देख्यौ तिमीले ? खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु तिनिहरु मलाई नै एक तमासले हेरिरहेका छन् घोँचुला झै.... अनि खाउँला झै..... सुन्यौ तिमीले? ती आँखाहरुको हेराइमा म गिरेको छु रे तर म गिरेको होइन बरु तिनिहरुकै आँखा तुर्लुङ्ग झोलिएका छन् तिनिहरुकै आँखा ट्याप्प टालिएका छन् त्यसैले त तिनीहरु कहिल्यै माथि हेर्न सक्दैनन् र ती सधैं तल गिरेका हुन्छन् तर मैले त तिमीलाई आफ्नो आँखा माथि राखेर हेरे तिम्रो आँखामा आफ्नो आँखा जुधाएर हेरे त्यसैले म भन्छु म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन् थाहा पायौ तिमीले? ती खोक्रा शरीरहरुभित्र मुटु नामको कुनै अंगै छैन त्यहाँ त फगत कलपूर्जाहरु चल्छन् जुन भावना शून्य छन् जुन चाहनाबिहिन छन् अनि जब म जिउँदो मुटु लिएर तिनिहरु अगाडि उभिन्छु सुन्यौ तिमीले? तिनिहरुको ठम्याइमा म एउटा जिउदो लाश हुँ रे तर मैले त तिम्रो मुटुको धड्कनलाई महसुस गरेको थिए यी खोक्रा शरीरहरुबिच एक्लिएकी तिमीलाई आफ्नो सामिप्यताको न्यानो प्रदान गरेको थिए त्यसैले म भन्छु म होइन ती खोक्रा शरीरहरुनै कुहिन नसकेका सिनाहरु हुन् भेट्यौ त तिमीले? आफ्नो जीवनको लक्ष्यहरु लक्ष्यसम्म पुग्ने बाटोहरु तर सावधान हुनु है ती खोक्रा शरीरहरु तिमी हिंड्ने बाटोमा तिमीमाथि खनिने छन् बज्रिने छन् ग्रहण बनेर तिम्रो बाटो अन्धकार बनाउन खोज्नेछन् म कतै परबाट जूनकिरी झै तिमीलाई धिप धिप प्रकाश दिइरहेको हुनेछु तिमी हिंड्ने बाटोभरि, तिमीले गर्ने यात्राभरि बुझ्यौ तिमीले? तिनिहरुले फेरी पनि मलाई असामाजिक भन्नेछन् तर म त आँफैलाई सल्काएर अरुलाई उजेलो बाँड्ने मान्छे आफ्नो लक्ष्य बिर्साएर अरुलाई बाटो देखाउने मान्छे त्यसैले म भन्छु म होइन तिनिहरुनै असामाजिक छन् र खोक्रा छन् अनि तिनिहरुकै आँखाहरु गिरेका छन् Last edited: 21-Mar-12 01:05 PM
Geology Tiger · Mar 21, 2012 1:05 PM · 26,314 views
Excellent... Loved it.
hemu · Mar 21, 2012 1:55 PM
yo kabita kun chanda ma lekheanko ho sardulik chanda ma ho/ ekdamai ramro cha easko mukhya chur mutu bujhna chai dui choti nai padhno pario aafai ta lekheko hoina hola kata kata bata sareko jasto lagio prathan shredi kai cha kabita keep it up btw yo teneharu chai ko ho ni kaslai satayar haneko ho
intelligentguy · Mar 21, 2012 2:14 PM
"तर म त आँफैलाई सल्काएर अरुलाई उजेलो बाँड्ने मान्छे आफ्नो लक्ष्य बिर्साएर अरुलाई बाटो देखाउने मान्छे " सारै मिठो /
Bachata · Mar 21, 2012 2:19 PM
ओहो जिते ब्रो, विश्व कबिता दिवसमा गजब को कबिता गयो. प्रसंशाको लागि अरु शब्द नै फुरेन , गजब बाहेक . बाइ द वे, बुद्धिमान मान्छे, यो छन्दमा बाँधिएको कबिता होइन. कुनै बन्धन न भएको सुगन्धित चन्दन जस्तो गद्य कबिता हो .
