म भात जोडेर बसुँ कि कबिता लेखुं ?? अस्ति न अस्ति एउटा कबिता लेख्या थिएँ, साझामा छाप्या थिएँ फेशबुकमा पोस्टया थिएँ एउटा कमेन्ट आयो ४२० भोल्टको करेन्ट आयो कबिता कस्तो "स्याड" रे .... ठिकै थियो "नट ब्याड" रे ......... जसले जिन्दगी भरि, कबितालाई लाइन मात्र मार्यो दुइ लाइन कबिता कहिलेइ कोरेन कवितालाई कहिलेइ बुझेंन तिमी नै भन मेरो मान्यबर मित्र, आज तिनै विद्वान महाशयको म लात खाएर बसुँ कि कबिता लेखुं ? म हात जोडेर बसुँ कि कबिता लेखुं ? फेशबुक हेर्दै थिएँ, साथी भाइ खोज्दै थिएँ, एउटा स्टाटस देखें, एउटा क्याक्टस देखें ३६५ दिनमा एक दिन कबिता न लेख्दा, चम्चाहरुको चिप्लो वाह! वाह! नदेख्दा आत्मग्लानीले रात भरि निद्रा लागेन रे ए बाबा....... कबिता भनेको, भान्छामा पाक्ने दाल, भात तरकारी हो र ? कहिलेइ नरित्तिने चिन्तामणि भकारी हो र ? कबिता शब्दहरुको संग्रह हैन, कबिता वाक्यहरुको बिग्रह हैन, कबिता त मुटुको स्पन्दन हो, भावहरुको सुगन्धित चन्दन हो, आत्माको उदबोधन हो परमात्मालाई सम्बोधन हो, जीवन भोगाईको अनुबन्धन हो . जब जब मनको परेली सजल हुन्छ, "जब जब छातीको देब्रे पाटोमा हलचल हुन्छ", तब तब एउटा मिठो कबिता बन्छ, तब तब एउटा सुन्दर गजल बन्छ. हर दिन कबिता लेखन सक्दिन, कबिता नामको रमिता देख्न सक्दिन कबिता कुर्दा कुर्दै भावहरु फुर्दा फुर्दै कति रात कबिता मै हराएको छु , कति रात कबिता संगै कराएको छु, अब तिमी नै भन मेरो मान्यबर मित्र म रात सुतेर बसुँ कि कबिता लेखुं म हात जोडेर बसुँ को कबिता लेखुं ? हिजो एक जना मित्र ले फोन गरे, फोनमा नाना थरि को टोन सुनाए, “जागिर पाइस” उसले केरकार गर्र्यो “छैन नि” मैले आफ्नो तितो सत्य भनें "कबिता लेखेर बस्छस, कथा पढेर बस्छस, " "कसरि जागिर पाउछस् ?" “हो हजुर, सोह्रै आना सहि “ अब देखि कबिता लेख्दीन सत्य सत्य, क्रिया खाएँ, प्रतिक्रियामा उ बिजयी अट्टहास हास्यो, अब तिमी नै भन मेरो मान्यबर मित्र, म भात जोडेर बसुँ को कविता लेखुं ?? म हात जोडेर बसुँ कि कबिता लेखुं ??
rahulvai · Mar 30, 2012 9:00 AM · 12,389 views
ल ठुल्दाइ गज्जब को कबिता गयो
serial · Mar 30, 2012 9:05 AM
Not bad. It's just that it is a little sad.
Kiddo · Mar 30, 2012 9:08 AM
हो त ठुल्दाइ कविता त मुटुको स्पन्दन नै त हो तर ठुल्दाइको कविता पढेर म पनि झसँग भए अहिले सम्म न त पढेर नै सकियो न त काम नै खोजी गरियो खाली कविता र सबिताको चक्करमा फसियो !
Geology Tiger · Mar 30, 2012 9:32 AM
कबितै लेख्नुस दाइ !!
bhakte dai · Mar 30, 2012 9:45 AM
जति बोक्सी लागे पनि कवितालाइ पट्टयाई हाल्नु भाको छ के रे .. कबिता लेखिरहनुस
DalluKoSanu · Mar 30, 2012 9:55 AM
एक छिन यो भात जोडेर भनेको चै के हो भनेर अलमलिएँ | "कबिता शब्दहरुको संग्रह हैन, कबिता वाक्यहरुको बिग्रह हैन, कबिता त मुटुको स्पन्दन हो, भावहरुको सुगन्धित चन्दन हो, " सार्है राम्रो लग्यो, यो पढेर एउटा कविता को याद आयो, शब्द चै धेरै जसो बिर्सिएछ: कवि कविता होस्, कविता कवि होस् अनि पो हुन्छ शब्द लेखेर मात्र के हुन्छ, भाव भएपो हुन्छ ||
Stiffler · Mar 30, 2012 10:11 AM
कबिता त मुटुको स्पन्दन हो, भावहरुको सुगन्धित चन्दन हो, आत्माको उदबोधन हो परमात्मालाई सम्बोधन हो, जीवन भोगाईको अनुबन्धन हो . राहुल दाई , कविता को यो भन्दा मिठो अर्थ मैले आइले सम्म पाएको छैन , मेरो लागि पनि कविता तेइ हो दाजु तपाई ले भने जस्तै कविता लेख्न सब्द भएर हुन्न , भाब मन अर्थ सब चाहिन्छ .
amricane · Mar 30, 2012 10:32 AM
ठुल्दाई को जबाब छैन ...वाह वाह वाह उस्ताद !!!
OBAMA · Mar 30, 2012 12:25 PM
प्रतिक्रिया लेख्न हुने र मन पराइ दिनु हुने सबै मित्रहरुमा आभार प्रकट गर्दै "राम नवमी र चैत दशैँ " शुभ होस् भन्ने कामना गर्दछु .
rahulvai · Mar 31, 2012 9:39 AM
kabita pani lekhnu,bhat pani jodnu rahul dai..gajjab gayo...
namit_thapa · Mar 31, 2012 10:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion