परिबन्द !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 समय बितेछ ! हल्का  भयो .... तिम्रो दोष होइन......परपिडक थियो त्यो समय ..... |   आफ्नो उपस्थितिलाइ ... आफ्नै दृस्टीकोणले  हेर्दा ... तिमीले छोडेको शुन्यता ..... फेरी  एक पटक तेही समयमा लगेर रिपिट टेलीकास्ट हुन्छ ..... तिमीले माया भनौ  मैले माया गरे ... गले , थाके .र ...बिलाए ....   कस्तो आस्था हो ... कस्तो अनुभूति ... मेरो "म" बन्ने धुन ... तिम्रो "उ" बन्ने विश्वास... हाम्रो "हामी" हुने चाहना...  धमिलो पानीको माछा बन्यो ...   अविश्वास त नभनौ ..तर विश्वास केहि थिएन के हुनुपर्ने, कति हुनु पर्ने ...कस्तो हुनु पर्ने ... ओझेल भयो ... मैले लिएको सास तिमीले फेर्दा .. तिम्रो पारदर्शिता... मेरो प्रतिबिम्ब भयो |   कस्तो गारो ... कति सास्ती ... एउटा रिक्तता लाउनलाइ ...तेस्मा बाच्नलाई... सत्यको ...अजिब्ता ... तिमी नहुनु ....कस्तो असत्य ...   तै समय बित्यो ..  छोड अब....मैले भनेनी परपीडक थियो त्यो समय ..| .  

jhaukiri · Mar 15, 2012 12:26 AM · 22,333 views

10 Replies

 Nice..!

sanju.baba · Mar 15, 2012 9:14 AM

 "तै समय बित्यो ..  छोड अब....मैले भनेनी परपीडक थियो त्यो समय .." वाह वाह     

bhakte dai · Mar 15, 2012 9:54 AM

पढियो अनि भावको गहिराइमा चुर्लम्मै डुबियो। अनि एउटा सानो सुझाब.. तिमीले छोडेको शुन्यता ..... फेरी  एक पटक तेही समयमा लगेर रिपिट टेलीकास्ट हुन्छ ..... लाइ तिमीले छोडेको शुन्यता ..... फेरी  एक पटक तेही समयमा  गएर पुन:प्रदर्शन  हुन्छ... पारे  त्यो अंग्रेजी शब्दकोषको "रिपिट टेलीकास्ट" भन्ने शब्दावली लाइ छल्न सकिन्थ्यो कि?

Nepal Ko Chora · Mar 15, 2012 11:05 AM

really nice..loved it!

welcome2 · Mar 15, 2012 11:31 AM

 मनपराइदिनु भाको सबैजनालाइ धन्यबाद |  "रिपिट टेलीकास्ट" नै लेख्नु को उदेश्य चाहिँ आधुनिकबाद बाट प्रभावित भएर हो साथी | "पुन:प्रदर्शन" ले कवितामा जिबन्तता ..नदेलाकी भनेर .. अर्को कुरा भूपी शेरचन , मोहन कोइराला, धुर्बचन्द्र गौतम बाट अलि प्रभाभित भाको छु म साएद तेसैले ..होला  तर सुझाबको लागि धन्यबाद ||

jhaukiri · Mar 16, 2012 12:47 AM

टाउको भारी भएर सुत्न लागेको थिए, झ्याउँकिरीको कविता पढ्दा आधा टाउको दुखेको त त्यसै हरायो, सार्है मिठो लाग्यो ...

Geology Tiger · Mar 16, 2012 12:54 AM

 साथी नसुत परिबन्द -२ आउदैछ हाहाहा ...

jhaukiri · Mar 16, 2012 1:07 AM

 खोइ त पारीबन्द २ ? नसुत भनेको भएर म त सुतेको छैन है ........

ramronepal · Mar 16, 2012 4:13 AM

 Nice I went back and read all you poems  Kudos

adventurer · Mar 16, 2012 11:16 AM

Maile bhaney ni paripidak tyo samaya...

hawaflash · Mar 16, 2012 4:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all