनी बिचको पर्खाल भत्काएर एक जर्मनी बन सम्भव भयो भने पूर्वी लिम्बुवान र पश्चिम लिम्बुवान पनि एकदिन एक लिम्बुवान बन्न सक्दैन भन्न सकिदैन तर त्यसलको लागि हामीले&nbsp; धैर्यता राक्नु पर्छ | तपाई ले समानता को कुरा र छात्रवृति को कुरा गर्नु भएछ | एकचोटी अमेरिका , अस्ट्रेलिया , यू.के . मा&nbsp; छात्रवृति पाएर कति लिम्बू , राई ,गुरुङ र मगर हरु&nbsp; गएका छन्&nbsp; अनि कति को संक्यामा बाहुन , क्षेत्रि र मधिसे हरु गएका छन् आफै विचार गरौ है मित्र ? बिस्लेशन गर्ने जिम्मा तपाई लाइ नै दिन्छु | मैले उल्लेख गरेका बाहेक का जाति बाहेक अरु जनजाती हरु त झनै पछाडी पारिएका छन् , उनीहरुको आवाज सम्म सुनिदैन | अहिले को ८० प्रतिसत भन्दा बादी सरकारी कर्मचारी हरु ब्रामण ,क्षेत्रि मधिसे र नेवार समुदाय बाट छन् (सेनामा बाहेक) राज्यको प्राकृतिक स्रोत को दुरुपयोग को कुरा गरेर गरि नसक्नु छ | भ्रस्टाचार मा संसारमै नाम कहलिएको छ . ५-७ हजारको जागिर खाएर ५ करोड को घर बनाउने जनजाती हरु बिरलै होलान&nbsp; | जल स्रोत , बन जंगल को दुरुपयोग गर्ने र कमिसन खान मा लाटो लिम्बू हरुको दिमाग पुग्दैन झन् उद्योग धन्दा मा जनजाती हरु&nbsp;&nbsp; कहिले पनि सहभागिता हुन् नसक्ने गरि थिचिएका छन् | हामीले आफ्नो हक र अधिकार खोज्दा बाहुन क्षेत्रि को खोस्ने कुरा गरेका छैनौ | हामीले समानता र देश निर्माण मा समान सहभागिता खोजेका हौ |

kishorLimbu · Apr 8, 2012 2:52 AM

मित्र किशोर लिम्बु, म गान्धीवादी चाँही होइन म फूलले हान्नेलाई फूलले नै हान्छु यदि कसैले ढुङ्गाले हान्छ भने त्यसलाई अझ सकेसम्मको ठूलो र सार्हो ढुङ्गाले हान्छु । &nbsp; हो म मानवले बनाएको यी सबै काल्पनिक सिमारेखाहरुको अन्त्य हुनुपर्छ भन्ने दर्शन बोक्छु, तपाईंको लागि यो अत्यन्त हावादारी गफ हुन सक्छ तर सय बर्षमा नभए हजार बर्ष पछि यो कुरा अवश्य हुनेछ भन्ने मेरो विश्वास हो ।&nbsp; &nbsp; स्कटल्यान्डलाई जुन बेला उनिहरुले त्यो नाम दिए त्यहाँ कति प्रतिशत स्कटिशहरु बसोबास गर्थे ? आयरलयान्डलाई जुन बेला आयरल्यान्ड नाम राखे त्यो बेला कति प्रतिशत आइरिसहरुको बसोबास थियो? तपाईं त ऐतिहासिक प्रमाणहरुको आधारमा बोल्ने तर ब्रिटेनमा पाकिस्तानी र ईण्डियनहरु धेरै छन भनेर के हावादारी कुरा गर्नु भएको? के उनिहरु ब्रिटिश भन्दा पनि धेरै छन् ? एक चोटि तथ्याक खोतलेर हेर्नु होला .. फेरी मैले त जुन जातिको संख्या बढी छ त्यसैको नाममा राज्यको नाम राख्नुपर्छ भनेकै छैन, कहाँ देख्नु भयो यहाँले त्यस्तो कुरा? मैले त कुनै पनि जातिको नाममा राज्य नराखौ भनेको हो, बुझ्नु भयो ? .........&nbsp;अनि तपाईंले भनेको लिम्बुवानमा लिम्बुहरु कति प्रतिशतमा छन् ? तपाईं ऐतिहासिक पहिचान खोज्ने भन्दै त्यो सिङो प्रदेशलाई त्यही अल्पसंख्यक लिम्बुको नाम दिन चाहनुहुन्छ भने त्यो बाँकी अरु जातीको लागि पूर्वाग्रह भएको कि भएन ? तर पनि तपाईंको नजरमा पूर्वाग्रही म हुँ तपाईंले त केवल ऐतिहासिक पहिचान न खोज्नु भएको हो यसमा तपाईंको के गल्ती? के तपाईंलाई लाग्छ तपाईं बाहेकका त्यहाँ बसोबास गर्ने अरु जातिले के चाहन्छन् ? तपाईंहरुलाई कहिले उनिहरुको कुरा पनि सुन्नु पर्छ भन्ने आवश्यकता महसुस भएको छ ? ए बाबा तिनिहरु चाँही मान्छेनै होइनन् तिनिहरु चाँही नेपाली नै होइनन् ? अनि के यहाँहरुले लिम्बुवान बनाए पछि बाँकी अरु सबै जातिले यहाँको दया निगाहमा बाँच्नुपर्ने ? कि लिम्बु बाहेकका अरु सबै जातीलाई लात हानेर निकाल्नु हुन्छ ? के यही हो समाबेशी प्रजातन्त्र ?&nbsp; &nbsp; मेरो ईतिहासको अध्ययन त्यति राम्रो छैन त्यही भएर गोर्खा र लिम्बुवानमा कसले जितेको थियो, कसले सम्झौता गरेको थियो जस्तो बिषयहरुमा बढी बोल्न सक्दिन तर मैले भन्ने कुरा के हो भने तपाईं ईतिहासको अध्ययन गर्नुस, यसलाई परिमार्जित् गर्नुस् अनि सुरक्षित गर्नुस् तर ऐतिहासिक पहिचानको नाममा नेपाललाई फेरि २०० बर्ष अगाडिको राज्य सिमाहरुमा टुक्रा पार्ने कुरा चाँही नगरनुस् ।&nbsp; &nbsp; ए बाबा मौका नपाउने ले त पाएनन् रे तर ब्रिटिश आर्मीमा बाबु र दाई भएर काठमाडौमा मस्ती गरेर बस्दा पनि जाँचको अघिल्लो दिन एसी मिलान र चेल्सीको म्याच हेरेर बस्छ भन्ने त्यो मेरो गुरुङ साथीले छात्रब्रिती नपाउदा पनि दोष चाँही मलाई? मैले भनेको त मैले घुडा धसेर रात रातभर नसुतेर पढेर धेरै नम्बर ल्याउदा पनि म भन्दा कम नम्बर ल्याएको साथीलाई गुरुङ नै भएको कारणले किन छात्रब्रिती दिएको भन्या हो ? कुरा बुझ्नु भयो ? &nbsp; तपाईं मलाई पूर्वाग्रही भएको आरोप लगाउनु हुन्छ तर आफू चाँही घुस्याहा चोर फटाहा सब यही बाह्हुन छेत्रीमा छन् भन्नु हुन्छ । यस्तो लाग्छ आनी ले गाए जस्तो राइलिम्बु र अरु जातीको लागि चाँही तपाईंको आँखा फूल भएछन् र अरु बाउन छेत्री लगायत अरु जातीको लागि चाँही काँडा भएछन् । राइलिम्बुले चाँही जे गरे पनि फूल न हुन् । तपाईंलाई म एउटा सल्लाह दिन्छु एउटा डायरी लिएर बस्नुस् र हरेक दिन आएको समाचारबाट चोरी, डाँका, घुसखोरी जस्ता सबै टिप्नु होस् त्यसमा कुन कुन जाती सहभागी छन् त्यो पनि नोट गर्नुहोस् । यदि ६ महिना यस्तो गर्दा पनि कोही लिम्बु, मगर, तमाङ, गुरुङ आदी परेन भने मलाई आएर भन्नु होला म तपाईंलाई आफ्नो गुरु मान्ने छु । किशो रजी खराब प्रवितीका मान्छे हरेक जातीमा छन् र राम्रा मान्छे पनि हरेक जातीमा छन् त्यसैले यो सबै कुरालाई जातियतासँग लगेर नजोड्नुस् ।&nbsp; &nbsp; अधिकार सबैलाई चाहिन्छ तपाईंलाई पनि चाहिन्छ अरुलाई पनि चाहिन्छ र अधिकार माग्दा हामीले बिचार पुर्याउन पार्ने कुरा भनेकै त्यही हो आफ्नो अधिकार माग्दा अरुको अधिकार नखोसियोस्&nbsp; &nbsp; Last edited: 08-Apr-12 11:33 AM

Geology Tiger · Apr 8, 2012 11:15 AM

&nbsp;लिम्बु जी,&nbsp; यहाँ लाइ एक प्रस्न, ल मानौ तपाइले भने जस्तो लिम्बुवान र अरु १३ - १४ वोटा प्रदेश खडा भयो. त्यसपछि तपाइको योजना के छ &nbsp;? अरु भाषा भासी लाई &nbsp;तपाइको प्रदेशमा समावेस गर्ने &nbsp;कस्तो नीति छ ? अन्य प्रदेश मा तपाइलाई कस्तो व्यवहार गरुन जस्तो लाग्छ ? अब मेरो विचार, नेपाल जस्तो &nbsp;बहुभासिक, बहु साँस्कृतिक, बहुजातीय एवं चरम भौगोलिक बिभिद्ता भएको देशमा जतिवटा &nbsp;प्रदेश बनाए पनि सबैलाई &nbsp;रहर पुग्ने गरि भाग लगाउन &nbsp;सकिन्न. त्यसरी बनाइएका प्रदेशहरु पनि stable हुन सक्दैनन्. कुनै जात, धर्म, बर्ण वा आस्था को आधारमा खडा गरिने प्रदेशहरु तानासाही बन्न कुनै बेर लाग्दैन.&nbsp; धेरै राज्य बनाउंदा केवल राजनीतिनै मूल पेशा भएकाहरुलाई मात्र रोजगारीको सुवर्ण अवसर प्राप्त हुन्छ त्यसको खर्च भने आम नेपालीले तिर्नु नै पर्छ. जब मुख्य खर्च नै नेता पाल्न हुन्छ तब देशले कसरि विकास गर्ने ? मैले &nbsp;बुझेको कुरा के हो भने &nbsp;हामीलाई सासन गर्ने ससक भन्दा, &nbsp;मिहिनेत गर्ने परिश्रमी हात हरु धेरै चाहिएको छ. &nbsp;त्यसैले पनि सासन गर्ने संयन्त्र कम खर्चिलो बनाउन पनि न्युनतम प्रदेश बनाउनु पर्छ. नेपाल जस्तो देशलाई पुन संरचना गर्दा आर्थिक उन्नति लाई आधार बनाउनु को कुनै विकल्प &nbsp;छैन. &nbsp;&nbsp;त्यसैले भौगोलिक आधारमा&nbsp;आर्थिक प्रगतिलाइ रणनीति बनाउने हो भने चार प्रदेशको नेपाल उपयुक्त देखिन्छ . हाल रहेका पाँच बिकाशक्षेत्रलाई नै न्युनतम परिवर्तन गरेर चार प्रदेश को रुपमा परिवर्तन गर्दा नेपाल र नेपाली को हितमा हुने मैले देखेको&nbsp;छु. बिक्रम संम्बत २०६८ को जनगणना लाई हेर्दा नेपालको जनसंख्या २६,६२०,८०९ छ. यो जनसंख्या को करिब २३% पुर्वान्चलमा, ३४% मध्यमान्चलमा, २०% पश्चिमान्चलमा र २३% मध्य-पश्चिमान्चल र सुदुर&nbsp;पश्चिमान्चलमा छरिएर रहेको छ. यहि आधारमा यी चार प्रदेशको स्थापना गर्दा सबैलाई सजिलो हुन्छ. मेरो बिचारमा प्रदेश हरु बनाउदा साँचो रुपमा विकेन्द्रीकरण हुन सक्छ कि सक्दैन भन्ने कुरा मनन गर्नु पर्छ. &nbsp;तपाइले लिम्बुवान को ठाउमा &quot;पुर्व प्रदेश&quot;, &quot;सगरमाथा प्रदेश&quot;, &quot;कोशी प्रदेश&quot; जस्तै &nbsp;भनिदिएको भए छेत्री, धिमाल , बाहुन, अथवा अरु मधेसी हरुलाई टाउको दुख्ने&nbsp;थिएन नि .&nbsp;यदि मैले चाहे जस्तो हुने भए चारवटा प्रदेश बनाउथे. प्रदेश को नाम राख्दा कम विवाद हुने बोल्न लेख्न सजिलो बनाउथे.&nbsp;नेपाल को हरेक प्रदेश मा नेपाली लाइ स्वागत हुनु पर्छ, बिना व्यवधान व्यापार, अध्ययन या अन्य काम गर्न पाउनु पर्छ.&nbsp; चारै प्रदेशहरु एक आपसमा पर्तिस्पर्ध गर्न सक्ने बनाउथे. प्रत्येक प्रदेशमा &nbsp;एक अवसर केन्द्र हुने थिए &nbsp;(अहिलेको काठमाडौँ जस्तै), एक अन्तरास्ट्रिय विमानस्थल, एक &nbsp;प्रदेशीक टेलिभिजन स्टेशन, एक खेलग्राम, रेल्वे नेटवर्क सम्म को पहुँच हुने गरि. &nbsp;त्यसलाई नेपालको रेल्वे नेटवर्क हुँदै India सम्म जोद्थे .... ., चीन संग जोडथें ...&nbsp;&nbsp;जसले गर्दा पुर्व को लिम्बु होस् या सुदुर पश्चिम को थारु कोहि पनि काठमाडौँ निर्भर हुनु पर्ने थिएन. अझ ... रारा ताल नजिकै एउटा आधुनिक र नितान्त नया सहर को सिर्जना गर्थे. &nbsp;नेपाल मा अहिले चलेको रेल्वे/ Highway नेटवर्क को कुरा यहाँ पुगेर सार्थक हुन्थ्यो.&nbsp; &nbsp;प्रमुख कामकाजको भाषा नेपाली नै रहुनु सबै जात जाति एवं भाषा भासी को लागि फाइदाजनक हुने छ . सन् २००१ को जनगणना अनुसार लगभ आधा नेपालीको मातृ भाषा नेपाली हो र त्यो भन्दा धेरै बढी जनताले नेपाली भाषा बुझछन. अन्य भाषा बोल्नेहरुको बहुमत भएका जिल्ला अथवा नगरहरुमा स्थानीय भाषीहरुलाई सजिलो हुने गरि व्यवस्था गर्नु पर्छ.&nbsp;&nbsp;भाषाको कुरा गर्दा नेपाल बाहिर बसेका नेपालीहरुलाई नेपाल संग बाँधेर राख्ने प्रमुख मध्यम नेपाली भाषा नै हो भन्ने कुरा पनि सम्झिनु पर्दछ. र अन्त्यमा,&nbsp; प्रजातन्त्र को एउटा कमजोरी छ त्यो हो निर्णयहरु संख्याले निर्धारण गर्छ. हाम्रो जस्तो देशमा जहाँ साक्षरता ५९ प्रतिशत छ, त्यहाँ जनता लाइ कसरि सहि रुपमा सुचित गर्नु हुन्छ. पहिले साक्षरता ९० प्रतिसत भन्दा माथि लगौ, अवसरबादी भ्रस्ट हरुलाई पता कसौ, अनि जनमत संग्रह गरौँ.&nbsp; लिम्बु जी को &nbsp;विचार बिकास, आर्थिक उन्नति, गरिबी निवारण &nbsp;गर्न प्रयोग गर्न पाए नया नेपाल पक्कै सम्भव छ. त्यसका लागि यहाँ जस्तो बौद्धिक वर्ग बर्तमान को धरातल मा उभिएर भाविस्व कोर्न अघि बाधा नै समस्त नेपाली बर्गको भलाइ हुन्छ.&nbsp; जय नेपाल&nbsp;

mech · Apr 8, 2012 12:35 PM

Last edited: 09-Apr-12 08:57 PM

nepcha1 · Apr 8, 2012 1:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion