मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सार्हो हुनु त ढुङ्गाको नियति हो उ त जहिले पनि सार्हो नै हुनेगर्छ तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ कसरी बन्यो? कहाँबाट आयो? अनि संसारमा कस्तो कस्तो चोट खायो? खोज्नेहरुलाई आफ्नो काहानी ढुङ्गा नलुकाइ सबै सबै नै भन्ने गर्छ मान्छेले पो सधैं मुखमा मधुर मुस्कान छर्दै भित्र भित्र छातीभित्र ज्वालामुखी पकाउने गर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ कुनै बाहिरी शक्तिले नगुल्टाए र नबगाएसम्म घाम पानी आँधी हुरी अनेक बिषम सहेर ढुङ्गा सधैं यथास्थानमा नै रहने गर्छ । मान्छे पो मौकापरस्त हो र उ सधैं आफ्नो अनुकूलता हेरी हुर्केको गाउँ र लाएको माया बिर्सेंर अन्तै बसाँइ सर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा गर्दैन चमत्कार केही तर आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ धेरै चोटि झुक्किइसके म मान्छेसित देव रुपमा देखिएर क्षणभर मै दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

Geology Tiger · Mar 29, 2012 8:26 AM · 20,111 views

11 Replies

वाह जिते  वाह !! न त परेलीमा ठेस लाग्दा रुन्छ , न त परेलीबाटै झर्दा दुख्ने हुन्छ. मन त ढुंगा कै भे बेस हुन्छ, मन त ढुंगा कै भे बेस हुन्छ,  

rahulvai · Mar 29, 2012 8:50 AM

गज्जब जिते सान -

serial · Mar 29, 2012 8:59 AM

जिते को कविता ले दिल जित्यो .....वाह वाह वाह ...

OBAMA · Mar 29, 2012 9:12 AM

 अन्तिम अनुच्छेद अति मन पर्यो !!  "पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा  गर्दैन चमत्कार केही तर  आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ  धेरै चोटि झुक्किइसके म मान्छेसित देव रुपमा देखिएर क्षणभर मै  दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ"

bhakte dai · Mar 29, 2012 9:18 AM

 जिते दाई मान्छे र ढुंगा को बीच मा मलाई नि ढुंगे मनपर्छ . किन कि ढुंगा ले माया नि गर्दैन घृणा नि गर्दैन ! 

amricane · Mar 29, 2012 9:36 AM

ढुङ्गा जस्तै मुटुमा पनि आस्था र विश्वाश राखे त्यो नि भगवान बन्छ। ढुङ्गा ले जसरी मान्छेले पनि आफ्नो मनको कुनामा रहेको कथा-ब्यथा केहि नलुकाइ सबै सुनाउन थाले तेइ मान्छेहरुको माझमा पल भर मै उु तामाशे बन्छ। हरेक मुटुको आफ्नै ब्यथा हुन्छ जिते दाई। कोमल मुटु तेत्तिकै ढुङ्गा जस्तो साह्रो त कसरी बन्न सक्छ र? मुटुलाई ढुङ्गा बन्न धेरै शक्ती चाहिन्छ। त्यो शक्ती बुझ्न सके ढुङ्गा ठानेको मुटु प्रती स्रद्धा आँफै बढ्छ। मनमा लागेको कुरा भनिदिए जिते दाई। शब्द चयन सधैं झै अती नै मिठो लाग्यो।

Dipika02 · Mar 29, 2012 9:52 AM

सिरिस जी, राहुल्भई बिगोतामे  बेफुर्सदी हुनु , भए पनि अमेरिकाने ब्रो बेला बेला मा पस्कनु भएको कविता ले छाक टार्दै छौ . दोहोर्याएर पढे .

MaGorkhe1 · Mar 29, 2012 9:59 AM

आहा कस्तो घच्चीको कबिता जितु-दाई.... मलाई पनि ढुंगानै मन पर्छ लात खाए पनि बात खाए पनि केहि भन्दैन चुपचाप सहिरहन्छ...... पिठ्युमा छिना रोपेर मुर्ति बनाए पनि अबिर-अक्ष्यताले सजाए पनि केहि भन्दैन मौन रहिरहन्छ ......  धन्यबाद दाज्यु, सबैको जय होस् .

ThahaChaena · Mar 29, 2012 1:51 PM

हो सही भन्नु भयो जिते जी, मान्छे नै त्यो चिज हो जो जतिबेला जे पनि बन्न सक्छ, कहिले साह्रो ढुङ्गा त कहिले नौनी, कहिले देवता त कहिले राक्षस , जसरी साह्रो हुनु ढुङ्गाको नियती हो त्यसै गरी बदलिनु पनि मान्छेको नियती हो। समय परिस्थितीलाई बुझेर बद्लिनुनै मानिसको प्रक्रिती हो। यसैले ढुङ्गा र मान्छे दुबैले आफ्नो नियती भोगिरहेछन र प्रकृतिक गुण देखाइरहेछन्। यसैले यही यथार्थ लाई बुझ्नु नै ठीक हुन्छ होला। गलत भएमा माफ पाँउ। Last edited: 29-Mar-12 07:00 PM

sunayani · Mar 29, 2012 6:58 PM

ठुल्दाइ साँच्चै नै मन त ढुङ्गा कै भएको बेश हुने रहेछ .. दिपिकालाई आफ्नो सुन्दर भावको लागि धेरै धेरै धन्यवाद अनि सुनयनीलाई पनि ! कविता मन पराउनेहुने मित्रहरु अमेरिकाने, सिरियल, गोर्खे, ओबामे, थाहा छैन, डल्ले सबैलाई धन्यवाद !

Geology Tiger · Mar 30, 2012 9:48 AM

 E-Howdy? guru daro jaadai cha ta..

Narayangarh suburb · Mar 30, 2012 2:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all