बिस्तारा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोइ घुर्दै सुत्छन्, कोइ रात भर आतिन्छन् मच्छड कंकानाउछन् ,यता उता भाचिन्छन् निन्द्रा पर्दैन, आस तर मर्दैन, घुरेका सुत्ता आफुलाई पनि रहर लाउँछ तै घुरईले फेरी निन्द्रा भगाऊछ     यो मेरो बिस्तारा,उडुस परेकोछ लाग्छ मेरो बिस्तारमा धुलो झरेकोछ बत्ति कति प्यारो निन्द्रामा कति सार्हो मेरो सिरानीलाई कति माया गरेथें कुसुन्ले तेस्लाई नखाई नखाई भरेथ्यें   आज त्येही सिरानी अलको भाछ लाग्छ कसैको आखाँ तेस्मा लाछ सधै सधै  तातो सिरक किन मात्यो आज पल्टदा मिर्मिरे उदांग भएछ  शरिर ,आत्मालाई निन्र्दा कता गएछ ?   मेरो बिस्तारा मेरो चिहान थिएन निदाएर दिउसो उठ्थे म, बिहान थिएन पिरलो छ भिरालो  छ बुज्ने मलाई बिस्तारा, सेहारेकै हु कोठा सफा गरेकै हुँ   सबै घुरेरै सुतेकै छन् निन्द्रा देवीलाई धुतेकै छन् यता पल्टनछु उता पल्टनछु सायद मैले बिस्तारा फेर्ने बेला भो सायद मेरो सदा जाग्ने बेला भो!!!! www.dinesdevkota.com/2011/09/blog-post_03.html

FB|undefined · Mar 17, 2012 2:55 PM · 2,380 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all