पानी !! मलाई पानी मनपर्छ | उसको तरलता अनि पारदर्शिता .. मनपर्छ .. बसाइको स्थिरता. .. हिडाईको लचकता... उसको घोलन्शील प्रवृति ... आहा पानी !! पानीको कथा लेख्न मनपर्छ | उसको प्रेम .. माटोसंगको संसर्ग .. ढुगासंगको सहबास .. उसको ममता ... पात पतिंगार.. जलचरसंग ... अनि उसको जीवन ... सहनसिलताको पर्याय ..... उसको जीवन | मलाई उसको सरलता मनपर्छ | उसको असिम फैलावोट... अहमबिहिन उसको गहराई .... स्वच्छ उसको... छवि.... यो धरातलमा उसको उपस्थिति मनपर्छ | साँचै मलाई पानी मनपर्छ || . Last edited: 22-Mar-12 10:05 PM
jhaukiri · Mar 21, 2012 11:52 PM · 13,736 views
हो मलाई पनि पानी मनपर्छ, पानीको सरलता पार्दर्शिता... तर भुलेछु पानी ठुलो छाल भएर उर्लिन पनि सक्छ, सुनामी भएर फैलिन पनि सक्छ, खहरे भएर गर्जन पनि सक्छ पानीले नै जीवन दिने रहेछ, अनि पानीले नै जीवन लिनेरहेछ
Geology Tiger · Mar 22, 2012 12:29 AM
मलाई चै तपाई को कबिता मन पर्छ झाउकिरी जी
amricane · Mar 22, 2012 12:50 PM
राम्रो सहनसिलताको प्राय:.... उसको जीवन | मा सायद हजुरले "सहनसिलताको पर्याय .... उसको जीवन |" लेख्न खोज्नु भएको हो कि ?
DalluKoSanu · Mar 22, 2012 3:55 PM
हावा चै मन पर्दैन ?
prabhat41 · Mar 23, 2012 3:48 AM
झ्याउँकिरी जी, तपाईंले लेखेका पहिलेका कबिताहरु मलाई गर्हौ गर्हौ शब्दहरुले थिचेर भाव मरेको जस्तो लागेको थियो। यो कबिता चैं राम्रो लाग्यो। सलल बगेको नदी जस्तै।
nakkali keti · Mar 23, 2012 8:15 AM
साथीहरु धन्यबाद || nakkali keti जीको कुराले एउटा कबितांस याद दिलायो.. "कबि कविता बनोस.. कविता कबि बनोस... तब पो कविता हुन्छ.. शब्द थुपारिकन के हुन्छ.. भाव भए पो हुन्छ |" भावलाइ सरल शब्दमा ब्याख्या गर्ने सक्ने नै महान कबि हुन् | तेही सिक्दैछु म |
jhaukiri · Mar 23, 2012 10:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion