प्रकाश को बिम्ब, प्रतिबिम्ब हरुलाई अन्जुली मा बोकेर औशिको रात पछि सुनौलो बिहानी को प्रतिक्षा मा बसेकी मेरी आमा ! हाम्री आमा ! म फर्की आउदै छु असंख्य चुनौती हरु चिरेर हजुर को पाउ छुन आमा ! म फर्की आउदै छु ! यात्रा सहज छैन, तर नफर्की भा’ छैन आमा को चित्कार , अब नसुनी धर छैन मलाई थाहा छ, मैले रोजेको बाटो भरी काँडा नै काँडा का जंगलहरु छन भीमकाय डाइनोसर हरु छन् घिन लाग्दा गिद्द हरु छन् तै पनि , मेरो पीर नगर्नु आमा ! मलाई केवल हजुरको आशिर्बाद चाहिन्छ काँडे जंगल फाड्न लाई पुर्खाको नासो सिरुपाते खुकुरी भिरेको छु रुख नै ढाल्नु परे आधुनिक “Chain Saw” ल्याएको छु समय गुज्रेका डाइनोसर हरुको लागि RPG हरु तयार पारेको छु ए.के.-४७ का क्याप्सुलहरु बोकेको छु सिनो खाने गिद्द हरुको लागि बर्डफ्लु जीवाणु युक्त चारो साँचेको छु ! अब सत्य र न्याय को युद्द लड्न आमा , म फर्की आउदै छु | कतिले मेरो स्वाभिमान लाइ घमण्ड को पगरी दिन्छन मेरो शालीनता लाई कमजोरीको संज्ञा दिन्छन उता शहर तिर तयारी चाउ चाउ खानेहरु कुखुरे छाती फुलाउदै छन् भेलपुरी खानेहरु लाठी घुमाउदै छन् तर बघिनी आमा को दुध पिएर हुर्केको म, घास खाएर मेरो भोक मेटिन्न डमरु रहिन अब, शिकार नखेली हुन्न बाघ को गर्जन अनि समुन्द्र को सुनामी लिएर म फर्की आउदै छु मैले पीएको दुध को लाज राख्न आमा , म फर्की आउदै छु | क्रमस : http://www.nepalinagrik.com Last edited: 22-Mar-12 07:24 PM Last edited: 22-Mar-12 07:26 PM
kishorLimbu · Mar 22, 2012 6:59 AM · 15,622 views
Excellent ......
hemu · Mar 22, 2012 2:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion