मैले कुनै बेर भने थे आँफै लाई घण्टा सँग दाजे थे आज म हेरी तेइ गर्छु आज म दुनियाँ लाई घण्टा भन्छु । म घण्टा हरु सँग बस्छु को आउछ को जान्छ थाह हुँदैन , को घर मा छ, को कती खेर मुन्टिन्छ पत्तै हुन्न भात कैले पाक्छ काइले हुन्न केइ पत्तो हुन्न , म घण्टा हरु सँग राती को घण्टा काट्छु । साथी पनि घण्टा जस्तो छ , काम परेपछी मात्र सम्झन्छ खाने बेला दुनियाँ लाई खोज्दै हिद्द्छ, दु:ख पर्दा बास नै मै सँग बस्छ , के गर्नु मोरो साथी हो , म घण्टा हरु सँग संगत गर्छु । म घण्टा हरु सँग काम गर्छु, साहु को आँखा मा छारो हालेर , फस्ल्याङ , फुस्लुङ पारेर झारा तार्ने घण्टा हरु , घण्टा पकाएर बस्ने अल्छि घण्टाहरु सँग म १२ घण्टा काट्छु , म घण्टा हरु सँग घण्टा पकाएर घरको चुलो बसाउछु । मेरो भाग्य मा नै घण्टा छ जस्तो छ, अमेरिका आएर नि घण्टाइ भयो न पढाई भयो न पैसो भयो , न त त्यो मुलो हरियो पत्ता नै भयो , बरु तेस्को चक्कर मा जिन्दकी चै घण्टा भयो उ बेलाको उखान जस्ताइ भयो , सँगइ का साथी हबल्दार जम्दार म चै घण्टा हल्लाउने ! मलाई लाग्छ संसार घण्टाइ घण्टा ले भरिएको छ , बाटो मा जहाँ जान्छु घण्टाइ भेट हुन्छ , रातो बत्ती मा तिर्‍र घण्टा बजाउछ , म पनि माजी आउलो ले घण्टाइ देखाइ दिन्छु , पार्क मा जान्छु , एउटा घण्टा सँगइ आएर चुरोट तान्दिन्छ , बाटो मा हिद्छु , अर्को घण्टा आएर उभी दिन्छ, काम मा जान हतार हुन्छ, एउटा घण्टा आएर हिजो जाड खाएर ओकालेको कुरो भन्न थाल्छ घण्टाइ घण्टा ले भरिएको छ यो घण्टा संसार । मेरो लागि घण्टा भगवान नै हो , मन्दिरमा बजाए मरेपछी स्वोर्ग जान्छ रे काम मा बजाए पैसो आउछ, जिउदै स्वोर्ग गयिन्छ , घण्टा महान बस्तु हो, एत्र तत्र सर्बत्र छरिएको तिमी मुल्यवान बस्तु हो, म तुस्छ घण्टा तिम्रो बयान गरु कसरी , म पनि त एउटा घण्टा नै त हुँ आफ्नै महिमा म गाउ कसरी ? Note :राहुल दाइ को बिशेस आग्रह मा यो पालि अलि कति टंकन शुद्धता मा ध्यान दिएको छु , गल्ति भए माफी पाउ .
amricane · Apr 4, 2012 1:00 PM · 7,108 views
घण्टा त दामी बजायौ मित्र unicode Convertor को सत्ता को nepali romanized unicode प्रयोग गर्दा भौतिक शुद्दता पनि हुन्छ Pasa Last edited: 04-Apr-12 03:03 PM
Mulmiz · Apr 4, 2012 1:23 PM
एक दम राम्रो , खुशी लाग्यो . भाषिक शुद्धता पनि ध्यान दिएको मा . अब काब्य शैली मा अझ निखार ल्याउनु , एउटा निश्चित शैलीलाइ अपनाउनु . भाव त सदा झैँ अब्बल दर्जा कै छ .
rahulvai · Apr 4, 2012 1:25 PM
घण्टा बजाउदा बजाउदै घण्टा जस्तो भएर यता साझातिर छिरेको त अम्रिकानेले यहाँ अर्को घण्टा ल्याएर टासिसकेछ.... सदाको झै अत्यन्त भावपूर्ण र मिठो लाग्यो यो प्रस्तुति पनि
Geology Tiger · Apr 4, 2012 3:29 PM
Amricane-जी दाइहरुले भने झैँ मलाई पनि तपाइको कविता भावपूर्ण लग्यो है . तपाईको मुक्तकको र कविताहरुको फ्यान है म त.
ThahaChaena · Apr 4, 2012 4:13 PM
जति घण्टा हाने पनि केहि छैन तर घण्टाले आफुलाई हान्न थाल्यो भने चै सोच्नु पर्ने हुन्छ
rethink · Apr 4, 2012 10:42 PM
सबेरै उठेर कविता पदियो, मनै छुने कविता लेख्नु भएको रैछ अमेरिकाने जी . तर अलि x rated type को परेछ तर की छैन अमेरिका मा एति त पाचैन्चा.
Karnali Blues · Apr 5, 2012 10:38 AM
मुल्मिज़ ब्रो कता बेपत्ता हो येत्रो दिन ? राहुल दाई को मार्गनिर्देसन को लागि धन्यबाद जिते दाइ घण्टा हान्दै गर्नुस thahachaina र rethink thank you कर्णाली ब्लुएस म जैले बास्तबिक सब्द को प्रयोग मात्र गर्छु ;)
amricane · Apr 5, 2012 12:05 PM
अमेरिकने @ एक दम राम्रो छ , सारै मन छुनी
Pokhrelikanchi · Apr 5, 2012 2:08 PM
Fine as faak
themosthated · Apr 6, 2012 1:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion