म ३३ वर्ष को भएँ । म अझै कुमार छु । मेरो आर्थिक, मानसिक , शारीरिक अवस्था राम्रो छ । मेरो पढाई राम्रो छ । म graduate level को बिद्यार्थी हुँ । म कुमार छु भन्दा कसैले विश्वास नगर्ला तर म कुमार छु । मलाई यौन को बारेमा धेरै चासो पनि छ । म बिवाह अगाडी कुनै सम्पर्क गर्न चाहन्न । के यो उमेरमा कुमार नै बस्नु ले कुनै असर गर्छ ? मलाई आज भोलि चाहिँ हल्का तनाब हुन थालेको छ । हुन त यस्तो कुरा डाक्टर संग परामर्श लिनु पर्ने हो तर मेरो जस्तै कसैको समस्या छ कि ? मैले बुझ्न खोजेको केटी हरु ले के सोच्छन भन्ने हो ...यस्तो अवस्था मा मलाई केटि हरु ले कसरी सोच्छन ? के ३३ वर्ष सम्म कुमार हुनुले केहि फरक पर्छ? म सामाजिक र नैतिक प्राणी हुँ र मलाई बिवाह अगाडी अरु केटि संग सम्बन्ध राख्न मन छैन र मेरो केटि साथी पनि छैन । पहिला थियो तर त्यो दार्शनिक प्रेम थियो । हामीमा कुनै यौन जन्य कुरा भएनन् । उनको बिहे भएको नि धेरै भयो । रमाइलो कुरा चाहिँ के भयो भने हालसालै मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ । उनले त्यो कुरा साचो भनिन् । मैले सोचे म यो उमेर सम्म कुमार छु तर जसलाई मैले चाहे जसलाई म बिहे गर्न चाहन्छु उसको कुमारी भंग भैसकेको छ । उनिमा भएको खराबी त्यति नै हो । के मैले उनलाई बिहे गरे भने म सन्तुष्ट हुला ? मैले म कुमार नै बसेको के अर्थ रह्यो ? येही कुरा ले म तनाब म छु । यो अवस्था म तपाई भए के गर्नु हुन्थ्यो ? महिला वर्ग ले के सोच्नु हुन्छ ? तपाई हरुको विचार को आशा राख्दछु ! कृपया उडाउने र हासो को पात्र बनाउने प्रयास नगर्नु होला ! राम्रो सल्लाह को लागि अग्रिम धन्यबाद ! कुमार, वर्ष ३३
33_kumar · Apr 3, 2012 9:50 PM · 56,903 views
33_kumar bro is not virgin anymore, he just got raped by 33 sajhaities!
28th amendment · Apr 6, 2012 4:31 PM
33_kumar ajhai kumar ho ki 36_kumar bhaisakyo ?
US Returnee · Oct 27, 2012 12:02 PM
किन आत्तिएको ३३ सै मात्र त होनी ? दिन आउछ धैर्य गर्नुस , आफुले पनि धैर्य गरिएको थियो ( गफ को लागि कुरा मात्रै )
Magorkhe1 · Oct 27, 2012 1:03 PM
Ever consider auctioning ur virginity?
Kiddo · Oct 27, 2012 2:11 PM
गाउभरिको बोका खसी बनाएर दशैंमा स्वाहा बनाएछन, घरमा एउटा पथ्यान्ग्री अहिलेसम्म नि बोका नै देख्न नपाई बसिराछ ... अब कुमार ब्रो लाइ भर्जिन नै चाहिया भए चाहि ..... सम्पर्क गरम है, मैले त दिने नै बिचार गरिसके घरको कुरा बाहिर नि नलाने ... गज्जबको छ .
36x36 · Oct 27, 2012 3:23 PM
Aba jahile Bihe huncha Ani you can cover for your lost years after that
Oh_Gaathe · Oct 27, 2012 5:50 PM
गठेब्रो: कुरा त घच्ची नै दिनु भयो नि ? तुलना गर्ने क्रम यस्तै यस्तै मा हुन्छ | अरु कुरामा पनि पछाडी नपरेको हैन होला ? Just be Proud being a VIRGIN.
MaGorkhe1 · Oct 28, 2012 11:22 AM
अझै कुमारी केटी खोझ्दै वस्अौ भने, जिन्दगी भर कुमारै हुन्छौ।
जय नेपाल · Oct 28, 2012 5:26 PM
Yo jamana ma euta saskriti ra ritiribaj jogaune sachha nepali dekhe ...Kumar_33, Kumar ji pa6i parisaknu vo tapai ..abo 2,4 barsama 40 le vet6 ani pa6utaunu parla ! Hurry up !
vale · Oct 28, 2012 6:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion