बा २ करोड को लोभ मा , बाबुराम अंकल ले दिन्छ भन्ने विश्वाश मा सगरमाथा चड्छु भनी खोकी हाले , पैसो त मिलेन मिलेन सगरमाथा चै चाडनै पर्ने भो , बा यो पाली कस्को को आँखा लाग्यो हाम्रो कमाइ मा मैले फोकट मा काम गर्न पर्ने भो । बा सगरमाथा चड्न गाह्रो रइछ , १३ हजार को लास मा चडेर सत्ता पुगे जस्तो सजिलो रइनछ , घोडा चडेर रोल्पा गये जस्तो हैन रइछ , पचासो काम्रेद काम म राखेर मस्ती गरे जस्तो हुन्न रइछ , बा सगरमाथा चड्न गाह्रो रइछ । बा सगरमाथा ले तिम्रो कुरो मान्दैन राइछ , मैले म प्रचन्न को छोरो हुँ भनेको सुनेको न सुनै गर्दो रइछ , मैले म सँग अझै धेरै सक्ती छ भनेर धम्क्याको अटेर गरेर बस्दो रइछ , हीउ पारेर मलाई सगरमाथा ले बा अगी बद्न नदिदो रइछ बा यहाँ तिम्रो पावर नचल्ने रइछ । बा एउटा बात चै यहाँ रमाइलो रइछ, जती जाड खाएनी हुने रइछ , जता लडे पनि हुने रइछ , न यहाँ पत्रकार छ , न क्यामरा , न कसैले देख्ला भन्ने डर छ न कसैको वास्ता नै छ , बा यहाँ जाड तन्न खान पाइदो रइछ । बा यहाँ त एक दम चिसो रइछ , मैले हिजो ग्रिनेड पड्काएर आगो बालेको थे , एक छिन त तातो भो , तर सगरमाथा को चिसो सामु हाम्रो केइ नलाग्ने रइछ , हाम्रो त्यस्तो महँगो बारुद पनि फिक्का भो , बा सगरमाथा तिमी भन्दा बल्वान रइछ । बा मलाई थाहा छ , तिम्लाई नि थाहा छ मैले सगरमाथा चडेर सम्भिधान बन्दैन , न त मैले सगरमाथा चडेर शान्ति नै आउछ , मैले त केबल जनता को आँखा मा छारो हाल्न खोजेको थे, प्रचन्न पुत्र ले केही गर्‍यो भन्ने पार्न खोजे थे , तर बा केही गर्‍यो भन्ने पार्न लाई केइ गर्न पर्ने रइछ , सित्तै मा हजारो काम्रेद को लाखौं खाए जस्तो सजिलो रइनछ बा सगरमाथा चडन गाह्रो रइछ, किनकी सगरमाथा ले रगत को भाषा नबुज्दो रइछ । Note :For sure I am not Prakas Dahal , Please comment about my poem, not about politics over here. Thank you
amricane · Apr 5, 2012 1:11 PM · 63,727 views
I know I posted on my facebook page as well but i clearly stated that " I saw this floating around Sajha.com and would like to share with you all"..
himalaya178 · Apr 19, 2012 9:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion