'आँधिखोला’ , ‘पंचासे’ र ‘श्रवणकुमारको कथा’'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आँधिखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो ........................................  स्याङ्जा जिल्लाको ठीक मध्य भागबाट बग्ने आधिखोला चिलाउनेवास गाविस वडा नं ९ लाई   उद्गम स्थल बनाई वग्ने खोला हो  । पानीको वहाव र मात्राको हिसाबले सानो नै भएपनी नेपालको प्रायजसो मानिसहरुले सहजै चिनेको खोला हो , यानकी यो खोलाका सहायक खोलाहरु मिलेपछी यो खोला वग्ने स्याङ्जाको तल्लो भागमा ठुलो नै छ जसको उपयोग गरी आधिखोला जल विधुत आयोजन पनि सन्चालनमा  ल्याईएको छ ! यो खोलाले स्याङ्जा जिल्ला का बिभिन्न गाविस तथ नगर पालिका छोएको छ ,जस अन्तर्गत चिलाउनेबास गाविस , विचारी चौतारा गाविस  , सेतीदोभान गाविस , फापर्थुम गाविस, पुतलिवजार नगरपालिका ,वालिङ नगरपलिका आदी रहेका छन । आधिखोलाको सुरुबात तिखे-चुलीको ठीक तल पर्ने एउटा दह वाट भएको हो। जुन दहलाई अन्धा-अन्धी दह भनेर चिनिन्छ जुन एउटा चिलाउनेवास कै अति महत्व बोकेको धर्मिक र एतिहासिक ठाउँ हो साथै यस ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गर्ने प्रचुर संभावनाहरु देखिन्छन । हुन त यस ठाउँको प्रवंर्दनको लागि प्रयासहरु नभएका त होइन तर पनि उचित रुपमा गरिएको देखिदैन । स्थानिय स्तरका क्लवहरु तथा नेपाल सरकारवाट घोशित ‘’प्रयटन वर्ष २०११’’ को लागी स्याङ्जा जिल्लावाट छनोट पनि गरिएको थियो । देशको राजनितिक स्थिरताले गर्दा  प्रयटन वर्ष २०११ त्यती सफल भएको देखिदैन । यो ठाउँको सोचे अनुरुप प्रयटकीय गन्त्व्यको रुपमा विकाश गर्न सकिएको छैन । यो ठाउँमा हरेक वर्ष मा ‘वालाचतुर्थी’ को दिन  सज्विवन छर्ने मेला लाग्दछ ।   आँधीखोलाको नाम मगर भाषा को ‘आँधी’ भन्ने शव्दबाट भएको जन विश्वास रहेको छ जस को अर्थ ‘आँशु’ भन्ने बुझिन्छ। आँधीखोलाको उद्गम स्थलले एउटा वेग्लै इतिहास बोकेको पाइन्छ , परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए ! उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे ।  घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडारमा वास बस्न पुगे छ्न हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ । त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाडामा पुग्छन जहाँ पनिको तलाउ भेट्छ्न जुन ठाउँलाई आहिले पन्चासे भनेर चिनिन्छ । स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंन्चासे धर्मिक , एतिहासिक महत्व बोकेको ठाउँ हो ,जुन प्रयटकीय गन्तव्यको रुपमा विकसित भई सकेको स्थिती छ । यस पोखरी ठुलो जंगलको मध्य भागमा अवस्थित छ। एउटा अचम्मै को कुरा के छ भने त्यो पोखरीमा कुनै पनि पातहरु खसेको भटिदैन सबै झरेको पातहरु चराहरु ले झिकेर फाल्छन भन्ने पुरानो जन विश्वास रहेको पाईन्छ । त्यो तलाउ भेटेपछी श्रवणकुमारले पानीको घैटो डुबाउदा शिकार खेल्दै आएका उनका मामा दशरथले मिर्ग पनि खान आएको भने बुझेर आफ्नो धनुषबाट बाण प्रहार गरेछन जसले गर्दालाई ठुलई चोट लागेछ ! आवाज सुनेपछी राजा दशरथले आफ्नो भन्जा भन्ने चिनेछन  र हतार-हतार गर्दै पुगेछन  र आफ्ना भान्जाको त्यो स्थिती त्यो पनि आफ्नै हातबाट भएको देख्दा उनि अतालिए छन अन्तिम पटक वोल्दै श्रवणकुमारले दशरथलाई सबै कुरा भनेछन र तुरुन्तै आफ्ना बुवा-आमा भएको ठाउँमा जान अनुरोध गरेछ्न। राजा दशरथ पानी लिएर बाटो लागेछन । एता पानी लिन गएको छोरो कता हरायो भन्दै बसिरहेका आन्धा-अन्धी  वियोगमा छट्पटी रहेका थिए। दशरथले पानी लिएर आउँदा उनिहरु निकै भावुक थिए उनिहरुले राजासँग बिलौना गर्दै छोराको बारेमा सोध्दै थिए तर राजाले आफैबाट भएको त्यो कुरा भन्न सकेनन तर केह्री गरी पनि उनिहरुको मन बुझाउन नसकेपछी अन्त्य मा सबै कुरा हरु भन्छन ! अनि वेसाहारा बनेका ति अन्धा अन्धीले राजालाई ‘’तिम्रा छोराहरु नै नहुन’’ भनेर  शराप दिन्छन दशरथले अनेकौ विन्ती गरेर आँफु सँग नै आयोध्या जान भन्दा उनिहरु जान मान्दैनन र त्यही ओढार मै आफ्नो बाँकी जिवन छोराको वियोगमा विताउने निर्णय गर्छन ! पुरानो विश्वास अनुसार ति अन्धा-अन्धीको आँशुले नै आधीखोलाको सुरुवात भएको भन्ने विश्वास छ  उनिहरु कै नामबाट त्यो दहको नाम ‘’आन्धा-अन्धी दह’’ राखिएको भन्ने प्रचलन छ I यो त एउटा कथा हो यस कथा पहिले देखिनै म सानो हुँदा हजुर बा हरुले सुनएकै भरमा लेखेको हो I यसमा सत्यता होला नहोला त्यो मलाई पनि थाहा छैन तर यो कथाबाट आधिखोलाको एतिहासको महत्व बारेमा अलि अलि सोच्न सकिन्छ I साथै आन्धा-अन्धीको धार्मिक तथा एतिहासिक महत्वको मुल्यान्कन गर्न सकिन्छ I

SAgun PAudel · Mar 10, 2012 12:23 AM · 10,682 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all