जब तिमि ले संगै बाच्ने मर्नी कसम खायौ लगान गाँठो बाँधेर लिएर आफ्नु दुनिया मा ल्यायेउ धेरै कुरा सिकायौ बाँच्न सक्ने बनायौ अहिले आएर किन मेरो आँसु बगायौ ! मैले पनि आफ्नो मानेकै थिए तिमीलाई तिमि ले पो आफ्नो मान्न छोडीदियेछौ आफ्नै दुनियामा रमाएर बस्नी तिमि मलाई अहिले आएर किन बिचल्ली पर्यौ ! के के सोचेको थिए कस्तो कस्तो बुनेको थिए सिसा जस्तै चकनाचुर भयो हाम्रो न त गम ले नै जोड्न मिल्नी न त केहि ले नै मिल्नी संसार नै उराठ लाग्छ खै कसरि जिउनी ! ति लाला बाला लाई जब जब हेर्छु मा हाम्रो मायाका ती दिनहरु याद आऊछ सबै कुरा चकनाचुर भए भनेर बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर ! बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर !
Pokhrelikanchi · Apr 3, 2012 8:31 AM · 3,242 views
साझा बताई प्रेरित मेरो पहिलो प्रयास हो यो
Pokhrelikanchi · Apr 3, 2012 9:25 AM
कबिता भित्रको कथा ब्यथालाइ कबिताको भाषामा रुपान्तरण सन्तोषजनक छैन. भाषा, शैली र अनुप्रासमा अझै मेहनत गर्नु पर्ने देखिन्छ . पहिलो प्रयास हो , हतास हुनु जरुरी छैन. अझै निखार्दै जाऔ. राम्रा कविताहरुको अध्ययन गरौ. जन्मिने बित्तिकै सात पाइला हिड्ने औतारी कोइ पनि छैन. छिनोले लगातार खोपे पछी ढुंगा पनि मूर्ति बन्छ.........................
rahulvai · Apr 3, 2012 11:37 AM
पोखरेलीकान्छी प्रयास राम्रो छ, राहुलभाइले भने जस्तै कोशिस गर्दै, निखार्दै जानुहोला, हाम्रो साथ अवश्य रहनेछ Last edited: 03-Apr-12 12:47 PM
Geology Tiger · Apr 3, 2012 12:18 PM
धन्यवाद राहुल भै (दाई) . हजुर ले बाचन गर्नु भएको कुरा लाई म घ्रहण गर्नी छु . अनि धन्यबाद Geology TIger दाई लाई यो भर्खरै जन्मदै गरेको नमुना लाई बाटो देखौंदै गर्नु होला
Pokhrelikanchi · Apr 3, 2012 1:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion