परिबन्द -२ !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 परिबन्द -२ !!   दुखाईको अनुभूतिलाइ ,  समयको बाछिटा बनाएर  एती सजिलै जीबनको बलेशिमा पोख्छौ जस्तो लागेको थिएन ||   "दोषी समय" बनाएर ... तिम्रो बिरालो चोखाई नबुझेको पनि होइन  तर परिबन्दको डुबाइमा ओबानो बन्ने तिम्रो इच्छाले  फेरी एक पटक तेही समय लिएर आयो  जसलाई तिमीले "बितेको" उपमा दिइसकौ ||   म तेही पल ...........तेही मोडमा संगालेर बसेकी छु |   न हावाको सम्मिश्रण बिग्रियो .... न तिम्रो  आफै हेर ... आफ्नो असछेमतालाइ  कसरी खाल ओडाएर ........ मिथकमा बाचीरहेका छौ , त्यो हल्कापानको वजनले मेरो उपस्थितिको भार के थाम्न सक्ला  जिम्मेवारीको भगाईबाट कापेको शब्दले मलाई आस्वस्थ पर्ने चेस्टा गरौ .. यो उपहासमा हासौ कि रोउ ||     विशेषण लगाएर  सबोधन गर्दैमा .समयको  . अटलता पारिबर्तित हुँदैन उ किन बित्छ , बित्ने त घटना हुन् ...ती घटनाका पात्रहरु   .. परिकल्पनाको सम्बन्धमा  स्वार्थको बिज रोपेर तेस्लाई "माया" भन्छौ भने ... विश्वास गर तिम्रो नासमजताको दाद दिन्छुमा    तै मेरो जिन्दगीबाट तिमी  बितेउ .... समय होइन परपीडक थियौ तिमी ||       Last edited: 17-Mar-12 07:25 AM

jhaukiri · Mar 17, 2012 12:17 AM · 8,445 views

6 Replies

आज पनि गर्हौ टाउको लिएर सुत्न लागेको थिए, झ्याउँकिरीको कविता पढे पछी टाउको हलौ भयो ... धेरै मिठो छ.. राहुलभाइले हेर्नु भयो भने लेख्नुहुनेछ अलिकती टंकनमा पनि ध्यान पुर्याउन पर्‍यो ..........  युनिकोड चलाउने बानी छैन हो ?

Geology Tiger · Mar 17, 2012 12:25 AM

 हो .......सिकाउनु पर्यो साथी ...

jhaukiri · Mar 17, 2012 12:30 AM

 हो ....सिकाउनु पर्यो साथी ...

jhaukiri · Mar 17, 2012 12:31 AM

http://www.youtube.com/watch?v... Last edited: 17-Mar-12 09:07 AM Last edited: 17-Mar-12 09:07 AM

prabhat41 · Mar 17, 2012 8:58 AM

मौका मिल्यो भने जरुर सहयोग गर्ने छु साथी...

Geology Tiger · Mar 17, 2012 10:24 AM

 GAZAB CHHA

adventurer · Mar 17, 2012 12:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all