तिम्रो सत्य |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 तिम्रो सत्य |   सत्य हो | तिमीले देखेको  भनेको..  सुनेको .. र गरेको..  सबै चीज जो तिमीमा आएर टुंगिन्छन्  ती सबै सत्य हुन् ... सत्यको परिभाषा नै तिमीमा सुरु भएर तिमीमा सिधिन्छ |   पृथ्वी,सुर्य,आकाश एत्र, तत्र, सर्बत्र   तिम्रो सत्य....  थाहा पाउनुको प्रश्न चिन्ह बोकेर बसेको छ  थाहा नहुनेहरु  थाहा हुनेहरुमा विलिन भए .. त्यो घोलनशिलता तिम्रो सत्यको पाटो हो |    भावनाको आवेगको नाई.. ब्याबहारिकताको परिद्रिस्यका कुरा .. "सत्य" हुनुमा तिम्रो इच्छा कति छ(?). त्यो बनावोट.. त्यो नौटंकी..  ती आँसुका अत्तरहरु .. मुठीभरि ....सास... बाकी सबै दर्शककालागि  त्यो  तिम्रो सत्य को कलाकारिता हो |   सोच्ने मगजका घिर्खाहरु .. चन्द्रमाको शितल लहरामा ... उभो लाग्दै छन्... आवाजको अन्तरंग... शुन्यतामा परिणत...भयो | तिम्रो सत्य लेख्ने विधाता औंलाहरु कति भयानक .. कति तिखा... यहाँबाट त्यहाँ सम्मको छोपाई.. उज्यालो तिर.. ओहो... त्यो तिम्रो सत्यको रोमान्चकता हो |   तिमी अनि तिम्रो सत्य  सत्य त भैहाल्यो ... तिमी यानीकी "मृत्यू".. कस्तो रंगीनता ... ......अन्तिम अन्त्य ||  

jhaukiri · Mar 29, 2012 11:59 PM · 5,164 views

3 Replies

तितो सत्य मिठो कविता

Geology Tiger · Mar 30, 2012 9:34 AM

वाह झ्याउकिरीका कविताका मिठास नै बेग्लै हुन्छन  अन्तिम सत्य मृत्यु पनि राम्रो गयो !! 

bhakte dai · Mar 30, 2012 10:03 AM

 यो कबिता पनि मनपराई दिनुभाकोमा धन्यवाद ||

jhaukiri · Mar 31, 2012 10:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all