rahulvai · Mar 21, 2012 2:21 PM
जिते ब्रो, निकै घतलाग्दो, गजबको अनि मार्मिक लेखाइ छ| आस गर्छु ति हरफहरु मनमा उर्लीरहेको ज्वालामुखी को बिस्फोट नभई केवल कल्पनाका उपज हुन|
Nepal Ko Chora · Mar 21, 2012 3:47 PM
Two Thumps Up!!!
jhaukiri · Mar 21, 2012 9:34 PM
कविता मनपराइदिनु भएकोमा सबै साथीहरुलाई धेरै धेरै धन्यवाद! म त्यति धेरै कल्पनाशिल व्यक्ति त होइन, मनभित्र आगो बल्दा नै बाहिर ज्वाला देखिने मात्र हो.... तर केही छैन यस्ता उकाली र ओरालीहरु त जीवनमा आइरहदा नै रहेछन्.. चढ्नै पर्‍यो अनि झर्नै पर्‍यो
Geology Tiger · Mar 22, 2012 7:53 AM
गजब कविता जिते !
ritthe · Mar 22, 2012 8:45 AM
मन छुने कविताको लागि धन्यबाद !
bhakte dai · Mar 22, 2012 9:42 AM
really nice combination of feelings and words. Loved it!
welcome2 · Mar 22, 2012 11:24 AM
जी टि जी तपाई को कविता को भाब ले कता छुन्छ छुन्छ , मुटु जलेर जुन आवाज निस्कन्छ तेलले दिने रचना नै मम्रैस्पर्शी हुन्छ तपाई को हरेक कबिता झैँ झन् त्यो माथि तपाई को भाब को त मा तुस्छ मानब ले के बयान गर्न सक्नु
amricane · Mar 22, 2012 12:49 PM
जिते दाज्यु, सारै मीठो सारै भाबपुर्ण लाग्यो मलाई त .... ....थाहा पायौ तिमीले? ती खोक्रा शरीरहरुभित्र मुटु नामको कुनै अंगै छैन त्यहाँ त फगत कलपूर्जाहरु चल्छन् जुन भावना शून्य छन् जुन चाहनाबिहिन छन्...... अरु मीठा मीठा कविता सुन्न पाईन्छ होला चाडै येही आश छ है मेरो त ... --थाहाछैन
ThahaChaena · Mar 22, 2012 5:00 PM
फेरि पनि साथीहरुलाई धन्यवाद! मेरो मनभित्रको आगो अझै सकिएको छैन, यो अझै दन्किरहेछ र म चाहन्छु यो यसरी नै दन्किरहोस् । साँच्चै भन्ने हो भने यसले मलाई एउटा उर्जा दिइरहेछ, लेख्नलाई; जीवन, जगत र प्रकृतिबीचको आधारभूत सम्बन्ध खोतल्नलाई, त्यसलाई बुझ्नलाई र त्यस्को व्याख्या गर्नलाई । आफू जलेर अरुलाई आनन्दित तुल्याउनुको मजा पनि बेग्लै हुँदोरहेछ । तर यहाँहरु नआत्तिनु होला म यो रापमा जलेर खरानी हुनेछैन, बरु माझिने छु, आगोमा खारिएको सुन झै चम्किने छु । अनि मुटुछुने गरी यहाँहरुलाई आफ्नो अनुभूति सुनाउने छु, अनि कामना गर्नेछु यहाँहरुले मैले झै कहिल्यै जल्न नपरोस् । Last edited: 22-Mar-12 10:45 PM
Geology Tiger · Mar 22, 2012 10:45 PM
beautiful!
nakkali keti · Mar 23, 2012 8:25 AM
speechless.......................tarif garna layak ko kunaie sabdaharu nai bheti na
sky007 · Mar 23, 2012 5:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion