मैले आज फेरी एउत गल्ती गरे आज मैले आँफै लाई एउता सपना बेचे सदै अरु लाई बेच्थे म मैले आज आँफै लाई बेचे म सपना मा नेपाल फर्के, यो देस कैलाई आउदिन भनेर प्रण गरेर हिंडे , आफ्नै भुमी म केइ गर्छु भनेर हिंडे म जुन जोस मा यहाँ आएको थे म जे गर्छु भनेर यहाँ आएको थे आज तेइ गर्छु भनेर आफ्नो देस फर्के सपनामै भये पनि म हो कोलहाल संसार बाँट निस्के म आज सपनामै भये पनि नेपाल हिंडे । मेरो बाटो हेर्दाइ बसेकी मेरी बुदी अमै लाई आङलो हालेर रोये , मेरो बुदो बाको डोको मैले बेसी बाट माथि गाउ सम्म बोके , अनी भाई लाई आफुले जनेको देखेको कुरा सुनाए आज मैले शायद कैलाई पुर नहुने सपना आँफै लाई बेचे सपना मिठो थियो धेरै पछी एअकै छिन भये पनि म दिल खोलेर मुस्कुराये धेरै पछी आज मैले सपनामै भये पनि जिन्दकी जिये आज मैले सपना मा बिपना देखे अाज मैले आँफै लाई एउता सपना बेचे
amricane · Mar 16, 2012 9:26 AM · 14,849 views
'सपनाको ब्यापारी'को कविता राम्रो लाग्यो
bhakte dai · Mar 16, 2012 9:37 AM
दामी लाग्यो - गज्जब
serial · Mar 16, 2012 9:44 AM
एकदम गहिरो .. एसले प्रत्येक नेपालीको मन छुन्छ
grgDai · Mar 16, 2012 9:56 AM
Very touching Americane. I wish I could write that well.
Guragain · Mar 16, 2012 10:35 AM
वाह ! वाह अमेरिकाने वाह ! भावमा कुनै अभाव छैन . मर्मस्पर्शी. भाषिक अझ भनुं टंकन शुद्धता पनि ध्यान दिए सुनमा सुगन्ध हुन्थ्यो .
rahulvai · Mar 16, 2012 10:52 AM
Touching Agreed with Rahul Dai but "Who cares about words when meaning is so deep" मेरो एक मित्र ले मलाई सुनाएको हरफ याद् आयो। यो Nepal को चर्चित सहित्यकार ले लेखेका हुन रे नाम चाँही थाहा भएन "कबि कबिता होश कबिता कबि होश अनि पो कबिता हुन्छ शब्द थुपार्दै मा के हुन्छ भाब भए पो हुन्छ"
adventurer · Mar 16, 2012 11:09 AM
मेरो सानो तिनो प्रयास लाई मन पराइ दिने मेरा साझा का सम्पूर्ण मित्र लाई धन्यवाद . राहुल दाइ , हजुर लाई थाहै छ मलाई गद्य पढ्य मिलाउनै आउदैना . जे जसरि मन मा आउछ तेस्तै लेख्छु , अस्ति एउटा मा बल्ल बल्ल लय मिलाएको जी ति दाजु ले यो भएन मित्र भन्नु भो. तपाई को मार्गनिर्देशन को सदैब आस गर्छु .
amricane · Mar 16, 2012 12:13 PM
सधैंको झै अमेरिकाने शैलीको अर्को राम्रो प्रस्तुती देशलाई छोडेर विदेशमा बस्नुपर्दाको पिडा र उकुसमुकुस प्रत्येक पंक्तिले बोल्छ
Geology Tiger · Mar 16, 2012 1:19 PM
गद्य पद्य को कुरा हैन अमिरिकाने . कबिता को शैली (गद्य होस् या पद्य ) मा कुनै खोट छैन . टंकन शुद्धता याने कि टाइप गर्दा केही ठाउँमा गल्ति भएका छन . जस्तो: १. बुढी हुनु पर्ने ठाउँमा बुदी भएको छ २. रोएँ हुनु पर्ने मा रोये भएको छ ३. मुस्कुराएं हुनु पर्ने मा मुस्कुराये भएको छ . भाव शैली उत्तम भैसकेको बखत, यस्ता टाईपो हरु झिना मसिना भए पनि सच्याए सुनमा सुगन्ध हुने छ भन्ने धारणा हो मेरो. आगे तपाइंको मर्जी .
rahulvai · Mar 16, 2012 1:37 PM
राहुल दाइ को आज्ञा सिरोपर , अब खयाल गर्छु .
amricane · Mar 16, 2012 1:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion